Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्रयास गर्न रोक्नुहोस् र विश्वास सुरु गर्नुहोस्

जब मैले धेरै वर्ष अघि ख्रीष्टलाई चिनेँ, र मेरो मुटु अद्भुत तरीकाले परिवर्तन भयो। परमेश्वरले मलाई त्यस अनैतिकता र स्वार्थबाट मुक्त गर्नुभयो जसले मलाई दास बनाएको थियो। परमेश्वरले जो मेरो जीवनमा गर्नुभयो म त्यसमा  उत्साहित थिए। यस्ता धेरै बानिहरू थिए जसलाई मैले टाढा गर्न चाहन्थे, तब पनि मैले तिनीहरूमा कुनै अधिकार पाइनँ। तर जब येशू मेरो ह्रदयमा आउनुभयो, म साँच्चिकै स्वतन्त्र भएँ।

यद्यपि, धेरै महिना पछि ख्रीष्टलाई पछ्याइसकेपछि मैले याद गरें कि एउटा बानी भने गएको छैन। ममा धेरै डाह थियो। जब कुनै केटाले मेरी प्रेमिकासँग कुरा गर्दा, मेरो भित्र क्रोध भड्कन्थ्यो। म रिसाएको थिएँ, म उसलाई मार्न चाहान्थें। तर मलाई यो गलत हो भनेर थाहा थियो र यी भावनाहरूले परमेश्वरलाई प्रसन्न गरिरहेको थिएन । त्यसैले मैले ईर्ष्यालु नहुन सक्दो कोसिस गरें। मलाई थाहा छैन कि तपाईंले कहिले  ईर्ष्यालाई रोक्ने प्रयास गर्नुभएको छ, तर म तपाईंलाई भन्दछू , कोसिस नगर्नुहोस्। यो असम्भव छ !

मैले जति मेहनत गरे, त्यति नै ईर्ष्यालु भएँ। मैले दाँतहरू पिस्ने  र ममा जति ताकत थियो सबै लगाए, तर मेरो ईर्ष्या झन् बढ्यो। मलाई थाहाँ थिएन कि के गर्ने हो , मेरो अझ धेरै प्रयास झन् ख़राब तरिकाले असफल भयो। जति धेरै मैले यो पापलाई जित्न खोजें, त्यति नै यसको दास भए।

एक दिन मैले विजयी इसाई जीवन बिताउने रहस्य सिके। यो प्रयास गर्नमा होइन, तर विश्वास गर्नमा हो । यो त्यो होइन जो मैले गर्न सक्छु , तर ख्रीष्टले विजय हासिल गर्न पहिल्यै गरिसक्नुभएको छ। मलाई केवल उहाँमा विश्वास गर्नै आवश्यकता थियो । उहाँलाई हर तरिकाको प्रलोभन दिइएको थियो , जस्तै कि  गरी मलाई वा अरू कसैलाई प्रलोभन दिइएको छ  तर उहाँ पापरहित हुनुहुन्थ्यो। अर्को शब्दमा, उहाँले ईर्ष्यालाई आफ्नो नियन्त्रणमा गरिसक्नु भएको छ। मैले उहाँमा विश्वास गर्नु पर्ने  आवश्यकता छ । उहाँ ममा बसिरहनुभएको थियो, र उहाँले आज त्यही गर्नुहुनेछ जो उहाँले 2,000 वर्ष पहिला गर्नुभएको थियो। मलाई केवल प्रयासलाई रोक्ने र विश्वास गर्नुको आवश्यकता छ – येशूमा विश्वास गर्नु मेरो ईर्ष्यामाथि विजय थियो। उहाँ येशू जसले मलाई बचाउनुभयो र मेरा पापहरूलाई क्षमा गर्नुभयो , उहाँले मलाई कुनै पनि पापबाट छुटकारा दिनमा सक्षम हुनुहुन्छ।

अर्कोपल्ट मेरो मनमा ईर्ष्या र क्रोध महसुस भएपछि मैले एउटा प्रार्थना गरे, “हे परमेश्वर, जसरी म  बच्नका लागि मैले तपाईमाथि भरोसा राखेको छु, आज म ईर्ष्या र क्रोधमा जित्नका लागि तपाईमा भरोसा राख्छु।” धेरै आश्चर्यजनक कुरा भयो। असुरक्षा र क्रोधका भावनाहरू हराए। तर यस पछि फेरि मलाई ईर्ष्या लाग्न थाल्यो। म केवल येशूतर्फ फर्कें र भने, “प्रभु, मेरो विजयको लागि म तपाईमा फेरि विश्वास गर्न गइरहेको छू ।” र विजय भयो।

शैतान फर्केर आउदै गर्यो र प्रलोभनहरू ल्याउन लाग्यो, तर मैले येशूमा भरोसा राखिरहे  र उहाँलाई हेरे। धेरै महिना पछि, मैले देखे कि शैतानले मलाई लोभ्याइरहेको छैन भनेर बुझ्न थालें। ऊ मेरो सट्टामा येशूसँग व्यवहार गर्दा थकित भयो होला । येशूले शैतानलाई पराजित गर्नुभयो। हामी प्रलोभन, पाप र शैतानमाथि विजयको अनुभव आफ्नो शरीरमा भरोसा गरेर पाउन सक्दैनौं। शैतानलाई हाम्रो शरीरको उत्पादन थाहाँ छ। त्यसलाई हाम्रा हर कमजोरीहरु थाहाँ छ । उसलाई थाहा छ कि हामी कहाँनेर कमजोर छौं। त्यसकारण पूर्ण रूपमा ख्रीष्टमा विश्वास गर्नु धेरै महत्त्वपूर्ण छ – र आफैमा होइन।

विजय येशूले 2,000 वर्ष पहिला प्राप्त गर्नुभएको थियो , जब उहाँ एक सिद्ध जीवन बिताउनुहुन्थ्यो। जब उहाँ क्रूसमा मर्नुभयो, उहाँले घोषणा गर्नुभयो, “पूरा भयो” उहाँले काम पूरा गर्नुभएको थियो । उहाँ मृत्युसम्म पूर्ण रूपमा आज्ञाकारी हुनुहुन्थ्यो। उहाँले सार्वजनिक रूपमा दुष्टका सबै शक्तिहरूको पराजय प्रदर्शन गर्नुभयो। तीन दिन पछि, उहाँ चिहानबाट बौडी उठ्नुभयो। हामीले सामना गर्ने प्रत्येक शत्रुलाई उहाँले कब्जामा राख्नुभयो। उहाँले पाप, मृत्यु, नरक, शैतान र त्यसका दुष्ट आत्माहरूमा अधिकार पाईसक्नुभयो। विजय पूर्ण रूपमा उहाँकै हो। हामी उहाँमाथि विश्वास गर्दछौं, हामी केवल उहाँको विजयमा प्रवेश गर्दछौं।

कुनै पनि विश्वासीलाई विजयी मसीही जीवन जिउनको लागि सबैभन्दा ठूलो पाठ भनेको जब हामी जान्दछौं कि हामी सफलताका साथ प्रयास गर्दैनौं तर विश्वासद्वारा सफलता अनुभव गर्दछौं। हाम्रो आफ्नै शक्तिले पाप हटाउन कोशिस गर्नु पूर्ण हार हुनेछ। तर हाम्रो जीवनमा राईको अन्न जत्तिकै विश्वास राक्षस जो पराजीत गर्न सक्छ  । जब हामी परमेश्वरमा विश्वास गर्दछौं, हामीलाई प्रेम गर्ने, ख्रीष्ट येशूमा, हामी विजयभन्दा माथि उठ्छौं। प्रयास गर्न रोक्नुहोस् र विश्वास गर्न सुरु गर्नुहोस् !

दानियल 6:10-23

10 दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थो जब दानियलले यो नयाँ नियमको विषयमा सुने ऊ उसको घरमा गए। दानियल उसको घरको छतमाथि गए। दानियल झ्यालतिर गए त्यो यरूशलेमपट्टि खोलिएको थियो। तब दानियलले सधैँ जस्तै उनको घुँडा टेकेर प्रार्थना गरे।

11 उनका दुश्मनहरूले दानियललाई पक्रने मौका हेरिरहेका थिए र दानियललाई परमेश्वरको प्रार्थना गर्दै गरेको भेट्टाए। 12 त्यसपछि उनीहरू राजा भएकहाँ आएर उनलाई त्यो नियमको विषयमा सम्झना गराए। “हे राजा! तपाईंले यस्तो कानून बनाउँनु भएको होइन कि तीस दिनभित्र तपाईंलाई बाहेक कसैले अरू कुनै देवता वा मानिसलाई बिन्ति प्रार्थना गर्यो भने त्यसलाई सिंहको खोरमा हालिने छ?”

राजाले जवाफ दिए, “हो यो निश्चय गरिएको हो। मादि र फारसीहरूको कानून स्थायी हुन्छ।”

13 यसपछि तिनीहरूले राजालाई भने, “निकालावास भएको यहूदीहरू मध्ये एकजना दानियलले तपाईंले बनाउनु भएको कानूनको वास्ता गरेनन्। तिनले आफ्ना परमेश्वरलाई दिनमा तीन पल्ट बिन्ती प्रार्थना गर्छन्।”

14 जब राजाले यो खबर सुने तिनी अत्यन्तै दु:खी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुन्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे। 15 तब मानिसहरूले मौका पाए अनि राजाकहाँ आएर भने, “हे महाराज तपाईंलाई यो थाहा छ कि मादीहरूको र फारसीहरूको कानून कहिले पनि बद्ली हुँदैन, राजाले यो कानून बद्ली गर्न सक्तैनन्।”

16 तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैँ आराधना गर्छौ, तिमीलाई बचाउँन्।” 17 त्यसपछि तिनीहरूले एउटा ठुलो ढुङ्गा ल्याएर सिंहको खोरमा राखे अनि राजाको लाल मोहर, मन्त्रि र शासकहरूको लाल मोहर लगाई दिए जसद्वारा त्यो ढुङ्गालाई कसैले हटाउन अनि खोरबाट दानियललाई बचाउँन नसकोस्।

18 तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्।

19 बिहान झिसमिसे उज्यालोमा राजा उठेर डरले काम्दै सिंहको खोरमा गए। 20 राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?”

21 दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्! 22 मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।”

23 त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित