Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

उहाँको नाममा विजय

जब पनि कहिले कुनै नयाँ वर्ष आउदछ, मेरो हृदयले विलाप गर्दछ कि हामी मध्ये प्रत्येकले ख्रीष्टलाई यस तरीकाले बुझेको होस्, र उहाँको जीतको अनुभव गरौ जस्तै पहिला कहिल्यै नभएको होला। मेरो हृदय उहाँलाई चिन्ने र उहाँलाई नजिकैबाट देख्नका लागि तर्सीएको छ। यसकारण यस भक्तिको हर श्रृखंलामा, मैले परमेश्वरको नामहरूका बारेमा लेख्नेछु। उहहाँको नाउमा हाम्रो जीत छ। उहाँको नाउमा, हामीले राज्यलाई जीत्न सक्छौ। उहाँको नाउमा, हामीसंग आफनो कमजोरिहरूलाई टाढा गर्ने क्षमता छ। र उहाँको नाउमा, हाम्रा प्रार्थनाहरूका उत्तर मिल्नेको आश्वासन छ।

प्राचीन कालमा हिब्रू जातीका व्यक्तिहरूमा एक व्यक्तिको नाउले त्यस व्यक्तिको चरित्र या व्यक्तित्वलाई वर्णन गरिन्छ। यही कारण हो कि परमेश्वरको नाउ उनका लागि यति महत्वपूर्ण थियो। जब मोशाले मिद्यानी रेगिस्तानमा परमेश्वरको सामना गरे, र परमेश्वरले उनलाई फेरि मिश्रमा जाने र आफना देशवासिहरूलाई त्यहाको गुलामी देखि छुडाउनको आज्ञा दिनुभयो परमेश्वरको प्रति उनको पहिलो, प्रतिक्रिया थियो। मोशाले परमेश्वरलाई भने, हेर्नुहोस् जब म इस्राएलीहरू कहाँ गएर तिनीहरूलाई भन्नेछु, तिमीहरूका पिता पूर्खाका परमेश्वरले मलाई तिमीहरूकहा पठाउनुभएको हो, तब तिनीहरूले उहाँको नाउॅ के हो त? भनेर सोधे भने, मैले तिनीहरूलाई के भन्ने? (प्रस्थान 3:13)

त्यस पछि मोशालाई परमेश्वरद्वारा व्यवस्था प्राप्त भयो, र उनलाई दिइएका दस आज्ञाहरूमध्य एउटा परमेश्वरको बारेमा थियो। जब यो भनिसके पछि, परमेश्वरको नियम ठयाक्कै स्पष्ट थियो। परमप्रभु आफना परमेश्वरको नाउॅ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउॅ व्यर्थैमा लिनेलाई परमप्रभुले निर्दोष ठहराउनु हुनेछैन” (प्रस्थान 20:7)। परमेश्वरका मानिसहरूका लागि परमेश्वरको नाउलाई जान्नु र उहांको सम्मान गर्नु महत्वपूर्ण थियो, किनकि त्यस नामले हामी सिक्छौ कि परमेश्वर को हुनुहुन्छ र उहाँले कसरी कार्य गर्नुहुन्छ। बाइबलले परमेश्वरका कयौ नामलाई बताउदछ। ती मध्ये प्रत्येकले आफना चरित्रका एक हिस्साका वर्णन गर्दछन्। यसकारण परमेश्वरको नाममा विजय छ। जस्तै कि हामीले परमेश्वरलाई निर्माताको रूपमा जान्दछौ हामी त्यस कार्यमा रचनात्मक बन्दछौ, जो उहाँले हामीलाई दिनुभएको छ। जस्तै कि हामीले उहाँलाई परमप्रभु प्रधान यिरे परमेश्वर मुक्तिदिनेवालाको रूपमा चिन्दछौ, हामीलाई थाहाँ हुन्छ कि हाम्रा सबै आवश्यक्ताहरू उहाँमा नै पूरा हुदछ। जस्तै कि हामीले उहाँलाई महान् म नै हु, को रूपमा चिन्दछौ, हामीले उहाँको वर्तमान विजयको अनुभव गर्दछौ।

