Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

         माफ गर्नु–परमेश्वरको उपस्थिति खोलिनु

परमेश्वर मेरो लागि धेरै नै भलो हुनुहुन्छ । मैले देखे कि उहाँले धेरै प्रार्थनाहरूका उत्तर दिनुभएको छ जसको बारेमा मैले भन्न सक्छु कि त्यो केवल महान रोमांच थियो । मैले देखे कि प्रार्थनाहरूको उत्तरको रूपमा उहाँले परिवारका एक सदस्य र साथीहरूलाई येशूको नजिक ल्याउनुभयो । मैले देखे कि परमेश्वरले आफ्ना मानिसहरूका प्रार्थनाहरूको कारण देशहरूको द्वार खुल्यो । अगुवाहरूले परमेश्वरको मूहारलाई निहार्नको कारण मैले देशहरूमा चंगाईको गवाही देखेको छु । परमेश्वरको उपस्थितिमा जानुभन्दा ठूलो जीवनमा अरू ठूलो आनन्द केही पनि होइन ।

एक बेलुका जब म प्रभुको साथ एकान्तमा समय बिताउन कोशिश गरिरहेको थिए, तब मेरो हृदय बोझले भरियो । यस्तो लागिरहेको थियो कि मेरो प्रार्थनाको लागि स्वर्ग बन्द भईसकेको थियो र लगभग दुई हप्तादेखि यस्तै नै भयो । म दनिक परिस्थितिमा थिए । मैले सोच्दैन थिए कि यो भन्दा पनि खराब केही हुन सक्छ कि पहिला परमेश्वको साथ नजदिक राख्ने र फेरि उहाँलाई गुमाउने ।

जसरी म निराशामा मैले परमेश्वरलाई पुकारेर उठे, पवित्र आत्माले विस्तारै–विस्तारै मेरो हृदयसित कुरा गर्न लाग्नुभयो, तिमीले उनीहरूलाई माफ गर्नुपर्छ । तिमीले आफ्नो हृदयमा तितोपना राखेर मेरो साथ नजिकको सम्बन्ध राख्न सक्दैनौ।

मलाई थहाँ थियो कि यो साँचो हो, तर मैले चोट महसूस गरे यति टुटापन प्रभुले जुन व्यक्तिको बारेमा मेरो हृदयसॅग कुरा गर्नुभएको थियो, उनले मेरो साथ यस्तो केही गरेका थिए, जसमा म टुटेको थिए । मैले सोच्दैन्थे कि के मैले तिनीलाई माफ गर्न सक्छु ? जब सम्म मलाई थहाँ भएन कि तिनीहरूले के गरे तब सम्म मैले तिनलाई प्रिय मित्र नै मान्दथिए । मैले परमेश्वरलाई सोधे, मैले यस व्यक्तिलाई कसरी माफ गर्न सक्छु ? तपाईलाई थाहाँ छ कि उनीले मसंग के गरेका हुन ।

परमेश्वर ले फेरि मेरो हृदयलाई भन्नुभयो, के तिमीले बुझ्दछौ कि तिमीले मेरो साथ के गरेको छौ ? तिमीले मेरो छोराको हत्या गरेका छौ । रोमी अथवा यहूदीहरूले उहाँलाई क्रुसमाथि चढाएनन । उहाँले आफ्नो मदतको लागि स्वर्गदूतहरूका दस सेनाहरूलाई बोलाउन सक्नुहुन्थ्यो कि उहाँलाई क्रुस देखि तल झार्ने । तिम्रो नै पापको कारण उहाँलाई क्रुसमाथि चढाइएको थियो । तिम्रो नै पापहरूले उहाँलाई मारियो र मैले तिमीलाइ माफ गरे । जसरी मैले तिमीलाई माफ गरे त्यसरी नै तिमीले त्यस व्यक्तिलाई गर्न सक्छौ । म धेरै कायल भए मैले झट्टै नै प्रार्थना गरे पिता, म तिनी व्यक्तिलाई माफ गर्छु । छिट्टै नै त्यस एकान्त ठाउॅमा परमेश्वरको उपस्थिति खुल्यो । परमेश्वरले मसंग भेट गर्नुभयो ममाथि त्यस व्यक्तिलाई क्षमा गर्नुको शक्ति थिएन, तर परमेश्वरले गर्नुभयो । परमेश्वरले मलाई माफ गर्नुभएको थियो, र मलाई यति नै गर्नु थियो कि आफ्नो आत्माको गहिराईमा जानु थियो, र विश्वाससित त्यो अनुग्रह निकाल्नु थियो जो उहाँले त्यहा राख्नुभएको थियो । जब म परमेश्वरको अनुग्रह र माफिको कुवाको गहिराइमा झरे, तब मैले जाने उहाँको अनुग्रह नै काफी छ मैले त्यस व्यक्तिलाई क्षमा गर्न पाए।

तितोपना अरू कसैलाई नोक्सान पुरयाउदैन, केवल त्यसलाई नै पुरयाउछ जसले उहाँलाई थामी रहन्छ । यो त्यो शान्त रहनेवाला चोर हो जो परमेश्वरको साथ हाम्रो नजदीकीलाई चोर्दछ । हामीले हाम्रो मनमा तितोपनालाई कूकाएर कहिल्यै परमेश्वरको साथ नजिकको सम्बन्ध राख्न सक्दैनौ।

यसकारण येशूले आफनो चेलाहरूलाई यो प्रार्थना गर्न सिकाउनु भयो हाम्रा अपराध क्षमा गर्नुहोस, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ । (मत्ती ६:१२) हामीले परमेश्वरको उपस्थितिलाई जान्दाजान्दै एक समयमा तितोपना हुन सक्दैनौ । हामीले तितोपना राखेर प्रार्थनामा सामर्थी हुन सक्दैनौ । हामीले त्यही रोज्नु पर्छ जो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । परमेश्वरको सामर्थ र उपस्थिति अथवा क्रोध र तितोपना यस चूनावको परिणाम नै परमेश्वरको साथ तापाईको संगतिको गहिराई निश्चित गर्नुहुनेछ ।

मत्ती 18:23-35

23 “यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गर्यो। 24 राजाले हिसाब मिलाउन शुरू गरे। उसको एउटा नोकर हजारौं चाँदीको सिक्काको ऋणी थियो। 25 त्यो नोकर आफ्नो ऋण तिर्न असमर्थ थियो। राजाले उसलाई, उसकी पत्नी, उसका नानीहरू अनि उसित भएका सबै कुरा बेचेर ऋण चुकाउनलाई आदेश गरे।

26 “तर त्यो नोकरले मालिकको खुट्टामा घोप्टो परेर विन्ती गर्यौ, ‘मेरो निम्ति केही धैर्य गरीदिनुहोस्। अनि मलाई लागेको जे जति ऋण म तिर्नेछु।’ 27 यो सुनेर राजालाई नोकरप्रति दया जाग्यो। तब उसले त्यो ऋण तिर्नु पर्दैन भनी भन्यो अनि उसलाई ऋण मुक्त भएर जान दियो।

28 “केही समय पछि, त्यो नोकरले अर्को नोकरलाई भेट्टायो, जसले उसबाट एकसय चाँदीका सिक्क ऋण लिएको थियो। उसले त्यसको घोक्रो अँठ्याएर भन्यो, ‘मेरो ऋण तुरन्तै तिरिहाल्।’

29 “त्यो नोकर घुँडा टेकेर विन्ती गर्न लाग्यो, ‘म माथि दया गर्नुहोस् म तपाईंको सबै ऋण चुक्ता गर्नेछु।’

30 “तर त्यो पहिले नोकरले धैय गर्न सकेन। त्यसले अर्को नोकरको विरुद्ध न्यायधीश समक्ष नालिश हाल्यो अनि उसलाई जेलमा पुर्याइदियो। ऋण चुक्ता नगरून्जेल त्यो जेलमा बस्नु पर्यो। 31 अरू सबै नोकरहरूले यो घट्ना देखे। तिनीहरू दुःखी भए र तिनीहरूले आफ्ना मालिकलाई यो घट्नाको वृतान्त सुनाइदिए।

32 “तब मालिकले नोकरलाई बोलाए र उसलाई भने, ‘तँ दुष्ट नोकर रहेछस्। तैंले म बाट धेरै ऋण लिएको थिईस्। तर तैंले मसित विन्ती गरेको हुनाले मैले त्यो माफ गरिदिए। तर तैंले तेरो ऋणीलाई दया देखाउन सकिनस्। 33 मैंले तँलाईं दया गरे जस्तै तैले पनि त्यसलाई दया गर्नु पर्ने होइन।’ 34 मालिक खुबै रिसाए र दण्डको दिनको निम्ति त्यस नोकरलाई जेलमा हालिदिए। सम्पूर्ण ऋण चुक्ता नतिरून्जेल तिनी त्यो जेलमा नै बस्नुपर्यो।

35 “राजाले पनि स्वर्गमा भएका मेरा पिताले जे गर्नुहुन्छ त्यही गर्यो यदि तिमीहरू प्रत्येकले आफ्ना भाइ-बहिनीहरूलाई आफ्ना हृदयले क्षमा गरेनौ भने मेरो स्वर्गको पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुने छैन।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित