Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

यहोवा शालोम

“गिदोनले परमप्रभुको निम्ति त्यहाँ एउटा वेदी बनाए, र त्यसको  नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो आजको दिनसम्म अबीएजेरीको ओप्रामा छ। (न्यायकर्ता 6:24)

म ब्राजिलको दक्षिणी समुन्द्र तटहरुमध्य एकमा धेरै आनन्दित थिए। म मार्काना, रियो डी जेनेरियोको विश्वको सब भन्दा ठूलो स्टेडियममा सप्ताहको अन्तमा प्रचार गर्न लागिरहेको थिएँ। त्यहि समयमा, उत्तर र दक्षिण अमेरिका भरिका 600 भन्दा बढी पास्टरहरू, प्रचारकहरू र मण्डली कार्यकर्ताहरू सहरभरि 100 भन्दा बढी मण्डलीहरूमा काम गरिरहेका थिए। तिनीहरू प्रचार गर्दै थिए, गाउँदै थिए,  र येशूको नाउँको घोषणा गरिरहेका थिए। यो अन्तिम शनिवारको तयारीमा थियो जब राज्यपाल, नायब गभर्नर, रियो डी जेनेरियोक मेयर र हजारौं मानिस सुसमाचार सुन्न महान् स्टेडियममा जम्मा हुनेछन्।

मेरी श्रीमती टेक्स र म त्यो समुद्री तटमा परमेश्वरसँग एक्लै समय बिताउन त्यो अन्तिम भेटको तयारीको लागि आएका थियौं। मेरो मुटु गोलमाल भयो। मैले यो अत्यन्त अपर्याप्त पाएँ, टेक्सासको सान एन्टोनियोमा म केवल साधारण प्रचारक थिएँ। मसँग ठूलो संस्था वा धेरै पैसा थिएन। म प्रसिद्ध टिभी व्यक्ति थिएन। मेरो मनमा एउटा प्रश्न आयो। यदि कोही स्टेडियममा आउँदैन भने नि? के हजारौं मान्छेहरु आए भने, तर कसैले सुसमचार को लागी जवाफ दिनेछैनन्? यदि पानि पर्यो भने के होला ? जती-जती म अयोग्यताको भावनाले भरिदै, गए प्रश्नहरू अगाडि बढ्दै गयो।

त्यो साँझ मैले परमेश्वरलाई प्रार्थना गरें, “म यो गर्न सक्दिन। म सक्षम छैन, हे परमेश्वर, मलाई तपाईको अवश्यकता छ।”

त्यो शान्तिमय क्षणमा, परमेश्वर आफैले आफूलाई यहोवा शालोम – परमेश्वर, हाम्रो शान्तिको रूपमा प्रकट गर्नुभयो। मसँग कुनै दर्शन वा केही रहस्यमय अनुभव छैन। ममा सबै थियो शान्ति – अद्भुत शान्ति। शान्तिले मेरो आत्मा भर्यो। मलाई थाहा थियो कि यहोवा मसँग हुनुहुन्छ। मलाई थाहा थियो कि विजय उनको हातमा थियो। मलाई चिन्ता लिनु आवश्यक पर्दैन। यो महत्वपूर्ण थिएन कि यो कार्य मेरो लागि ठूलो थियो। एउटा कुरा मात्र भनियो कि परमेश्वर मसँग हुनुहुन्थ्यो |

म शनिबार माराकानामा खडा हुँदा परमेश्वरको इच्छा पूरा हुनेछ भनेर ढुक्क हुँदै मैले प्रचार गरें। हजारौं मानिसहरूले सुने, र हजारौं मानिसहरूले सन्देशलाई जवाफ दिए। हजारौं मानिसहरूले येशूलाई प्रार्थना गरेर र उहाँमा आफ्नो जीवन समर्पण गरेको देख्नु अचम्मको कुरा थियो। तिनीहरूको आवाज स्टेडियम भर गर्जन संग गूँजियो। उनीहरूले परमेश्वरलाई भेटे र मैले उहाँलाई परमेश्वर, मुक्तिदाता र विजयीको रूपमा भेटें। मैले उहाँलाई यहोवा शालोमको रूपमा भेटें।

हामी आफ्नो समस्यामा पर्दा वा हामीलाई गर्न गाह्रो लाग्ने कामहरू गर्दा परमेश्वर आफूलाई शालोमको रूपमा प्रकट गर्नुहुन्छ। पहिलो पल्ट, जब परमेश्वरका दूत गिदोन आए (न्यायकर्ता 6:24) तब परमप्रभुले आफूलाई गिदोनको सामु शालोमको रूपमा प्रकट गर्नुभयो (न्यायकर्ता 6:24)। गिदोनसित शान्ति नहुनुका थुप्रै कारणहरू थिए। पहिलो, इस्राईल पराजित भएको थियो। दोस्रो, गिदोन सानो परिवारदेखि थिए र उनी कान्छो थिए। यद्यपि परमेश्वरले आफ्ना जनहरूमाझ शक्तिशाली काम गर्न चाहनुहुन्थ्यो। उहाँ तिनीहरूलाई विजयी गराउन चाहानुहुन्थ्यो, र गिदोन नै उहाँका चुनिएका औजार थिए। गिदोनले पूर्ण रूपमा असक्षम महसुस गरे।

त्यस समयमा, परमेश्वरले गिदोनको हृदयमा शान्तिको कुरा गर्नुभयो। “तर प्रभुले तिनलाई भन्नुभयो, ” शान्ति ! नडरा, त मर्नेछैनस्।” (न्यायकर्त्ता 6:23) अर्को पदले भन्दछ, गिदोनले एउटा वेदी बनाएर “ यहोवा शान्ति हुनुहुन्छ” भनेर नाउ दिए। त्यसपछिका दिनहरूमा, परमेश्वरले गिदोनलाई असाध्यै कठोर प्रयोग गर्नुभयो। गिदोन जस्तै तपाईले पनि एक असम्भव पहाड़को असहाय महसुस गर्न सक्नुहुन्छ किनकि जसमा चढ्नका लागि तपाईंलाई बोलाईएको थियो | तपाईंलाई अस्वीकार गरिन सक्छ । किनकि तपाईलाई असहनीय अवस्थामा राखिएको छ। तपाईले सानो र कमजोर महसुस गर्न सक्नुहुन्छ । तपाईलाई लाग्न सक्छ, म यो गर्न सक्दिन। तपाईको दिमाग अस्वस्थ हुन सक्छ।

मलाई अनुमति दिनुहोस् ताकि म तपाईंलाई प्रोत्साहित गर्न सकु ताकि तपाईं शान्त भएर उभिनु र उहाँ परमेश्वर हुनुहुन्छ भनेर जान्नुहोस्। जब तपाईंले परमेश्वरलाई आफ्नो शान्तिको रूपमा चिन्नुहुन्छ भने, विजयको अनुसरण हुनेछ। तपाईं त्यो पर्वतमा चढ्नुहुनेछ र ती कठिनाइहरूलाई पार गर्नुहुनेछ। येशूले भन्नुभयो, “शान्ति।” धैर्य राख्नुहोस् | आज पनि उहाँले यही भन्नुहुन्छ । यहोवा शालोम हुनुनुह्छ: परमेश्वर हाम्रो शान्ति | आफ्ना ह्रदयमा एउटा शान्त वेदी बनाउनुहोस् र यहोवा शालोमको स्वागत गरौं|

न्यायकर्ता 6:11-24

परमप्रभुका स्वर्गदूत गिदोन भ्रमण गर्छन्

11-12 त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए। परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।”

13 तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं? हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।”

14 परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर्। जा मिद्यानी मानिसहरूबाट इस्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।”

15 तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्राएलीलाई बचाउँन सक्छु र? मनश्शेको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।”

16 परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैंले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।”

17 तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस्। 18 कृपया यो प्रतिक्षा गर्नुहोस्। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस्। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख्न दिनुहोस्।”

अनि परमप्रभुले भन्नुभयो, “तँ फर्केर नआएसम्म म पर्खीरहने छु।”

19 यसर्थ गिदोन भित्र गए अनि एउटा सानो पाठो उम्लेको पानीमा पकाए। गिदोनले लगभग एक एपा जस्तो पीठो लिएर अखमीरे रोटी बनाए। त्यसपछि गिदोनले एउटा ढाकीमा मासु हाले अनि मासु उमालेको पानी एउटा भाँडमा हाले। गिदोनले मासु, उमालेको मासुको झोल अनि अखमिरे बिनाको रोटी पकाएर बाहिर ल्याए। गिदोनले त्यो भोजन फलाँटको रूखमुनि परमप्रभुको दूतलाई दिए।

20 परमेश्वरका दूतले गिदोनलाई भने, “त्यो मासु अनि अखमिरे रोटी त्यो चट्टान माथि राख्। त्यसपछि पानी खन्या।” गिदोनले त्यसै गरे जस्तो स्वर्गदूतले भने।

21 परमप्रभुको दूतसित हातमा एउटा हिँड्दा टेक्ने लट्ठी थियो। परमप्रभुका दूतले त्यो लट्ठीको टुप्पोले मासु अनि रोटीलाई छोए। तब चट्टानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदृश्य भए।

22 तब गिदोनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदोन चिच्याए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”

23 तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “शान्त होऊ! भयभीत नहोऊ। तिमी मर्ने छैनौ!”

24 यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित