दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थनामा लागी रहौं
के तपाईले कहिले सोच्नु भएको छ कि कुनै प्रार्थनाको उत्तर छिटटै पाईन्छ र कुनै प्रार्थनाको उत्तर पाउन बर्षौं लाग्छ मैंले मेरो परिवारको सम्बन्धको वारेमा सोचें। मैंले मानिसहरूको लागी प्रार्थना गरें कि उनीहरू प्रभुमा आउन यस्तो देखिन्थ्यो कि केही हप्ता या महिनामा उनीहरू प्रभुमा आए तर मेरो आफना परिवारका लागी यो गाह्रो थियो ।
मैले जब ख्रीष्टलाई चिंने, तब म चाहान्थें कि मेरा मित्रहरू र परिवारका सदस्यहरूले पनि त्यस उद्धारकर्ता लाई चिनुन । म ख्रीष्टीय प्रेमको कारण उत्साहित थिएं र चाहान्थें कि त्यो पे्रमलाई आफना मानिसहरू संग पनि बांटु। जुन बेला मैले मेरी आमालाई भनें कि मेरो जीवनमा के भयो भनि, उनले भनिन् ‘म ख्रीष्टीयन होइन, न त कहिल्यै बन्नें छु, फेरी कहिल्यै मलाई ख्रीष्टको बारेमा न भन्नु ।
जब तपाई आफनी आमासंग परमेश्वरको बारेमा कुरा गर्न सक्नु हुन्न तेस बेला तपाई के गर्नु हुन्छ? म तपाईलाई भन्छु कि मैले के गरें। मैले मेरी आमाका बारेमा परमेश्वरलाई भनें । तर यस्तो लाग्थ्यो कि म जति प्रार्थना गर्थें त्यति नै कठिन भैरहेको थियो। म आमा लाई प्रेम गर्थे त्यसैले चाहान्थें कि अनुग्रह द्धारा आउने उद्धारको कुरा उनले जानुन, जुन कुरा मैले बुझेको थिएं। तर म केवल प्रार्थना मात्र गर्न सक्थें ।
मैले पुरा एक वर्ष प्रार्थना गरें, फेरी ५ वर्ष, फेरी लगातार १० वर्ष प्रार्थनामा लागी रहें। तर कतै बाट केही मद्धत मिलेको थिएन । मैले लगभग २० वर्ष प्रार्थना गरें र यस्तो लाग्यो कि यो आशाहीन परिस्थिती हो । जब म प्रार्थना गर्नमा हिम्मत हार्नेवाला थिएं मलाई आमाको तर्फ बाट एउटा फोन आयो । उनले भनिन् ‘सैमी म एउटी घमण्डी स्त्री भएं, तितोपना भएकी स्त्री भएं, मलाई परमेश्वरको आवस्यकता छ, मलाई येशु कोआवस्यकता छ, मलाई चर्चको आवश्यकता छ । मैले जे सुनें त्यो विश्वास गर्न कठिन थियो । परेमश्वरले मेरो प्रार्थनाको उत्तर दिनु भयो। २० वर्ष भन्दा पनि धेरै मैले प्रार्थना गरेको थिएं । परमेश्वर विश्वासयोग्य हुनुहुन्छ । मेरी आमाले ख्रीष्टलाई चिन्नु भो । उनले फोनमा मसंग प्रार्थना गरीन् कि जीवन भरी येशुमाथी विश्वास राख्ने छिन् । उनको जीवन कालका अन्तिम १० वर्षमा प्रार्थना सभामा जान उनलाई सबै भन्दा मन पर्थ्यो । मेरी आमालाई ख्रीष्टमा देख्न पाउनु सांच्चै धेरै आनन्दको कुरा थियो ।
वितेका २० वर्षका समयमा परमेश्वरले मेरो जीवनमा अदभूत काम गर्नु भो । प्रभुले मलाई उहां माथी निर्भरताको स्थानमा राख्नुभो । मेरी आमा लाई ख्रीष्टको नजिक आउन यति वर्ष किन लागे, यसको कारण मलाई थाहा छैन । तर म यति जान्दछु कि उत्तर नपाउनाले मेरा घुडाहरू परमेश्वरको सिंहासन अगि झुकी रहे। यसैले मैले परमेश्वरको मुखलाई निहार्न पांए।
ख्रीष्टले चेलाहरूलाई प्रार्थनामा लागी राख्नका लागी एउटा उखान भन्नु भयो यो कुरा अनौठो छ, र यसो भन्छ, त्यस पछि येशूले चेलाहरूलाई सधैं प्रार्थना गर्नु पर्छ र हरेस खानुहुदैन भनेर बुझाउन यसो भन्नु भयो । हरेस खानु सजिलो छ, निरास भएर छोडि दिनु। तर परमेश्वर हामीलाई उहाँको निकटतामा आउन चुनौती दिनुहुन्छ । वहाँ चाहानुहुन्छ कि हामी निरन्तर प्रार्थनामा लागी राखौं । प्रार्थनामा निरन्तर लाग्नुको अर्थ यो होईन कि परमेश्वर जे चाहानु हुन्न त्यही गर्नका लागी वहाँ लाई विवस पारौ । प्रार्थना भनेको उहाँ र उहाँको उदेश्य लाई जान्नु हो। कुनै पनि कुराका लागी हामी जति उका उहाँका पस्थितिमा जान्छौं त्यति हामी उहाँलाई जान्न सक्छौं। उहाँको मनभित्र के छ त्यो जान्ने छौं। अन्तमा हामीलाई प्रार्थनाको उत्तर मात्र हैन त्यस भन्दा पनि धेरै अनुभव पाउने छौं । हामीले उहां लाई जान्ने छौं । यस कारण उहां चाहानुहुन्छ कि प्रार्थनामा लागी राखौं। उहाँ चाहानुहुन्छ कि हामीले उहाँ संग समय विताउ ताकि हामीले अझ उहाँलाई जानौं। मेरी आमा ख्रीष्टमा आउनु मेरो प्रार्थनाको महान उत्तर थियो । तर प्रार्थनाको उत्तर नपाउनका यतिका वर्षको परिणाम चाहिं मैले परमेश्वरलाई खोजी राखें । प्रार्थनामा लागी रहौं र परमेश्वरलाई जानौं ।
लूका 11:5-13
लगातार प्रश्न
(मत्ती 7:7-11)
5-6 फेरि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिलेऊ, तिमीहरूमध्ये कोही एकजना तिमीहरूको साथीको घरमा आधा रातमा जाउला अनि भनौला, ‘मेरा एकजना मित्र मलाई भेट्न अर्को शहरबाट आएका छन्। तर उहाँलाई खाना खुवाउनलाई मसित केही छैन। दया गरी मलाई तीनवटा रोटी देऊ।’ 7 घरभित्रबाट तिम्रो मित्रले भन्नेछ, जाऊ, मलाई तकलीफ नदेऊ। ढोका अघि नै बन्द भइसकेकोछ। म र मेरा छोरा छोरीहरू ओछ्यानमा छन्। अहिले उठेर म तिमीलाई रोटी दिन सक्तिनँ। 8 म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ। 9 फेरि म तिमीहरूलाई भन्दछु, माग अनि तिमीहरूलाई दिइनेछ, खोज अनि तिमीहरू पाउनेछौ, ढक्ढकाउ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। 10 किनभने हरेक जसले माग्दछ, उसले पाउँदछ, अनि जसले खोज्दछ उसले भट्टाउँछ। अनि जसले ढक्ढकाउँछ, उसको निम्ति ढोका उघारिनेछ। 11 तिमीहरू मध्ये कसको छोरो होला? यदि तिम्रो छोरोले माछा माँगे, तिमी उसलाई के दिन्छौ? के तिम्रो पुत्रलाई तिमी सर्प दिन्छौ अँहँ! तिमी उसलाई माछा नै दिन्छै। 12 अथवा, तिम्रो पुत्रले अण्डा माग्यो भने, त्यसलाई के बिच्छी दिन्छौ? अँहँ! 13 तिमी पनि अरू मानिसहरू जस्तै दुष्ट छौ। तर तिमीहरू जान्दछौ आफ्ना बालकहरूलाई कसरी राम्रो चीजहरू दिनुपर्छ। तिम्रा स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई पनि कति अधिक पवित्र आत्मा दिनुहुनेछ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
