Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्रार्थनाको माध्यम देखी परमेश्वरलाई जान्नु?

ख्रीष्टीयन जीवनमा विजयको स्रोत भनेको परमेश्वरको घनिष्ठ ज्ञान हो, यदि तपाई त्यो दिन, जुन दिन पहिलो चोटी आफनी पत्नि संग मेरो भेट भएको थियो, यदि मलाई सोधे पछि के तपाई डेबे “टेक्स” नामकी कुनै केटिलाई जान्नुहुन्छ? मेरो उत्तर हुन्थ्यो, हजुर जान्दछु। त्यो दिन मेरो उनीसंग भेट भएको पनि थियो। तथापि, त्यो समय जब मैले भने कि म उनलाई जान्दछु, अनी अहिले जब मैले भन्द छु कि म उनीलाई जान्द छु। यी दुबैमा धेरै अंतर छ। अब म संग  उनको बारेमा घनिष्ठ ज्ञान छ। त्यो त्यस समयमा थिएन। अब म उहाँको लागि मनपर्ने अथवा मन नपर्ने, कमजोरि र गुणहरू अथवा आनन्द र दुखहरूलाई जान्द छु। जब  मैले पहिलो चोटी उनी लाइ भेटेको थिए कि मलाई थाह भैसकेको थियो कि मेरो उनीसंग प्रेम भै सक्यो। तर आज मसंग उनको लागि जुन प्रेम छ त्यो पहिला भन्दा अधिक गहिरो प्रेम अथवा परिपूर्ण छ। किनकी हामीले  अलग-अलग स्थितीलाई देखेका छौ। अनि धेरै कठिनाईहरूलाई साथ मिलेर सामना गरेका छौ। यसकारण हाम्रो धेरै प्रेम प्रज्वलीत भएको छ, परमेश्वरको साथ पनि यस्तै होस । तपाई परमेश्वरलाई जति जान्नुहुन्छ, त्यति नै अधिक परमेश्वरलाई प्रेम पनि गर्नुहुन्छ। जब हामी उपत्यकादेखि पहाडका शीर्षहरू सम्म उहाँको साथ-साथ हिडद छौ। अनि उहाँको लागि हाम्रो प्रेम तिब्रता  साथ बढछ। यदि हामीले परमेश्वर लाई घनिष्ठतापूर्वक जान्न चाहान्छौं भने त्यसमा समय लाग्छ।

प्रेरित पावलको हृदयको गहिरो ईच्छा थियो कि म उहाँलाई र उहाँको पुनरूत्थानको शक्ति जान्न सकु र उहांको मृत्युमा उहाँ जसतै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकू। फिलिप्पी ३:१० पावल ख्रीष्टको उपत्येकादेखी पर्वत अथवा शिखरहरू सम्म जान्न चाहन्थे। र दुःख सुखको  समयमा पनि ख्रीष्टको साथ हिडन चाहन्थे। किनकी पावल  जान्द थिए कि ख्रीष्टको साथ उनको सम्बन्ध लामो गहिरो आत्मियताको कारण मात्र विकसित हुनेछ।

तर व्यवहारिक रूपमा हामीले परमेश्वरलाई कसरी जान्ने? हामी कसरी उहाँको प्रेम र हेरचाह पाउन सक्छौं ? परमेश्वर आत्मा हुनुहुन्छ। जुन परमेश्वलाई न त देख्न सक्छौ न त छुन सक्छौ, उहाँको साथ यस्तो गहिरो सम्बन्ध कसरी बनाउने? ख्रीष्टका साथ आत्मियता बढाउनु को एक तरीका हो प्रार्थना ।

धेरै जनाले प्रार्थनालाई केवल परमेश्वर संग केहि न केहि प्राप्त गर्ने माध्यम बनाउदछन। यो सत्य हो कि परमेश्वर हाम्रो विन्तिहरू को अनुसार आफना संन्तानहरूको आवश्यक्ता अनुसार प्रसस्थ मात्रामा दिनुहुन्छ। वास्तवमा परमेश्वर हामीले माग्नु भन्दा पहिला र सोच्नु भन्दा पनि धेरै दिनमा सक्षम हुनुहुन्छ। तर प्रार्थना परमेश्वर देखी हाम्रो माग पूर्ण गराउने माध्यम भन्दा पनि धेरै हो। प्रार्थना दुई हृदयहरू को बिच एक वार्तालाप हो। यसमा हामी आफनो जीवनका गोप्पे कुराहरू उहाँलाई भन्दछौ। अनी उहाँले आफनो हृदय को गोप्पे कुरा हामीलाई भन्नु हुन्छ।

हामी मा धेरै व्यक्तिहरू हारेको जीवन यसकारण जिउद छौं किनकी आज सम्म प्रार्थना को बारेमा हाम्रो बुझाई गलत छ। हामी प्रार्थनालाई यस्तो समयको रूपमा देख्दछौ जसमा हामी आकाशमा एक विशाल सैन्टा क्लाज को नजिक जान्छौ अनी उसलाई सबै थोक भन्दछौ कि हामीलाई के के चाहियो। प्रार्थना को बारेमा यस्ता चंचल दृष्टिकोण केवल असफलता तिर मात्र लैजान सक्छ। यस्तो हुनसक्दैन कि जसरी हामी आफनो हातमा सामान को सूची लिएर कुनै दोकान जान्छौ। त्यसरी नै हामी पवित्र, सर्वशक्तिमान परमेश्वर को उपस्थिती मा जाउ।

कुनै पनि सम्बन्ध विकसित हुनमा समय लाग्छ। म र मेरी पत्नि बीचमा महान र गहिरो सम्बन्ध स्थापित गर्नमा कैयौ वर्ष लाग्यो किनकी हामीले आफना हृदयका कुराहरू एकअर्कालाई बताउन मा समय लगाएका थियौ। प्रत्येक हप्तामा हामीले प्रयास गर्छौ कि फोन, दफ्तर र बाकी सबै कामहरू देखी टाढा रहेर केहि समय एक साथ बस्छौ र एकअर्कामा आफना हृदयका कुराहरू भन्नमा समय बिताउछौ। अनी पुरा हप्तामा हाम्रा साथ भएका समस्याहरू, दुःख, कष्टहरू र सफलताहरू एकअर्का संग बाडछौ। हाम्रो सम्बन्ध मा सबैभन्दा कष्ट त्यो समय आयो जब हामीले एकअर्कासंग कुराकानी गर्नमा समय बिताएनौ।

प्रार्थनामा पनि यस्तै हुन्छ, परमेश्वर को साथ पनि कुराकानी गर्नमा अथवा हृदय को गहिराई देखी कुरा सुन्नमा पनि समय बिताउनु पर्छ। सायद यसकारण येशूले आफना चेलाहरूसंग भन्नु भयो कि जब प्रार्थना गर्दछौ, आफनो भित्री कोठामा पस, र ढोका थूनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर र गुप्तमा देख्नु हुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। (मत्ती ६:६) प्रार्थना कुनै प्रकारको धार्मिक प्रदर्शन होईन, जसमा हामी आफनो आत्मिकताले अरूलाई प्रभावित गरौ। यो कुनै धार्मिक कर्तव्य अथवा बोझ होइन, सबै भन्दा पहिला प्रार्थना एक यस्तो समय हो जसमा हामी जीवनको व्यस्तता बाट अलग भएर परमेश्वर को साथ समय बिताउदछौ। ताकि हामी आफनो हृदयका गहिरा कुरा परमेश्वर संग बांडन सकौ। प्रार्थना परमेश्वर को आवाज सुन्नमा समय बिताउनु हो। प्रार्थना ब्रह्माण्डका सृष्टिकर्ता संग संगति गर्नु हो।

अक्सर मलाई यस सिद्वान्त को बारेमा चुनौती मिलीरहेको हुन्छ। केहि व्यक्तिहरूले भन्दछन हामी सदा प्रार्थनाको व्यवहारमा बनी राख्नुपर्छ। जसमा कि हामीलाई परमेश्वरको लागि विशेष रूपमा समय निकाल्नु पर्दैन। यो वास्तविक हो कि हामीले विना रूकावट प्रार्थना गर्नुपर्छ, अनी हाम्रो दैनिक जीवनमा प्रार्थनाकेा व्यवहार बनाएर राख्ने प्रयास गर्नु पर्छ। यसको अर्थ यो होइन कि परमेश्वरको साथ निरंतर एकान्तमा समय नबिताउने, अथवा उहाँको संग घनिष्ट सम्बन्धलाई बिकसित नगर्ने। येशूले आफना चेलाहरूलाई प्रार्थना गर्न सिखाउनु भयो। जब येशूलाई पनि संसारको अव्यवस्था देखी टाढा भएर परमेश्वर संग संगति गर्न को लागि एकान्तमा समय बिताउनु परयो भने हामीलाई त्यसप्रकारको समय अथवा स्थानको  कति अधिक आवश्यक छ। यदि तपाई आफनो ख्रीष्टीयन जीवनमा साच्चै विजय हुन चाहनुहुन्छ भने यसलाई आफनो प्रारम्भिक स्थान बनाउनुहोस। तर पनि यहा विजयको लागि सबैथोक उपलब्ध छैन, फेरी पनि प्रारम्भ गर्न को लागि धेरै नै उत्तम स्थान हो, आज तपाईले एउटा एकान्त स्थान खोज्नुहोस, परमेश्वर संग भेट गर्न को लागि एक समय निर्धारित गर्नुहोस, उहालाई आफनो मनको कुरा भन्नुहोस, उहाको वचन पढनुहोस, र उहाको आवाज सुन्नुहोस, उहाले जो पनि तपाईलाई आज्ञा दिनुहुन्छ आज्ञापालन गर्नुहोस अनी तपाईलाई विजय अवस्य मिल्नेछ।

फिलिप्पी 3:5-10

5 म जन्मेको आठौं दिनमा मेरो खतना भएको हो। म इस्राएल राष्ट्रको हुँ र बिन्यामीन वंशको हुँ। म एकजना यहूदी हुँ र मेरा आमा-बाबु पनि यहूदी नै थिए। मोशाको व्यवस्था मेरो लागि महत्वपूर्ण थियो। त्यसैले म फरिसी भएँ। 6 म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेट्न सक्दैनथे।

7 एक समयमा यी सब मेरो लागि महत्वपूर्ण थियो। तर मैले ठानें, ख्रीष्टको अघि ती सब व्यर्थका रहेछन्। 8 त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु। 9 अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो 10 म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित