Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

 प्रभुको दियो  

 परमप्रभुको दियो मानिसको आत्मालाई खोजी गर्छ, त्यसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ। (हितोपदेश 20: 27)

जब मैले येशूलाई चिनेँ, उहाँले तुरुन्तै मलाई धेरै चीजहरूबाट छुटाउनुभयो, जस्तै फोहर अनुहारहरू र अनैतिक सम्बन्धहरू। उहाँले मलाई प्रेम र आज्ञा पालन गर्ने इच्छा र नयाँ हृदय दिनुभयो। मेरो लागि यो सोच्न सजिलो थियो कि परमेश्वरको सुरुको काम मेरो भित्र गरिएको कार्यहरुका सम्पूर्णता थियो, किनकि उहाँले धेरै कार्यहरु गरिसक्नु भएको थियो। तर अझै मेरो हृदय भित्र कार्य गर्न धेरै बाँकी थियो,  र अझै गर्न बाँकी छ। वास्तवमा, परमेश्वरले अझै पनि हामी सबैमा धेरै कुरा गर्नुहुनेछ।

जब ख्रीष्ट पहिलो पटक मेरो घरमा बस्नुभयो,  मैले पिउने, धुम्रपान गर्ने र यौन अनैतिकता सम्बन्धी उपदेश मात्र सुन्न चाहने यी सबै बानि देखि घृणा गर्न थाले, किनकि ख्रीष्टले मलाई ती चीजहरूबाट स्वतन्त्र पार्नुभयो। मलाई ती चीजहरूको बारेमा प्रचार गर्न सजिलो थिए, किनकि म ती चीजहरूमा विजयी पाएको थिए। तर अन्य चीजहरूले मेरो हृदयलाई चोट पुर्‍यायो। धेरै मेरो जीवनको गहिरा सम्झनामा लुकेका थिए। ती “पुरानो प्रकृति” को मनसाय र इच्छामा  लुकेका थिए।

पवित्र आत्मालाई दिइएको एक नाम भनेको प्रभुको दियो हो। हाम्रो पतित धेरै दुष्ट छ,  र यो हाम्रो अस्तित्वको सबैभन्दा गहिराइमा जान्छ। यद्यपि, हाम्रो जीवनको लागि परमेश्वरको पूर्वनिर्धारित योजनालाई ख्रीष्टको स्वरूपमा पुष्टि गरिनेछ (रोमी 8: 29)। हामी चाहन्छौं कि हामी दिनहुँ येशू जस्तै झन् झन् बढौं।

हामी प्राय अदृश्य चीजहरूको कुरा गर्छौं। ती अधिक अदृश्य चीजहरूको रूपमा वर्णन गर्न सकिन्छन् – हाम्रो जीवनको केही अँध्यारो कुनामा लुकेका ठाउँहरू। प्रायः यी अछूत ठाउँहरू हुन्छन् जहाँ प्रकृति र उद्देश्य हुन्छन्। परमेश्वर हामीप्रति यति राम्रो हुनुहुन्छ कि उहाँले हाम्रो प्राणलाई दियोको रूपमा काम गर्न दिनुभएको छ जुन हाम्रो हृदयको गहिराइतिर चम्कन्छ। उहाँले हाम्रो भित्री विचार र उद्देश्य पत्ता लगाउनुहुन्छ। उहाँले हामीलाई उहाँको महिमित सत्यको बारेमा सचेत गराउनुहुन्छ र हरेक झूटा मनसाय र विचारलाई उजागर गर्नुहुन्छ। उहाँले हामीलाई ती चीजहरू देखाउँनुहुन्छ जुन हाम्रो सामान्य दर्शनबाट लुकेका छन्।

भजनकारले एक पटक प्रार्थना गरे, “हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो ह्रदयलाई जान्नुहोस् | मलाई जाच्नुहोस्, र मेरा चिन्ताहरुलाई जान्नुहोस् | हेर्नुहोस् ममा कुनै ख़राब चाल छ कि, र मलाई अन्तको मार्गमा डोर्याइदिनुहोस् |” (भजनसंग्रह 139:23-24)। किनभने परमेश्वर हाम्रो आत्माको बत्ती हुनुहुन्छ, उहाँले हाम्रो हृदयहरूको खोजी गर्ने अचम्मको काम गर्नुहुन्छ। यदि हामी केवल उहाँसंग मेल-मिलाप गर्छौं भने, हामी आफैंलाई ख्रीष्ट जस्तै भएको पाउँदछौं।

इसाई जीवनमा सब भन्दा ठूलो खतरा भनेको हामी आफ्नो वर्तमान आध्यात्मिक अवस्थामा सन्तुष्ट हुन्छौं। त्यसैले हामी ख्रीष्टको स्वरूपमा निश्चित हुन्छौ। तब हामी केवल ख्रिष्टीयन नामको काठ गाडदछौ। इसाई जीवन एक ठूलो साहसिक हो। यो त्यस्तो स्थान हो जहाँ व्यक्ति कहिल्यै बढ्न रोक्दैन। यो यस्तो जीवन हो जसमा परमेश्वर हाम्रो आत्माको बत्ती हुनुहुन्छ। किन तपाईं आज आफ्नो जीवनको केहि अँध्यारो भागहरूमा प्रभुको बत्तीलाई स्वागत गर्नुहुन्न? तपाईं आश्चर्यचकित हुन सक्नुहुन्छ कि उहाँले तपाईंलाई के देखाउनुहुनेछ।

हितोपदेश 20:24-27

24 मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ।

25 परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, ताकि पछि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ” भनेर पछुताउनु नपरोस्।

26 एकजना ज्ञानी राजाले दुष्टहरूलाई भूस निफने झैं गरी छुट्याउँनेछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।

27 एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउँछ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित