Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

परमेश्वरको तरीका हाम्रो तुलना भन्दा अधिक छ

विश्वासीको जीवनमा प्रार्थनाको एक कारण यति महत्वपूर्ण छ कि यसले परमेश्वरसंग उहाँको इच्छा र उहाँको तरीकाहरूको बारेमा सोध्नको लागि अवसर दिदछ । परमेश्वरको तरीका हाम्रो तरीका भन्दा अधिक छ । र उहाँको विचार हाम्रो विचार भन्दा धेरै गहिरो छ , यो आवश्यक छ कि हामी प्रत्येक ईसाईहरुले परमेश्वरको नेतृत्वलाई तलास गरौं । यो परमेश्वरको वचनको सिद्धान्लाई बुझ्नका लागि पर्याप्त छैन । यस्कारण हामीले हर हालमा उहाँको आत्माको अगुवाईमा हिड्न सिक्नुपर्छ ।

यहोशूले यसलाई बुझे र यो उनको नेतृत्वको केन्द्र बिन्दु भइहाल्यो । यहोशूको रणनीतिको बारेमा एक अविश्वासनीय बयान दिएका छन् , तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना जासूसहरूलाई गोप्य तवरले पठाएर भने , त्यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ । तिनीहरू गए , र राहाब नाउ भएकी एक वेश्याको घरमा आईपूगे, र त्यही वास बसे | यहोशू 2:1

मोशाले निश्चित रूपमा यस्तो चीज गर्दैन्थे । मोशाले कनान देशमा बारह जासूसलाई पठाए तर यहोशूले केवल दुईलाई चूने । किन  ? शायद यहोशूलाई याद थियो कि मोशाले पठाएका बारहमध्य दस चाहि डराउने व्यक्तिहरू थिए । उनीलाई थाहाँ थियो कि आस्थाको दुई पुरूष दसभन्दा धेरै कामहरूलाई पूरा गर्न सक्छन । तर त्यहाँ एउटा ठूलो कारण केवल दुईवटालाई चूनेका थिए परमेश्वरको भविष्यवाणी ।

परमेश्वर परिवर्तन हुनुहुन्न । उहाँ आफ्नो चरित्र र सबै बिशेषताहरूमा एकै नै रहनुहुन्छ । तर उहाँको तरीका लगातार परिवर्तन भई रहन्छ, कुनै पनि इसाई नेताको लागि यो सबैभन्दा ठूलो सबक हुनुपर्छ । परमेश्वरलाई सबै थाहाँ छ । उहाँले हर परिस्थितिलाई बुझ्नुहुन्छ । उहाँले हाम्रो नेतृत्वका लागि आवश्यक छोटो रणनीतिलाई बुझ्नुहुन्छ । मोशालाई एक रणनीतिको आवश्यकता थियो तर यहोशूको लागि एउटा अर्को रणनीति जरूरी थियो । परमेश्वरले मोशालाई बारह जासूस चून्नकाका लागि प्रेरित गर्नुभयो , तर उहाँले यहोशूलाई केवल दुई वटा लिनका लागि नेतृत्व गर्नुभयो ।

यदि यहोशूले मोशाले जो गरेका थिए बस त्यस्तै गर्नुको कोशिश गरेको भए अनर्थ हुन्थ्यो । तर यहोशूले त्यस पलको लागि परमेश्वरको योजना पाए र उनले काम गरे । पहिलो नजरमा यो तबाही जस्तै लाग्न सक्छ । तर परमेश्वरको तरीका हाम्रो तरीका भन्दा धेरै छ । यहोशूले कल्पना गरेको भन्दा बाहीर परमेश्वरसंग एउटा योजना थियो । तर परमेश्वरको तरीकाहरू हामीहरूभन्दा अधिक हुन्छ उहाँले तिनीहरूलाई रहनको लागि एक सबैभन्दा अधिक सम्भावनावाला ठाउमा लगे राहाबको घर, यहोशू 2:1 । बारह व्यक्तिहरूका लागि त्यहाँ रहन कठिन थियो तर यीनि दुईजनाको लागि एकदम सही थियो । यो केवल एक व्यक्तिको लागि एउटा आत्मघाती घरमा रहनका लागि आध्यात्मिक आत्महत्या थियो, तर त्यसमा सुरक्षा थियो । परमेश्वरको तरीकाहरू राम्रो र साँचो हुन्छन ।

राहाबले जासूसहरूको रक्षा गरीन् र तिनीहरूलाई लुकाइन् । तिनीहरू उनलाई आफ्नो परमेश्वरको माहनता भन्नका लागि सक्षम थिए । उनले अब्राहम, इसाहक र याकूबका परमेश्वरलाई अङगालो लागाइन् आफ्नो मूर्तिपूजादेखि बदलिइन् र आफुले आफैलाई आफ्नो परिवारलाई बचाउनका लागि एक साँचो र जीवीत परमेश्वरमाथि भरोसा गरिन् । इस्राएलहरूको विश्वास कनानी बन्धुका आस्थाको साथ संयुक्त छ जसको परिणामस्वरूप परमेश्वरले इस्राएलका बच्चाहरू र राहाबको परिवारलाई सुरक्षा गर्नुभयो ।

परमेश्वरको बाटो निश्चित रूपले हाम्रो तरीकाहरूभन्दा अधिक छ यदि हामीले त्यो सबै कुरा गर्न चाहन्छौं ,  जो परमेश्वरले हामीद्वारा चाहनुहुन्छ भने , हामीले त्यो गर्नुपर्छ जो पवित्रशास्त्रले सिकाउद छ । तैले आफ्नो  समझको सहारा न लिनु तर सम्पूर्ण हृदयदेखि परमप्रभुमाथि भरोसा गर् ।

यहोशू 2:1-14

यरीहोमा दुइ जासूस

2 नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”

यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।

2 कसैले यरीहोका राजालाई भने, “हिजो राती केही मानिसहरू इस्राएलबाट हाम्रो देशको कमजोरी जान्नलाई आएका छन्।”

3 यसकारण यरीहोका राजाले राहाबलाई यो सन्देश पठाए, “तिम्रो घरमा बस्ने मानिसहरूलाई हामी कहाँ ल्याऊ। तिनीहरू हाम्रो देशको भेद लिन आएका हुन्।”

4 स्त्रीले दुइ मानिसहरूलाई लुकाई र भनी, “हो दुइ मानिस यहाँ आएका थिए, तर मलाई थाहा भएन तिनीहरू कहाँबाट आएका थिए। 5 साँझमा, जब शहरको द्वार बन्द हुने बेला भएको थियो, ती मानिसहरू गए। मलाई थाहा भएन तिनीहरू कहाँ गए। हुनसक्छ यदि तिमीहरू चाँडो गयौ भने तिनीहरूलाई पक्रन सक्ने छौ।” 6 (राहाबले ती कुराहरू भनिन्, तर वास्तवमा, तिनले ती मानिसहरूलाई छतमाथि लगेकी थिइन्, अनि तिनले तिनीहरूलाई त्यहाँ थाक पारेर राखेको परालमा लुकाएकी थिइन्।)

7 यसकारण राजाका मानिसहरू शहरबाट बाहिर गए, अनि मानिसहरूले शहर-द्वारहरू बन्द गरे। राजाका मानिसहरू इस्राएलका ती दुइ मानिसहरूलाई खोज्न गए। तिनीहरू यर्दन नदीतर्फ गए अनि ती सबै ठाउँहरू तिर हेरे जहाँ मानिसहरू नदी पार गर्थे।

8 दुइ मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्। 9 राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्। 10 हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयौं। तिमीहरूले ती दुइ एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्यौ, हामीले त्यो पनि सुन्यौ अनि कसरी तिमीहरूले ती दुइ राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्यो। 11 हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ। 12 यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं। 13 मलाई भन कि तिमीहरूले मेरो परिवारलाई जीवित रहन दिनेछौ। मेरो माता-पिता, दाज्यू-भाइहरू, दिदी बहिनीहरू अनि तिनीहरूका सबै परिवारहरूको लागि वचन देऊ कि तिमीहरूले हामीलाई मृत्युबाट बचाँउने छौ।”

14 ती मानिसहरू सहमत भएर तिनीहरूले भने, “तिमीहरूको जीवनका निम्ति हामी हाम्रो जीवन दिनेछौं। कसैलाई न भन हामीहरूले के गरिरहेछौ। जब परमप्रभुले हामीलाई हाम्रो देश दिनु हुनेछ, तब हामी तिमी प्रति दयालु रहनेछौं। तिमीले हामीलाई विश्वास गर्न सक्छौ।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित