Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

तोडिएको  र जागृति

जब म यात्रा गरिरहेको हुदैन भने, एउटा विशेष स्थानमा म सबैभन्दा धेरै जाने गर्दछु । यो मेरो घरको सामु एउटा शान्त ठाऊ छ जहाँ केवल रूखहरू र केही ठूला बोल्डरहरू छन् | प्रायः म बाइबल पढ्नका लागि र परमेश्वरको साथ गुणवत्तापूर्ण समय बिताउनका लागि बिहानै त्यहाँ जादछु । जब मेरो चिन्ता त्यो बोल्डर जस्तै ठूलो हुन्छ भने, जमीनको सानो त्यो टुक्रा हुन्छ, जहाँ म आफ्नो बोझहरूलाई राख्दछु ।

मैले परमेश्वरलाई त्यस शान्त ठाऊमा सोधे, मलाई यो समस्यामा किन जीउनु पर्दछ, अथवा मलाई यस कठिनाईको सामना किन गर्न परिरहेको छ ? एक बिहानी जब म त्यो बोल्डरहरू मध्ये एकमा बसेको थिए र परमेश्वरको महिमा माथि विचार गरीरहेको थिए, र प्राकृतिले मलाई केही उत्तर दिन लाग्यो । मैले त्यसमा ताजा ओसको साथ घासको बारेमा केही मनपर्दो देखे । जो ब्लेड लामो खडा थियो र आकाशको तर्फ पूगेको थियो, त्यसमा ताजा पानिको कुनै थोपा थिएन, तर जो ब्लेड भुइमा झुकेको थियो, त्यसमा कयौं थोपाहरू थिए । त्यस घाँसले मलाई याद गरायो कि आध्यात्मिक रूपले ताजा हूने मौसम अक्सर आउद छन्, जब हामी झुक्दछौं र तोडिएका हुन्छौं । त्यो जीवन जो लामो र घमण्डी छ स्वर्गको थोपाहरूलाई लैजान सक्दैन । जस्तै नै घमण्डी दिलमा खस्दछ भने, तिनीहरू गुर्किन्छन्, जसले त्यस आत्मालाई सुखा र प्यासै छोडिदिन्छन् । तर परमेश्वरीय ओसको थोपाहरू त्यो दिलहरूमा टिकेको छ, जो तोडिएको हुन्छ । तोड़िएको स्थिति हामीलाई जीवनको ताजा पानिको अनुभव गर्नमा सक्षम बनाउदछ ।

ख्रीष्टीयन इतिहासको महान् जागृति प्रायः केही व्यक्तिगत अथवा तल्नो व्यक्तिहरूको समूहमा आउदछ जो आफैलाई हताश र तोडिएका पाउथे । फेरि एक दिव्य क्षणमा स्वर्गदेखि एक सफलता हुन्छ । परमेश्वर आउनुहुन्छ । आकाश खुल्यो । र आशीर्वादको झरी खस्न लाग्दछ । दिल ताजा हुन्छ, र परमेश्वरको प्रेमको साथ हाम्रो दिल जल्न लाग्दछ ।

बोझ आशीर्वादमा बदलिन्छ, बाधाहरू अवसर बन्दछन् । चिन्ता जादछ, र आराम हृदयमा आउछ । र यो सबै किन हुन्छ ? यो एक सरल छ, तर गहीरो सत्य हो । यो ख्रीष्टको जीउनेको तरीकाको सार थियो, र जो उहाँले सिकाउनुभएको थियो । उहाँले भन्नुभयो, जसले आफूलाई उच्च पार्छ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउछ, त्यो उच्च पारिनेछ मत्ती 23:12 । दोस्रो शब्दमा आफूले आफैलाई विनम्र गरौ, र परमेश्वरले तपाइलाई महान् बनाउनु हुन्छ । घमण्डको साथ माथि उच्च हुन्छौ भने, परमेश्वरले तपाइलाई त्याग्नुहुनेछ ।

विनम्र दिल प्रायः परीक्षणहरू र कठिनाइहरूको माध्यमदेखि उत्पन्न हुन्छ । हामीले आफैलाई तोडिएको र आवश्यक परेको पाउदछौं । र तोडिएको मतलब विनम्र हृदयको मुद्रा हो । जब हामी यस आसनमा हुन्छौ, कि स्वर्गको झरी एउटा सूखा र प्यासा आत्मामाथि ओर्लाइदिइन्छ । शायद यही कारण हो कि 1900 दशकको महान् वेल्श जागृति तब भयो, जब एउटा युवकले पुकारे, हे परमेश्वर मलाई झुकाउनु भएकोहोस्, मलाई झुकाउनु भएकोहोस् । उनको दिल दिव्य उत्साहले छायो । जागृतिले उनको जीवनलाई सवार्यो । महिनाहरू सम्म हर ठाऊ नौ जवान गए, आशीर्वादको झरी आयो, एक दिल ताजा भयो । एक चर्चलाई जागृत गरीएको थियो । एक राष्ट्र जागृत भयो । यसको सुरूवात एक यस्तो युवकदेखि भयो, जसको हृदय स्वर्गको पानीको थोपाहरूलाई थाम्नका लागि लागेको थियो । राजा दाऊदले एक चोटी परमेश्वरको आत्माको प्रेरणाद्वारा लेखेका थिए, तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो । हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाई तिरस्कार गर्नुहुन्न । भजनसंग्रह 51:17 । कति साँचो हो । यदि तपाई प्यासा हुनुहुन्छ र परमेश्वरको आशीर्वादको आवश्यकताको लागि उभिनुभएको छ भने, तपाईले बुझ्नुपर्छ कि तिनीहरू केवल तोडिएको दिलमा नै खस्न सक्छन्, जो दिल रून्छ, मलाई झुकाउनु भएको होस् । मलाई झुकाउनु होस् ।

व्यवस्था 8:2-4

2 अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरुभूमिमा चालीस बर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो। 3 परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्। 4 बितेको चालीस बर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित