दैनिक शिष्यत्व का भिडियो पृष्ठ
व्यस्त हुनु प्रार्थनाको चोर
जसरी म पुरा संसारमा सुसमाचारको धोषणा गर्दै यात्रा गर्छु, मैले विश्वासीहरूमा एउटा ठूलो चोर फेला पारें, जो परमेश्वरका मानिसको हृदयमा सुस्त सुस्त आउदछ। यस चोरले ख्रीष्टका अनुयायिहरूको सबै भन्दा ठूलो हतियारलाई चोरी गर्यो –त्यो हो प्रार्थनाको सामर्थी हतियार । सायद, यस चोरले चर्चका अरू शत्रुहरूले भन्दा धेरै ख्रीष्टीय शरिरलाई लुट्यो।
मलाई भन्न दिनुहोस कि यो चोर को हो ? हामीसंग एउटा मान्छे छ जसलाई म चेला भन्दछु, उसको जीवनमा विजय पाउनलाई उसंग सब थोक छ। उसंग श्वर्ग र पृथ्वीको सारा अधिकार र सामर्थ छ एवं सबै शत्रुलाई जित्ने आत्मिक हतियारहरू छन्। उसंग परमेश्वरका सबै हतियार छन् – सत्य; धार्मिकता, विश्वास, उद्दार र शान्ती । यहां सम्म कि उसंग सामर्थी तरवार पनि छ जसलाई परमेश्वरको बचन भनिन्छ। कुनै पनि हतियार यति सामर्थी छैन कि चेलालाई जित्न सकोस । तर उसको एउटा उत्तरदायित्व छ, उसले प्रत्येक विहान आफैं तिनी हतियारलाई पैरिनु आवस्यक छ, परमेश्वरका सबै हतियार पैरिनु जरूरी छ।
अर्को तिर एउटा भयानक व्यक्ति छ जसलाई म शत्रु भन्छु । उसले यो जान्दछ कि चेलाको तुलनामा उकहीं छैन । जो हतियार चेलाले पैरिएको छ त्यसलाई भेटन सक्दैन। चेला लाई जित्नका लागी शत्रुले एउटा योजना बनाउदछ। यसकारण उ आफ्नो खतरनाक कमांडरलाई नियुक्त गर्छ कि चेलालाई नाश गर्ने योजना बनाउनलाई, जुन कमांडरको नाम हो ‘व्यस्तता‘।
एक दिन व्यस्तता चेलासंग आएर भन्छ कि म तिमीलाई कुनै गलत गर्नका लागी विवस पार्दैन । म चाहंदैन कि तिमी व्यभिचार गर । म चाहंदैन कि तिमी कसैको हत्या गर । सांच्चै म चाहान्छु कि तिमी असल काम गर । आउनुहोस जीवनमा धेरै असल काममा व्यस्त हुनुहोस। काममा व्यस्त, स्कूलमा व्यस्त, चर्चमा व्यस्त, आफ्नो मनोरंजन गर्नमा व्यस्त । आउनुहोस हामीले आफैंलाई व्यस्त राखौं।
चेला त परमेश्वरलाई मात्रै प्रसन्न गर्न चाहान्छ । उ कहिल्यै आफ्नी पत्नीलाई धोका दिने या कसैको हत्याको वारेमा सोच्दैन । यसकारण उसलाई शत्रुको यो विचार राम्रो लाग्छ र धेरै राम्रा व्यस्त काममा व्यस्त हुन्छ, चर्चमा धेरै व्यस्त हुनु , परिवारलाई राम्रो वस्तु दिनका लागी धेरै मेहेनत गर्नु, फुटबल खेल्न जानु, चलचित्र हेर्न जानु एवं उसलाई खुसी पार्न यस्तै धेरै ठाउमा जाने गर्छ ।
एक दिन शत्रु उसका पछाडी बाट आएर उसलाई आक्रमण गर्छ। चेला नाश हुन्छ किनकी परमेश्वरका सबै हतियार लगाउने उसंग समय छैन। उ यति धेरै व्यस्त भयो कि उसको समय सारणीमा प्रार्थना गर्न का लागी समय नै छैन। उ कार्यहरूले भरियो, राम्रा कार्यहरूले, दिन भरी उसंग परमेश्वरका सुरक्षाका हतियार लगाउने समय छैन। उ शत्रुका वाणका अगाडी विवस छ। एक दिन निन्द्रा बाट व्यंझेर उ देख्दछ कि उ त्यसता कार्य गर्दै छ जुन कार्य गर्नका लागी उसले कहिल्यै सपनामा पनि सोचेन । उ पुर्ण रूपले हारेको छ।
यो एउटा उदाहरण या उखांन मात्रै हो, तर यस्तो आज धेरै विश्वासीहरूको अवस्था छ । धेरै विश्वासीहरू हारेको जीवन जिउॅदै आफ्नो जीवनबाट परमेश्वरलाई निकाली दिएका छन् । जसको परिणाम, चर्चका प्यू यस्ता मान्छेहरूले भरिएका छन् जो सामर्थहिन छन् । उनी यस्ता दातै नभएका शत्रु सॅग हारेका छन्, जसले आफ्नो पुरा सामर्थ र शक्तिको उपयोग विश्वासीहरू माथी गरयों । यसकारण शत्रुले सुस्त सुस्त र धोखा दिएर ख्रीष्टीय अनुयायीहरू बाट परमेश्वरका सुरक्षाका हतियार हटाइ दियो, यसैले विश्वासी आज आफुलाई हारेको देख्दछन्।
हरेक विश्वासीहरू संग ख्रीस्ट मा जयवन्त हुनको लागी सबै थोक छ। उसले केवल परमेश्वरका हतियारलाई पहिरिनु आवस्यक छ। छोटकरीमा भन्नु पर्दा यसको अर्थ हो प्रार्थनामा परमेश्वरसंग साथ रहन लाई समय निकाल्नु पर्यो। प्रार्थना नै त्यो व्यवहारिक
माध्यम हो जसद्वारा परमेश्वरका सबै हतियार पहिरिन सकिन्छ। आज तपाई किन परमेश्वरसंग समय विताउनु हुन्न। आफ्नो बाइवल खोल्नुहोस । परमेश्वरको बचन पढ्नु होस। प्रभुसंग भन्नु होस कि तपाई संग भेट गर्नुस भनेर । सत्य , धार्मिकता , विश्वास , शान्ति र उद्वारका बस्त्र पहिरिनुस । व्यस्ततालाई तपाईको हारेको जीवन तिर आउन न दिनुहोस। स्मरण गर्नुस कि , प्रभु बडो प्रेम सित भन्नु हुन्छ, शान्त रहो र परमेश्वर म नै हुं भनी जान (भजनसंग्रह 46:10)
एफिसी 6:10-13
परमेश्वरको हात-हतियार धारण गर
10 मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन। 11 परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ। 12 हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ। 13 त्यसैले तिमीहरूले परमेश्वरको पूर्ण हातहतियार पाउनु आवश्यक छ। अनि मात्र त्यस खराब दिनको सामना दृढता पूर्वक गर्न सक्छौ। जम्मै लडाईं शेष गरिसके पछि पनि अझै उभिरहन सक्छौ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
