Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

 माफ गर्नु–परमेश्वरको अनुग्रहलाई प्रतिउत्तर दिनु हो

 

हृदयका दुई वटा मनोदशा हुन्छ जो कुनै व्यक्तिको प्रार्थनाहरूमा सामर्थ खोसी दिन्छ दोषभावना र तितोपना हामीमाथि गलत काम गर्नका कारण आउॅछन जबकि तितोपना हाम्रो हृदयमा बिस्तारै–बिस्तारै तब आउछन जब कसैले हामीसॅग खराब व्यवहार गर्दछ। जब येशूले आफना चेलाहरूलाई प्रार्थना गर्न सीखाउनु भयो। हाम्रा अपराध क्षमा गर्नहोस, जसरी हामीले आफना अपराधीलाई क्षमा गरेका छौं । (मत्ती ६:१२)

दुई किसिमका दोषभावना हुन्छन–झुठो दोषभावना र साँचो दोषभावना झुठो दोषभवना शैतानको आरोपहरूका लागि आउदछन त्यसले हामीसॅग भन्दछ कि हामी राम्रा छैनौं, अथवा हामी योग्यको छैनौ। त्यसले प्रयास गर्दछ कि हामीले त्यो सोच्न लागौ, तिमीले कसरी प्रार्थना गर्न सक्छौं ? तिमी प्रार्थना गर्नेको नाम येशू हो ! केवल एउटै नै हुनुहुन्छ जो, आफनो भलाइमा परिपूर्ण हुनुहुन्छ। उहाँ येशू हुनुहुन्छ तर हामी कहील्यै योग्य हुनसक्दैनौ । हामी केवल उद्वारको चरणमा झुकेर, उहाँ नै योग्य हुनुहुन्छ यो जानेर उहाँको आराधना गर्न सक्छौं। हामीले जो गरेका छौं त्यस कारण हामी परमेश्वरको नजिक आउन सक्दैनौ। येशूले हाम्रो लागि जो गर्नुभयो त्यसको कारण हामीहरू परमेश्वरको नाजिक आउन सक्छौं।

शैतानको आरोप सधै सामान्य नै हुन्छन, जब कि पवित्र आत्माको साँचो कायलता धेरै नै सटीक हुन्छ। अक्सर हामी दोषी महसुस गर्दछौं किनकि हामी दोषी हुन्छौ, हाम्रो जीवनमा यस्तो कुनै कुरा हुन्छ जो प्रभुलाई प्रसन्न गर्दैन। प्रार्थना गर्नुको योग्य न हुनको लागि पश्चाताप गर्न असम्भव छ, किनकि हामी कहील्यै पनि योग्य हुनेछैनौ यसकारण जब शैतानले हामीमाथि झूठो आरोपहरू का भारी बोझ राख्न चाहन्छ, हामीहरूले केवल अयोग्यताको उस भावनाको इनकार गरेर येशूको चरणहरूमा झुकेर उहाँको अनुग्रहको दावा गर्नुपर्छ। हामीले बुझ्नुपर्छ कि परमेश्वरको सिंहासन अनहुग्रहको सिंहासन हो । हामीहरू पवित्र परमेश्वरसम्म यसकारण पुग्न सक्छौ किनकि हामीले प्रभुको अनुग्रहको स्वाद लिएका छौ।

फेरि पनि दोस्रो प्रकारको दोषभावना हुन्छ, यो तब आउछ जब पवित्र आत्मा हाम्रो पापको बारेमा हामीलाई कायल गर्दछ, र यस्तो कायलता सधै धेरै नै सटीक हुन्छ । यसकारण, यो कायलता, सधै पश्चातापको तर्फ ल्याएर आउदछ, फेरि अन्तमा, माफी माग्दछौं। जब परमेश्वरले हाम्रो जीवनको  कुनै खराब कुराको बारेमा कायल गर्दछ, उहाँको उदेश्य हामीलाई दोषभावनाको यात्रामा पठाउनु होईन तर यसको उल्टो यो हो कि हाम्रो जीवनदेखि पाप हटाएर हाम्रो हृदयमा सधै छुटकाराको लागि नै हुन्छ।

यस किसिमका दोषभावनाको साथ छुटकारा को एउटा नै तरीका छ। यसको स्वीकार गरौं र यसमा पश्चताप गरौं। यूहन्नाको पत्रीमा, उहाँले भन्नुहुन्छ, यदि हामीमा पाप छैन भनी हामी भन्छौ, भनेता हामीले आफैलाई धोका दिन्छौ, र हामीमा सत्य हूँदैन। यदि हामीले आफना पापहरू स्वीकार गरयौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ । (१यूहन्ना १:८–९) स्वीकारको लागि इमानदारी लाग्दछ। हामीले यो मान्नुपर्छ कि हामीले खराब काम गरेका छौ र हामीहरू खराब कामदेखि हटनुपर्छ । यो केवल मलाई माफ गर्नु भन्नुभन्दा धेरै ठुलो हो । यो पुकार्नुपर्छ कि म खराब थिए । यो भन्नु अप्ठयारो हुन्छ, तर प्रार्थनामा सामर्थको लागि यही कुराको आवश्यकता हुन्छ, यस्तो अंगीकार सीधै उहाँको भित्रसम्म जान्छ । बाइबलले भन्दछ, तर उहाँले अझ बढी अनुग्रह दिनुहुन्छ । (याकूब ४:६) घमण्डी हृदयमा कहील्यै प्रार्थनाको सामर्थ हुदैन, तर नम्र हृदयले परमेश्वरको सारा स्रोत खोल्दछ किनकि त्यो परमेश्वरको हृदयलाई स्पर्श गर्दछ । जब हामी प्रभुलाई उहाँको पवित्रतामा देख्दछौं, भने हामी पापका स्वीकार गर्नको लागि आफनो घुटनामा आउनेछौं। एकबार जब हामी पूरै रीतिले इमान्दार भई तोडिएर पश्चातापमा आउनेछौं। हामी अदभुत अनुग्रहको अनुभव गर्नेछौं, यस्तो प्रार्थनामा कति आनन्द र सामर्थ हुन्छ । पवित्र हृदयदेखि प्रार्थना गर्नु, नम्र हृदयदेखि प्रार्थना गर्नु र स्थिर भएर प्रभुको कामलाई देख्न आवश्यकता छ।

याकूब 4:4-10

4 अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैंलाई परमेश्वरको शत्रु तुल्याउँछ। 5 के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।” 6 तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”

7 यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। 8 परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ। 9 उदास बन, दुःखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर। 10 परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित