दैनिक शिष्यत्व का भिडियो पृष्ठ
दाऊदले आफ्नो जीवनमा राक्षसहरूलाई हराए
जस्तै नै म महान् स्टेडियममा गए म व्याकूल भए, पहिले देखि मौजुद भएका एक मित्रले भनेका थिए, सेमी याद राख्नु कि उहाँ परमेश्वर नै हुनुहुन्छ, जसले तिमीलाई आफ्नो जीवनमा यस स्थान सम्म पुरयाउनु भएको हो । उहाँले तिमीलाई जीताउनुहुनेछ । एक अन्य मित्रले मलाई एक ईमेल पठाएका थिए जसमा लेखिएको थियो पछाड़ी फर्केर हेर । परमेश्वर पहिला पनि इमानदार हुनुहुन्थ्यो, उहाँ आज पनि इमानदार हुनुहुन्छ ।
मैले एउटा विशाल राक्षसको सामना गरिरहेको थिए । मैले येशू ख्रीष्टको सुसमाचारलाई घोषित गर्नका लागि दुनियाको सबैभन्दा ठूलो स्टेडियम माराकानामा उभिनलागेको थिए । मलाई यो धेरै नै अपर्याप्त लाग्यो । कार्य धेरै ठूलो थियो, परमेश्वरद्वारा एक शब्द सुन्नको आशामा 50,000 भन्दा धेरै मानिसहरू एककट्ठा भएका थिए । आधा भन्दा धेरै मानिसहरूको ख्रीष्टको साथ कुनै व्यक्तिगत सम्बन्ध थिएन । म ईमानदार हुनुपर्छ, मलाई यस्तो गर्नुको विश्वास छैन जसलाई परमेश्वरले मेरो सामने राख्नुभएको थियो । तर म संग मेरी बहुमूल्य पत्नी र कयौं मित्रहरू थिए, जसले मेरो लागि प्रार्थना गरे । जस्तै तिनीहरूले प्रार्थना गरे परमेश्वरले मलाई साहस र शक्ति दिनुभयो ।
माराकानामा यस सभामा जानुभन्दा पहिला मलाई सन्देहको एक भीडको सामना गर्नुपर्यो । पुरानो सप्ताह मैले आफ्नो आवाजलाई लगभग गुमाएको थिए । सभादेखि दुई दिन पहिला पानी परेको थियो । सन्देह मेरो आत्मामा बग्यो । म सिर्फ एउटा सानो प्रचारक थिए । मैले सोचे, म को हु, र जो यति ठूलो उपक्रमको प्रयास गर्ने ? मलाई डर लागेको थियो कि कोही स्टेडियममा आउदैनन् होला र म यो कार्यको लागि तैयार थिएन । संक्षेप्तमा मैले आफ्नो जीवनक्रममा सबैभन्दा महान् राक्षसहरूमध्ये एकको सामना गरीरहेको थिए । मैले के गर्नुपर्नेछ ? मैले के गर्नुपर्छ ?
यो भन्दा पहिला कि मैले आफ्नो विशालकाय राक्षसको सामना गरू, अथवा तपाइले आफ्नो जीवनमा सामना गर्नुभयो, एक युवा यहूदी पुरूष विशाल राक्षसको सामू उभिएको थिए । कार्य असम्भव थियो । विशाल राक्षस करीब नौ फिट उभिएका थिए, जब विशाल राक्षसले इजराएलको योद्धाहरूलाई चुनौती दिए र तब हर कोही काप्न लागे । तर युवा दाऊदले विशाल राक्षसलाई देखे, तब तिनी चकित भए । फेरि पनि विशाल राक्षसको आकारदेखि होइन्, तिनी इस्राएलका सैनीकहरूको कायरतापूर्ण व्यवहारमा चकित थिए । के तिनीहरूले आफ्नो अतीतलाई भूलीसकेका थिए ? के तिनीहरूलाई याद छैन कि परमेश्वरले लालसागरलाई दुई भागमा गरीदिनुभएको थियो । अतीतमा परमेश्वरले जे गर्नुभएको थियो, उहाँको तुलनामा एक विशालकाय व्यक्तिलाई मार्ने केही पनि थिएन ।
दाऊदले पाँचवटा ढुङगा समाते र विशाल राक्षसको सामना गरे । बाकी इतिहास हो । उनले प्रभुको नाऊॅ र शाक्तिले विशाल राक्षसलाई मारिदिए । दाऊदको जीतमा यूद्धको कई सिद्धान्त ख्रीष्टको सैनिकका लागि हुन् । सबैभन्दा स्पष्ट यो हो कि परमेश्वरको लागि कोही पनि धेरै ठूलो छैन । इस्राएलका सबै सैनीकहरूले विशाल राक्षसलाई देखे र कापे । तर दाऊदले परमेश्वलाई देखे, र विजय प्राप्त गरे । जीत इस्राएलको थियो, तिनीहरूको सिर्फ खराब ठाउॅमा नजर थियो, तिनीहरूलाई केवल आफ्नो उद्धारकर्ता र राजालाई हेर्नुपर्ने आवश्यक थियो । दाऊदले आफ्ना आखॅाहरू सही ठाउॅमा टिकाएर राखेका थिए, र जीत प्राप्त गरे ।
दोस्रो सैनिकहरू लडाईमा थिए, र तिनीहरूलाई युद्धको तकनीकहरूको बारेमा थाहाँ थियो । तर तिनीहरूले भुलिसकेका थिए, कि लडाई परमेश्वरको हो । यो न त शक्तिले, न त बलले हुन सक्छ तर प्रभुको आत्माले हुन सक्छ । दाऊदले परमेश्वरलाई जगंली जनवारहरूको खिलाफ जीत गराएको देखेका थिए । जुन परमेश्वरले पहिला उनलाई जीताउनुभएको थियो, उहाँ नै परमेश्वर हुनुहुन्थ्यो, जसले तिनीलाई राक्षसको खिलाफदेखि जीताउने । मेरो मित्रले मलाई भने, पछाड़ी फर्केर हेरौं । परमेश्वर पहिलेदेखि इमानदार हुनहुन्छ । उहाँ फेरि पछि पनि इमानदार हुनुहुनेछ । तर दाऊदको जीतको एउटा अर्को दिलछुने हिस्सा छ । शाऊलले चाहन्थे कि उनले यूद्धमा उनको कवच लगाउन् ।
त्यसपछि दाऊदले आफ्नो तरवार झिलममाथि कसिदिए । तर तिनी अनकनाए, किनभने तिनको ती लगाउने बानी थिएन । तिनले शाऊललाई भने, “यी लगाए म जान सक्दिन, किनभने यी लगाउने मेरो बानी छैन |” तब तिनले ती फुकाले । त्यसपछि तिनले आफ्नो लट्ठी उठाए, र खोलाबाट पाँच वटा चिल्ला–चिल्ला ढुङगा छाने र ती आफ्नो गोठालाको झोलाभित्रको थैलीमा हाले । तब तिनी आफ्नो घुयेंत्रो लिएर त्यस पलिश्तीसंग लड्नलाई गए । 1शमूएल 17:39–40
दाऊद धेरै बुद्धिमान पुरूष थिए, उनीलाई थाहाँ थियो कि उनले त्यसरी युद्ध गर्नुपर्छ, जसरी परमेश्वरले उनलाई दिनुभएको थियो । परमेश्वरले दाऊदलाई विशेष योग्यताहरू दिनुभएको थियो । तिनीले त्यो क्षमता देखि बाहिर काम गर्नुपर्ने थियो । तिनी शाऊल अथवा शाऊलको कुनै पनि पुरूष जस्तै हुन सक्ने थिएनन् । तिनीलाई केवल दाऊद हुनुको आवश्यक थियो, परमेश्वरले तिनीलाई विशिष्ट रूपदेखि उपयोग गर्नुहुनेछ ।
1 शमूएल 17:34-51
34 तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेंडा पनि चराउने गर्छु। भेंडाका बथानबाट सिंह र भालू आएर भेंडा लैजान्थे। 35 म त्यस्ता जंगली पशुहरूलाई खेद्दै जान्थे र तिनीहरूका मुखबाट भेंडा खोसेर ल्याउँथे। यदि जंगली जन्तुले मलाई आक्रमण गरे त्यसको मुख मुनिको भुत्ला समात्थें र त्यसलाई हिर्काउथें। 36 मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ। 37 परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।”
शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।” 38 शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए। 39 दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन।
दाऊदले शाऊललाई भन्यो, “म यसरी लड्न सक्दिनँ मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले। 40 दाऊदले हातमा एउटा टेक्ने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुँयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्यो।
दाऊदले गोल्यतलाई मार्छन्
41 पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंड्दै थियो। 42 गोल्यतले दाऊदलाई हेर्यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो। 43 गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्न चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो। 44 गोल्यतले दाऊदलाई भन्यो, “यता आइज, म तेरो मासु चराहरू र जंगली जनावरहरूलाई खुवाउँनेछु।”
45 दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्। 46 आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर। 47 यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।”
48 पलिश्ती गोल्यत दाऊदलाई आक्रमण गर्न सुरियो। र बिस्तारै दाऊद अघि बढ्न थाल्यो। त्यत्ति नै बेला दाऊद दौडिएर लड्न चाँडै अघि सर्यो।
49 दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुँयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो।
50 यसरी दाऊदले पलिश्तीलाई घुँयेत्रोको ढुङ्गाले हिर्काएर हरायो। उसले ढुङ्गाले हिर्कायो अनि पलिश्ती गोल्यतलाई मार्यो। दाऊदसँग तरवार थिएन। 51 यसर्थ ऊ दौडिएर पलिश्तीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनायो। यसरी दाऊदले गोल्यतलाई मार्यो।
जब अरू पलिश्तीले उनीहरूको वीर नै मरेको देखे अनि डरले भाग्न थाले।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
