Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

जीवनको उद्देश्य

 

विजयी मसीही जीवनको अन्तिम परीक्षा भनेको यो हो जुन व्यक्तिले आफ्नो जीवनमा तो गरेको छ वह जे गर्न सिर्जना गरिएको थियो। विजयको प्रमाण तब आउँछ जब हामी जीवनको अन्तिम रेखा पार गर्छौं र अनन्तसम्म जान्छौं। यो जब हामी स्वर्गबाट यी शब्दहरू सुन्छौं: “स्‍याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ” (मत्ती २५:२१)। विजयी मसीही जीवन हाम्रो जीवनको उद्देश्यको अनुरूप हुन्छ।

 

दुर्भाग्यवस, धेरै मानिसहरूलाई जीवनमा तिनीहरूको उद्देश्य के हुनुपर्दछ भनेर केही थाहा छैन। सोभियत संघको पतन हुँदा, म र मेरी श्रीमती साइबेरिया गयौं र मस्कोमा रातभर बस्नुपर्यो। हामी एक महिलाको घरमा बस्यौं जुन नास्तिक र विश्वविद्यालयको प्राध्यापक थियो। उनले सोध्यो हामी साइबेरियामा के गर्दैछौं। जब मैले उनलाई ख्रीष्टको बारेमा मानिसहरूलाई बताउने छु भनेर बताएँ, उनले मलाई सोधीं कि कुन विषयमा म कुरा गर्ने छु। मैले उसलाई जीवनको उद्देश्यमा पहिलो दिन बोल्ने छु भनेर बताएँ। उनी धेरै व्यंगात्मक भईन। “ओह, म तिमीलाई सुन्न जान चाहन्छु,” उनले भनिन्। “मेरो जीवनको कुनै उद्देश्य छैन।”

 

उनी उनीहरु जस्तै हुन जीनीहरु संग मैले भेटेको छु। तिनीहरू किन सिर्जना गरियो तिनीहरू जान्दैनन्। तिनीहरू जन्मिए, हुर्किए, जागिर पाए, विवाह गरे, बच्चा जन्माए, बुढो भए, र मरे। यद्यपि धेरैले किन उनीहरूलाई सृष्टि गरिएको हो भनेर विचार गरेनन्। तिनीहरू केही सबैभन्दा निराश व्यक्तिहरू हुन्। तिनीहरू न्यू योर्क शहरको बीचमा हराएको मान्छेको कथा जस्तै हुन्। ऊ प्रहरीको नजिक जान्छ र सहयोगको लागि सोध्छ। प्रहरीले सोध्यो जहाँ ऊ जान चाहन्छ। त्यस मानिसले जवाफ दिन्छ, “मलाई थाहा छैन।” धेरै मानिसहरू त्यस्तै छन्। तिनीहरू कहाँ जाँदैछन् भन्ने कुराको उनीहरूलाई केही थाहा छैन।

 

अरूहरु संग उद्देश्य हुन्छ। यो केवल गलत छ। उनीहरू साहसपूर्वक सफलता, लोकप्रियता, वा शक्ति को भर्याङ्ग चढ्न प्रयास गर्छन्। उनीहरू सोच्छन् कि धन, प्रसिद्धि, वा स्थिति को संचय जीवन को वास्तविक उद्देश्य हो। तर तिनीहरू सबैभन्दा निराश हुनेछन्। तिनीहरूले आफ्नो पैसा, घर, कार, वा प्रभाव सदाको लागी लिन सक्षम हुने छैनन्। तिनीहरू भर्याङ्ग भएको मान्छेजस्तै छन्, यसलाई एउटा पर्खालको बिरूद्दमा राख्छ र सकेसम्म छिटो चढन खोज़्दछ। तर जब ऊ माथि पुग्छ, उसले पत्ता लगाउँछ कि उसले आफ्नो भर्याङ्ग गलत भित्तामा राख्यो।

 

तर त्यहाँ तेस्रो प्रकारको व्यक्ति हुन्छ जब यो जीवनको उद्देश्यको कुरा आउँदछ। यस व्यक्तिले जीवनको साँचो उद्देश्य फेला पारे। तसर्थ, यस व्यक्ति सबैभन्दा पूरा भएको छ। तर त्यसले एक अत्यन्त महत्त्वपूर्ण प्रश्न खडा गर्छ: जीवनको वास्तविक उद्देश्य के हो? जब जीवन सकियो, हामीले के गर्नु पर्छ? येशूले सरल तर गहन जवाफ दिनुभयो: “‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नू, आफ्नो सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले।’ यो पहिलो र सबैभन्दा ठूलो आज्ञा हो। र दोस्रो यो हो: ‘आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नुहोस्’ “(मत्ती २२:३७-३९)।

 

जीवनको वास्तविक उद्देश्य यत्तिकै सरल छ: तपाईले आफ्नो सारा हृदयले परमेश्वरलाई प्रेम गर्नुहोस् र आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नुहोस्। सबैजनाले ती दुई चीजहरू गरे भने संसार अझ राम्रो हुने थियो। अन्ततः, विजयी मसीही जीवनको न्याय हामी परमेश्वरलाई कसरी प्रेम गर्छौं र अरूलाई कसरी प्रेम गर्छौं भनेर निर्णय लिनेछ। यो उद्देश्यनै हो जसबाट हाम्रो बाँकी विजय बग्दछ।

मत्ती 25:14-21

तीनजना नोकरको कथा
(लूका 19:11-27)

14 “स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्। 15 कुन चाहिं नोकरले के कति गर्न सक्छ भनी उसले विचार गर्यो। उसले एकजना नोकरलाई पाँच तोड़ा दियो। अर्कोलाई दुइ तोड़ा दियो। अनि तेस्रोलाई एक तोड़ा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्यो। 16 नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिँड्यो। उसले अरू पाँच तोड़ा बढाउने काम गर्यो। 17 दुइ तोड़ा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोड़ा कमायो। 18 तर एक तोड़ा मात्र पैसा पाउने नोकर गयो र भूईमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो।

19 “धेरै समयपछि मालिक घर फर्कियो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के-के गर्यौ भनेर सोध्यो। 20 पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’

21 “मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ।’

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित