दैनिक शिष्यत्व का भिडियो पृष्ठ
दाऊद अगुवापनमा सुरक्षित
परमेश्वरले मलाई यस यूगमा केहि खास सेवकहरूसंग भेट गर्नको सौभाग्य दिनुभएको छ । मलाई उनीहरूको प्रतिबद्धता र नेतृत्वको साथ–साथ उनका शैली र क्षमताहरूदेखि पनि प्रेरणा मिलेको छ । यिनी धर्मावलम्वी पुरूषहरू र महिलाहरूको मुख्य विशेषताहरूमा उनीहरूको सुरक्षाको गहिरो भावना रहेको छ । उनीहरू सुरक्षित छन् कि उनीहरू को हुन् र परमेश्वरले उनीहरूलाई के गर्न दिनुभएको छ । महान ख्रीष्टीयन सेवक तुलनाको देवताहरूको अगाडि झुक्दैनन् तर एक साँचो र जीवित परमेश्वरको चरणहरूमा खस्दछन् , परमेश्वरलाई उनीहरूले आफ्नो उद्देश्य र सन्तुष्टिलाई पूरै तरिकाले उहाँमा पाउदछन् ।
जब उनी यरूशलेममा गए दाऊदले इस्राएलमा राजाको रूपमा शासन गरे तब दाऊदले परमेश्वरमाथि आफ्नो सुरक्षा पाए । दाऊदको सुरक्षाको भावनाको लागि एउटा सरल रहस्य थियो , उनीसंग एउटा निर्विवाद शान्ति थियो कि परमेश्वर उनको साथमा हुनहुन्थ्यो । बाइबलले भन्दछ , अनि दाउद झन्–झन् शक्तिशाली हुदैगए , किनभने सर्वशक्तिमान परमप्रभु परमेश्वर तिनीसंग हुनुहुन्थ्यो । 2शमूएल 5:10 दाऊदलाई यो खतरा महसूस भएन किनकी उनीले परमेश्वरसंग हुनुको कुरालाई स्वीकार गरेका थिए । किनकि परमेश्वर उनको साथमा हुनहुन्थ्यो दाऊद साँचो शक्ति र अधिकारमा बढे । परमेश्वर द्वारा शक्ति पाउनेवाला व्यक्तिलाई आफ्नो दुश्मनहरूदेखि डराउनु पर्दैन । एउटा व्यक्तिसंग परमेश्वरले बहुमत बनाउनुहुन्छ ।
1989 को क्रिसमसको दौरान बीसवीं सदीको महान् चमत्कारहरूमध्ये एउटा रोमानियामा भएको थियो । रोमानियाई क्रान्ति पूर्वी यूरोपको सबै ईसाईहरूको सबैभन्दा गम्भीर उत्पीडमध्ये एक थियो । ईसाईहरूका उनको स्थितिमा कुनै आवाज थिएन उनको परिस्थितिहरूलाई परिवर्तन गर्ने कुनै क्षमता थिएन । तर एउटा पास्टरलाई गिरफ्तार गरे पछि कयौं मानिसहरू उनको रक्षाको लागि उनको घरमा आए । उनीसंग कुनै हतीयार थिएनन् । उनीहरूले आफ्ना हाथहरूमा केवल मोमबत्तिहरू लिए र उनीहरूको हृदयमा विश्वास थियो । गुप्तमा पुलिस आए र भीडमा गोली चलाउन थाले जसले गर्दा निर्दोष पुरूषहरू महिलाहरू र बच्चाहरूको मृत्यु भयो ।
जब शहिदहरूको रगत सहरको सडकहरूमा बग्न सुरू भयो र परमेश्वरका व्यक्तिहरूमाथि परमेश्वरको महिमाको विमोचन भयो । विरोध गर्नका लागि सहरमा मुख्य प्लाजा तिमिसोआरामा 200,000 भन्दा अधिक व्यक्तिहरू एकट्ठा भए । धेरै मानिसहरू द्वारा एउटै चिच्याएको आवाज आयो । डमनेज इस्टे क्यू नोई , जसको अर्थ हो परमेश्वर हाम्रो साथमा हुनहुन्छ । उनीहरूको एक मात्र हतीयार एउटा गहिरो भावना थियो कि परमेश्वर उनीहरूका साथमा हुनहुन्थ्यो र राष्ट्रमा स्वतन्त्रताको क्रान्तिको जन्म भयो । डर खस्यो र विश्वास उठयो किनकि तिनीहरूले परमेश्वरको साथमा हुनुको अनुमान लगाइरहेका थिए ।
यो दाऊदसंग भएको थियो । उनलाई थाहाँ थियो कि परमेश्वर उनको साथमा हुनहुन्थ्यो र त्यो सबै उहाँको आवश्यकता थियो । तर दाऊदलाई पनि थाहाँ थियो कि परमेश्वरले उनको नेतृत्व गर्नुहुनेछ | यसैकारण जब उनको सामना गर्ने दुश्मनसंग भयो तब दाऊदले परमप्रभुलाई सोधे , म पलिश्तीहरूलाई आक्रमण गरू ? के तपाईले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ ? अनि परमप्रभुले जवाफ दिनुभयो , जा, म पलिश्तीहरूलाई तेरो हाथमा सुम्पिदिनेछु । 2शमूएल 5:19 जब दाऊदले दोस्रो पल्ट त्यही दुश्मनसंग सामना गरे र दाऊदले परमप्रभूलाई सोधे , र परमेश्वरले भन्नुभयो, यस पल्ट सोझै आक्रमण नगर् तर घुमेर लहरे–पीपलहरूका सामुन्ने पछिल्तिरबाट उनीहरूलाई आक्रमण गर् {2 शमूएल 5:23} |
दाऊदले आत्मामा हिड्न सिके , जब सम्म उनीले परमेश्वरको तलाश गरे र उहाँको निर्देशहरूका पालन गरे परमेश्वरले उनीलाई जीताउनु भयो । परमेश्वरले उनीलाई उपयोग गर्नुभयो र उनीलाई समृद्ध गर्नुभयो । तर रहस्य केवल पवित्र आत्माको नेतृत्वमा सुरश्चित थियो , परमेश्वर उनको साथमा हुनुहुन्थ्यो । र आफ्नो नेतृत्वको सुरूवातको दिनमा दाऊदले दिन–प्रतिदिन हिड्ने र आत्माका मार्गदर्शनमा कदम देखि कदम उठाउनेको मांग गरे । आत्मा रणनीति होइन , दाऊदको सुरक्षाको भावनाको रहस्य थियो । आज आत्मामा हिड्नेहरू पुरूष र महिलाहरू कहा छन् ? तिनीहरू त्यही होलान जो एक सुरक्षित स्थितिदेखि नेतृत्व गर्नेछन ।
2 शमूएल 5:10-24
10 दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो।
11 सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारूको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए। 12 तब दाऊदले बुझे कि परमप्रभुले तिनलाई साँच्चै इस्राएलको राजा बनाउनु भएको छ। दाऊदले यो पनि बुझे कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ।
13 दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए। 14 यरूशलेममा जन्मिएका छोराहरू हुन्; शम्मू, शोबाब, नातान, सुलेमान, 15 यिमार, एलीशू, नेपेग, यापि, 16 एलीशमा, एल्यादा तथा एलीपेलेत।
दाऊद पलिस्तीहरू बिरूद्ध लडछन्
17 पलिस्तीहरूले इस्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिश्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरूशलेमको किल्लामा गए। 18 पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए।
19 दाऊदले परमप्रभुलाई सोध्दै भने, “के म पलिश्तीहरूसँग युद्ध गर्न निस्कौं? पलिश्तीहरूलाई हराउनका निम्ति मलाई सहयोग गर्नुहुन्छ?”
परमप्रभुले दाऊदलाई भन्नु भयो, “निश्चय जाऊ, म पलिश्तीहरूलाई परास्त गर्न तिमीलाई सहायता गर्नेछु।”
20 तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यहीं हराए। दाऊदले भने, “परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाउँ “बाल-पराजीम” राखे। 21 पलिश्तीहरूले तिनीहरूको देवताको मूर्तीहरू त्यहीं छोडेका थिए। दाऊद र उसका मानिसहरूले तिनीहरू सबै हटाइ दिएँ।
22 फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले।
23 दाऊदले परमप्रभुमा प्रार्थना गरे। त्यस समय परमप्रभुले दाऊदलाई भन्नुभयो, “त्यहाँ माथि नजाऊ। शत्रुका सेनाहरूलाई पछाडिबाट आक्रमण गर। पीपलका रूखको अर्को तिरबाट आक्रमण गर। 24 पीपलको रूखमाथि पलिश्तीहरू बडिरहेको आवाज सुनिनेछ। त्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिश्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
