Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

गुप्त कुराहरू

 

अमेरीकामा प्रार्थनाको लहर बढी रहेको देखीरहेको छ तर के तिमीले सोच्दछौ कि किन आत्मिक र नैतिक वातावरण अझै धेरै दूषित हुदै गइ रहेको छ, एक कारण हुन सक्छ कि यसको सम्बन्ध हाम्रो हृदयको गुप्त कुराहरूसॅग होला । प्रार्थना परमेश्वरको साथ नजिक हुनु हो, प्रार्थनामा धेरै प्राभावशाली हुनुको लागि तिम्रा र परमेश्वरको संगतिको बिचमा कुनै पनि खडा न हुनुपर्छ ।

सोवियत युनियन खस्नुभन्दा केही समय पहिला, मैले यूकैरनको पूरै पाचौं सहरहरूमा सुसमाचारको प्रचार गरे । त्यहा हामीले हर सहरमा वर्षाको सामना गरयौं । सारा दिन वर्षा हुन्थ्यो र हामीले प्रार्थना गरथ्यौ कि परमेश्वरले वर्षा लाई रोक्नुभएको होस, कि व्यक्तिहरू स्टैडियममा आएर सुसमाचारको प्रचार सुन्न सकुन । परमेश्वरले वर्षा लाई रोक्नका लागि कुनै बाध्यतामा हुनुभएन, तर आफ्नो दयाको द्वारा हाम्रो विन्तीलाई स्वीकार गर्नुभयो । हाम्रो सुसमाचारको सभाहरू सुरू हुनुभन्दा एक घन्टा पहिला परमेश्वरले हर सहरमा वर्षा लाई रोक्नुभयो । यो धेरै नै खुशिको कुरा थियो कि हजारौं व्यक्तिहरूले पहिलो बार सुसमाचार सुने।

मैले यसै समय युकेर्रन र रोमानियाको यात्रा गर्दा गर्दै सुन्दर कार्पेट जो धेरै नै सस्तोमा लिए । मैले एक कार्पेट युकेरनमा र एक रोमानियामा किने । तर जब म रोमानियाबाट बाहिर जानको कोशिश गरे । तब बाउडरका सिपाहीले मलाई भने कि म मैले यूकेरनको कार्पेट बाहिर लिन सक्छु, तर रोमानियाको कार्पेट लिन सकिदैन । एक मित्रले भने, “सैमी हामी कार्पेटको माथि जो टैक लागेको छ त्यसलाई हटाउन सक्छौ र सीपाहीहरूलाई अन्तरको थाहाँ हुनेछैन । फेरि तिमीले यूकेरनको कार्पेट यहाँ छोडेर जान सक्छौ र रोमानियाको कार्पेट आफ्नो साथ लैजान सक्छौं । मैले यो मान्नै पर्छ कि यो गर्नको बारेमा सोचेको थिए । त्यही समय एक अरू मित्रले भने “सैमी मैले सोच्दछु कि तिनले ठीक भन्दैछन । तिमी रोमानियाको कार्पेट बाहिर लैजान सक्छौ । तर यसपछि तिमीले परमेश्वरलाई बन्द गर्नुको बारेमा भन्यौ भने त्यसले गर्नेछैन । तिनको कुराले मेरो हृदयलाई समात्यो म परमेश्वरसंग नजिक र उहाँको शक्तिशाली एक पुरानो कार्पेटको साथ साटन जादै थिए । यो कति ठूलो दुर्घटना होला शायद एक पुरानो कार्पेट तिम्रो हृदयमा लूकेको छ, यसलाई परमेश्वरको अगाडी स्वीकार गर । यसबाट छुटकारा पाओ याकूबको पत्रमा लेखेको छ, धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ | (याकूब ५:१६) मा यदि तिमीले प्रार्थना मा सामर्थलाई खोजीरहेका छौ भने तिमीलाई आफ्नो हृदयको गुप्त स्थानहरूलाई साफ गर्नुपर्नेछ ।

1 इतिहास 28:2-10

2 राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाइहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्‌ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें। 3 तर परमप्रभुले मलाई भन्नुभयो, ‘अँहँ, दाऊद, तैंले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैंले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैंले धेरै मानिसहरूलाई मारेको छस्।’

4 “परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहूदाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो। 5 परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो। 6 परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु। 7 सुलेमानले मेरा नियमहरू र आदेशहरू अहिले पालन गर्दै छ। यदि उसले मेरा नियमहरू पालन गरिरह्यो भने्, तब म सुलेमानको राज्यलाई सदा-सर्वदाका निम्ति शक्तिशाली बनाउने छु।’”

8 दाऊदले भने, “यसैकारण अब सारा इस्राएलीहरू अनि परमेश्वरका समुदायको समक्ष म तिमीहरूलाई यी कुराहरू भन्दछुः परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू पालन गर्नमा सावधान बन। तब मात्र तिमीहरूले यो असल भूमि सदा-सर्वदा राख्न सक्ने छौ। अनि तिमीहरूले यसलाई तिमीहरूका सन्तानहरूलाई सदा-सर्वदाका निम्ति दिन सक्नेछौ।

9 “अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ। 10 सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्ति-शालीबन् र काम पूर्ण गर्।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित