दैनिक शिष्यत्व का भिडियो पृष्ठ
कम्युनिस्ट जवान बैठकमा परमेश्वरले छुनुभाएको
1972 मा एउटा बुढ़ो जर्मनी पास्टरले मलाई पूर्वी बर्लिन मा 100000 हार्ड कोर कम्युनिस्ट जवानहरूको एउटा सभामा घुसपैठ गर्नको लागि चुनौति दिए । यो एउटा खतरनाक मिशन थियो जो असंभव लागि रहेको थियो । दुई जना साथी मसंग त्यो साम्यवादी प्रभुत्व वाला सहरमा गए । हामीलाई थाहाँ थिएन कि हामीले हाम्रो मिशनलाई कसरी पुरा गर्नेछौं । तर हामीलाई विश्वास थियो कि हामी तिनी जवानहरूको प्रचार गर्नमा सक्षम हुनेछौ । जब हामी पूर्वको बर्लिनमा पुगी सक्यौं तब हामी अलेक्जेंडरप्लजेटा गयौ जहाँ कम्युनिस्ट जवान एकत्रित हूनेछन । दृश्य लगभग अविश्वासनीय थियो । मैले यति धेरै जनालाई कहिल्यै पनि देखेको थिएन । मैले चुपचाप प्रार्थना गरे हे परमेश्वर तिनीहरू धेरै छन् अनि हामीहरू कम छौ । हामी तपाईको प्रेमको साथ कसरी पुग्न सक्छौ, बस त्यही सयममा एउटा जवान व्यक्ति मेरो सामुन्ने आयो अनि मलाई सोध्यो , के मलाई तपाईको अटोग्राफ मिल्न सक्छ? हामीलाई महसूस भएन कि उनीहरूको लागि अटोग्राफ प्राप्त गर्न कति महत्वपूर्ण थियो । तर हामी छिटै नै पत्ता लगाउने छौ ।
हामीले जर्मन भाषामा एउटा सुसमाचार प्रस्तुत याद गरेका थियौं अनि हामीले उनीहरूको बोर्डहरूमा सुसमाचार लेख्न्न सुरु गर्यो, अनि हाम्रो नाउहरूमा हस्ताक्षर गरे वरिपरिका सैंकडौं जवानहरू एकट्ठा भए । अनि म धेरै बोल्ड भई सके । मैले उपदेश दिन शुरू गरे । भीड़ धेरै ठूलो भई सकेको थियो कम्युनिस्ट जवानहरू मध्ये एक जनाले सबैलाई बस्नको लागि भने ताकि धेरै जनाले मलाई सुन्न सकुन । मेरो दुई जना साथी भीडको छेउमा गए अनि त्यहा उपदेश दिन लागे ।
केहि घंटाहरूको लागि सैकडौं कम्युनिस्ट जवानहरूसंग कुरा गरे पछि म थाकि सकेको थिए । मैले सुन्नेहरूको भीड देखि आफ्नो बाटो बनाई सके । अनि जवानहरूको भीड देखि जान लागे । म हिड्दा हिड्दै परमेश्वरले मेरो हृदय तोडी दिनुभयो | यिनी नयाँ जवानहरूले संसारको लगभग सबै देशको प्रतिनिधित्व गरे । अचानक मैले तिनीहरूलाई जर्मन रूस, एशिया, अफ्रीका अथवा अमेरिकाको रूपमा देखेन । म त्यो अंधो व्यक्ति जस्तो थिए जसलाई येशूले छुनुभयो अनि चंगा भयो । सबैभन्दा पहिला उसले मानिसहरूलाई रूख, निर्जीव वस्तुहरूको रूपमा देख्यो । तब येशूले अर्को चोटी छुनुभयो अनि उसले मानिसहरूलाई मानिसको रूपमा देख्यो ।
त्यो रात परमेश्वरले मलाई एउटा नयाँ तरीकाले छुनुभयो । मैले तिनीहरूलाई परमेश्वरको छविमा बनाएको मानिसको रूपमा हेर्न सुरू गरे । मैले तिनीहरूलाई तिनीहरूको पापमा अनि एउटा उद्धारकर्ताको आवश्यकतामा देखे । परमेश्वरले मलाई ख्रीष्टको संदेश देखि संसारहरुका मानिस सम्म पुग्नमा सक्षम हुनु भन्दा पहिला आंखाहरुको एउटा नयाँ सेटको साथ हेर्नु भएको थियो । ती कम्युनिस्ट जवानहरको साथ त्यो समयले मेरो आँखाहरूलाई एउटा यस्तो संसारको लागि खोल दियो जसलाई येशू को धेरै आवश्यकता थियो ।
यसप्रकार यस्ता मानिसहरू हुन सक्छन् , जसससंग तपाईलाई सुसमाचारको साथ पुग्नलाई आवश्यक छ । के तपाईलाई परमेश्वरसंग एउटा ताजा स्पर्शको आवश्यकता छ? केवल उहाँले मात्रै तपाईलाई मानिसहरूलाई हेर्नको लागि सक्षम गर्न सक्नुहुन्छ, किनभने उहाँ वास्तवमा हुनुहुन्छ ।
यशैया 58:1-9
मानिसहरूलाई परमेश्वरलाई पछ्याऊ भन्नु पर्छ
58 तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकन चिच्याऊ।
तुरही बजे जस्तै चिच्याऊ।
मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ।
याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ।
2 तिनीहरू पाप गर्छन र पनि तिनीहरू आफैं प्रत्येक दिन मलाई पूज्न आउँछन्।
अनि तिनीहरू मेरो बाटो अप्नाउन इच्छुक छन्।
तिनीहरू धार्मिक-विधानमा बाँचेको
अनि परमेश्वरका असल आज्ञा अनुशरण गरेका राष्ट्रले जस्तो व्यावहार गर्छन्।
तिनीहरू मसित सही न्याय माँग्छन्।
तिनीहरू निष्पक्ष निर्णयको लागि परमेश्वरकहाँ जान्छन्।
3 अब ती मानिसहरू भन्दछन्, “तपाईंलाई सम्मान गर्न हामीले उपवास बस्यौ। तर तपाईंले किन हामीलाई हेर्नुहन्न? हामीले हाम्रो शरीरहरूलाई तपाईंको सम्मान गर्नु पीडा दियौ। तपाईंले किन हामीलाई हेरचाह गर्नुहुन्न?”
तर परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले विशेष दिनमा उपवास बसेर स्वयंलाई आनन्दित पार्यौ। अनि तिमीहरूले आफ्ना दासहरूलाई दण्ड दियौ। 4 तिमीहरू भोको छौ, तर भोजनको लागि होइन। तिमीहरू मानिसहरूलाई आफ्ना दुष्ट हातहरूले कुट्नलाई भोको छौ। जब तिमीहरूले भोजन खान छोडयौ त्यो मेरो लागि होइन। तिमीहरूले आफ्ना आवाज मेरो स्तुति गाउनँ प्रयोग गरेनौ। 5 के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थें र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हर्ने चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्तो चाहनु भएको हो?
6 “म कुन प्रकारको विशेष दिन चाहन्छु भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई सङ्कटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ। 7 म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”
8 यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सद्भावना” तिमीहरू कै समक्ष हिँड्नेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ। 9 त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।”
तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