जब हामीले उहाँको नाउलाई पुकार्दछौ भने, उहाँले हामीलाई बचाउनुहुन्छ र जब हामीले उहाँको नाउ घोषित गर्दछौ भने, जीवन बदलिदछ। उहाँको नाउको बारेमा धेरै कुराहरू खास छ परमेश्वरको लागि जिम्मेदार नामहरूका एक अध्ययन तपाईलाई एक गहन ज्ञान दिनेछ कि उहाँ तपाईको जीवनमा को हुनुहुन्छ र के गर्न चाहनुहुन्छ। येशूको नाउमा शक्ति र प्रेम छ, उहाँको नामको कारण हृदयको चिकित्सा हुदछ। एक दिन, हर घुडा उहाँको अद्धभुत नाउमा झुक्नेछ। यो त्यो नाउ हो जो सबै नाउदेखि माथि छ। उहाँको नाउमा, दुष्टाआत्माहरू भागेर निस्के, अपाङगो हिड्यो, अन्धोले देख्यो, मरेको जीवित भयो, निर्बल दृढ भए, र जीवनलाई भरपूर बनाई दिनुभयो। दुष्ट तानाशाहरूले उहाँको नाममा प्रतिबन्ध लगाउने कोशिश गरे, तर तनीहरूका प्रयास बेकार भए। सैनिकले उहाँको नामको मजाक उडाए। फेरि पनि उहाँको नाम दुनिया भरिमा प्रतिष्ठित छ, जब कि उहाँको नामहरूलाई धेरै समय पहिला भुलाई दिए। यो परमेश्वरको नाम हो येशूको नाम जो पूर्ण विजय दिदछ। आफनो हृदयदेखि परमेश्वरको नामको अध्ययन गरौ, र तपाईलाई थाहाँ हुनेछ कि उहाँ को हुनुहुन्छ। उहाँको नाम अद्धभुत छ, उहाँको नाममा विजय छ।

11 तर मोशाले परमेश्वरलाई भने, “म कुनै एउटा त्यस्तो महान मानिस होइन। म कसरी त्यो मानिस हुन सक्छु जो फिरऊन कहाँ जान सक्छ र इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन सक्छ?”

12 परमेश्वरले भन्नुभयो, “तिमीले भलो गर्न सक्छौ किनभने म तिमीसित हुनेछु। यही प्रमाण हुनेछ कि मैले तिमीलाई पठाउँदैछु तिमीले इस्राएलीहरूलाई मिश्रदेशाबाट अगुवाई गरेपछि, तिमी आउनेछौ अनि यही पर्वतमा आराधना गर्नेछौ।”

13 तब मोशाले परमेश्वरलाई भने, “जब म इस्राएलीहरू कहाँ जान्छु अनि तिनीहरूलाई भन्छु, ‘म तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरद्वारा पठाइएको हुँ,’ अनि तिनीहरूले तपाईंको नाउँ सोधेमा मैले के भन्नु पर्नेछ?”

14 तब परमेश्वरले मोशालाई भन्नुभयो, “‘म जो हुँ त्यही हुँ’ तिनीहरूलाई भनिदेऊ, ‘म हुँ,’ भन्नेले तिमीलाई तिनीहरूकहाँ पठाएको हो।” 15 परमेश्वरले मोशालाई अझ भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई के भन्नु पर्छ भने, ‘परमप्रभु तिम्रो पिता-पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। मेरो नाउँ सदैव परमप्रभु रहनेछ। यही रूपमा मानिसहरूले मलाई पुस्तौं-पुस्तासम्म चिन्नेछन्,’ यसैकारण मानिसहरूलाई भन, ‘परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको छ।’”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित