दैनिक शिष्यत्व का भिडियो पृष्ठ
दाऊद- बदला परमेश्वरको हो ।
सायद हाम्रो हृदयको आध्यात्मिक स्थितिको सबैभन्दा ठूलो परीक्षा तब हुन्छ जब हाम्रो आलोचना गरिन्छ अथवा जब हाम्रो साथमा अन्याय हुदछ । मैले एक चोटी एक मित्रलाई यो भनिरहेको सुने, कि यदि हाम्रो साथमा सही चालचलन भएको भए, आलोचना हामीलाई सताउने थिएन । यो चालचलनले माग्दछ कि यदि मानिसलाई हाम्रो बारेमा पूरै सत्यता थाहाँ छ भने, शायद आलोचनाको तुलनामा सत्यता धेरै खराब हुनेछ । पावलले भने, किनकि मलाई थाहाँ छ, कि ममा, अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले वास गर्दैन । जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिन । रोमी 7:18
पावलको महानता यस तथ्यमा थियो, कि उनी आफ्नो कमजोरीको बारेमा पारदर्शी थिए । उनलाई थाहाँ थियो, कि उनी कुनै पनि खराब काम गर्नमा सक्षम छन् । तिनीले संघर्ष गर्थे, तर शरिरको इच्छाहरूको साथ आफ्नो संघर्षको बारेमा तिनी इमानदार थिए । त्यस विनम्रताले तिनीलाई आध्यात्मिक महानता प्राप्त गर्ने अनुमति दियो । विनम्रताले येशूले आफ्नो शरीरलाई क्रुसमाथि चाढाउन, र परमेश्वरको आत्माको शक्तिमा उठाउनका लागि सक्षम गर्यो । दुई दिलको दृष्टिकोण छ, जो एउटा व्यक्तिको जीवनदेखि खुशी र जीतलाई चुस्नेछ । यी अन्तमा हाम्रो भित्र आध्यात्मिकताको कुनै पनि अर्थलाई नष्ट गर्नेछन् । ती सबैभन्दा विनाशकरी भावनाहरू हुन् जसलाई हामीले कहिल्यै पनि अनुभव गर्न सक्छौं । घमंड र तितोपनाका यी दुवै पापहरूले सबैभन्दा बलियो पुरूषहरू र महिलाहरूलाई असफल गरेको छ ।
दाऊद यी दुवै पापहरूदेखि सामना गर्दैरहे । तिनीले शाऊलको साथ व्यवहार गर्नमा धेरै नै ख्रीष्टीयन तरीकाले काम गरे । दाऊदका व्यक्तिहरूले शाऊललाई गुफामा लिएर मार्नका लागि प्रोत्साहित गरे । दाऊदले त्यो विचारको साथ खेलवाड गरे, र प्रलोभनको विरोध गरे । यसपछि उनीले शाऊलको साथमा आदरको साथमा पेश आए । तर केहि समय पछि दाऊदले नाबाल नाउका एउटा व्यक्तिलाई एक अलग तरीकाले जवाफ दिए । दाऊदको नाबालद्वारा सम्मानको साथ व्यवहार गरिएको थिएन ।
जसको बारेमा दाऊदले सोचेका थिए, तिनी योग्य होलान् यसैकारण क्रोध, कटूता र अभिमानदेखि बाहिर निस्केर उनले नाबाललाई मार्न खोजे । रिसमा दाऊदले आफ्ना मानिसहरूलाई भने, सबैले आ–आफ्नो तरवार भिर । तिनीहरू सबैले आ–आफनो तरवार भिरे, र दाऊदले पनि आफ्नो तरवार भिरे | प्रायः चार सय जना दाऊदको पछि लागे, र अरू दुई सय जनाचाहिॅ मालसामान हेर्नलाई बसे ।
बाइबलमा हेर्नुहोस् 1शमूएल 25:13 तर नाबाललाई छोडिदिए किनकि उनको पत्नीले दाऊदको साथ जीवन यापनका लागि प्रतिज्ञा गरेकी थिइन् । जे पनि भयो, त्यसद्वारा सिक्नका लागि दुईवटा महान् सबक छ, सबैभन्दा पहिला हामीहरू सधै आत्मामा हिड्नुपर्छ । हामी भोलीको जीतमा रहन सक्दैनौ, शरीर हर बिहानी आफ्नो खराब सिरलाई उठाउनेछ, र हर दिन हामीले शरीरलाई क्रुसमाथि चढाइदिनु पर्छ । यसमा कुनै फरक पर्दैन, कि हामीले आफ्नो जीवनको कुनै निश्चित क्षेत्रमा कति जीत प्राप्त गरेका छौ, हामीले जति जीतको अनुभव गरे पनि हरेक दिन हामीहरू शरीरको साथ नयाँ लाडाई लडनुपर्नेछ । र यहाँसम्म कि केही पुराने यूद्धक्षेत्रहरूलाई फेरि हेर्नुपर्ने छ । शैतानले यो सुनिश्चित गर्नेछ ।
शाऊलको सम्बन्धमा क्रोध, ईष्र्या र घमण्डमा दाऊदले पहिले नै शानदार जीत प्राप्त गरेका थिए । उनले गुफामा शाऊललाई मार्नुको ठाउमा आफैलाई संयमित गरे । फेरि पनि घमण्ड र क्रोध तब बढ्यो जब नाबालले दाऊदको सम्मान गरेनन् । एक दिनको जीत अर्को दिन हार । दाऊदले असंगत जीवनको रोलर कोस्टरको सवारी गरे । हामी मध्ये कतिपय मानिसहरूले यस्तो गरेका छौ ? हामीले कहिल्यै भुल्नु हुदैन कि हामीसंग आजको साथ निपट्नका लागि शरीर छ । भोली हामीलाई फेरि यसको साथमा निपट्नु पर्नेछ ।
तर दाऊद र नाबालको कहानीमा हाम्रो लागि एउटा अरू महत्वपूर्ण सन्देश छ । अबीगेलले दाऊदसंग आफ्नो पतिलाई न मार्नका लागि सल्लाह दिइन् । जब हामी पाप गर्नका लागि उत्साहित हुन्छौ भने, यो दलीलले हामीलाई पवित्र आत्माको बारेमा भन्दछ । अबीगेले भावुक, सम्मानजनक, र दाऊदसंग उनको पतिलाई नमार्ने भनेर उक्साई रहेकी थिइन् । दाऊदले अबीगेललाई भने, परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले आज मसंग भेट गर्नलाई तिमीलाई पठाउनुभयो । तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ । 1शमूएल 25:32–33
जब हाम्रो परीक्षा लिइन्छ भने, पवित्र आत्माले हाम्रो लागि बाहिर निस्कने एउटा बाटो बनाउनुहुनेछ । पवित्र आत्माले विस्तारै–विस्तारै र जबरजस्ती हाम्रा हृदयसंग कुरा गर्नुहुनेछ । उहाँले हाम्रो बाँटोमा र परिस्थितिहरूमा व्यक्तिहरूलाई पठाउनुहुनेछ, र पापदेखि बच्नका लागि हाम्रो लागि प्रावधान गर्नुहुनेछ । यदि हामीले पाप गर्छौ भने, यो केवल हाम्रो हठको कारण हो । हामीले पवित्र आत्माको बिन्तीलाई चिन्नुपर्छ, फेरि उहाँको आवाजलाई मान्नुपर्छ, तब हामीलाई जीतको अनुभव हुनेछ ।
1 शमूएल 25:23-35
23 त्यति नै बेला अबीगेल आइपुगिन्। अबीगेलले दाऊदलाई देख्न साथ गधाबाट ओर्लिन् र दाऊदको अघि शिर झुकाईन्। 24 तिनको अनुहार दाऊदको अघि भूईँमा निहुराए र अबीगेलले भनिन्, “महाशय कृपया, मलाई केही भन्न दिनुहोस्। मैले भनेका कुरा सुनिदिनुहोस्। जे भयो त्यसका निम्ति मलाई दोषी ठहराउनुहोस्। 25 तपाईंले पठाउँनु भएका मानिसहरू मैले देखिनँ। महाशय त्यो काम नलाग्ने नाबालको कुरामा ध्यान नदिनुहोस्। जस्तो उसको नाउँ छ मानिस पनि त्यस्तै छ। उसको नाउँको अर्थ ‘मूर्ख,’ भए जस्तो ऊ पनि मूर्ख नै छ। 26 परमप्रभुले तपाईंलाई निर्दोष मानिसहरूको हत्या गर्नबाट जोगाउनु भयो। जस्तो परमप्रभु जीवित हुनुहुन्छ त्यस्तै तपाईं पनि जीवित हुनुहुन्छ। म प्रार्थना गर्छु कि तपाईंका सबै शत्रुहरू अनि जसले तपाईंलाई क्षति गराउँन चाहन्छन् तिनीहरू सबै नाबाल जस्तै होउन्। 27 मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्। 28 मेरो भूलमा क्षमा दिनु होस्। मलाई थाहा छ परमप्रभुले तपाईंको परिवारालाई शक्तिशाली तुल्याउनु हुनेछ र धेरै राजाहरू तपाईंकै परिवारबाट आउनेछन्। परमप्रभुले यसो गर्नु हुनेछ कारण तपाईंले उहाँको निम्ति युद्ध गर्नु भएको छ। यसर्थ तपाईं बाँचुन्जेल मानिसहरूले तपाईमा कुनै खोट पाउने छैनन्। 29 यदि कसैले तपाईंलाई मार्न खेदो गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले तपाईंको जीवनलाई बचाउँनु हुनेछ। तर घुँयेत्रोबाट ढुङ्गा फ्याँकिए झैं परमप्रभुले तपाईंका शत्रुहरूलाई फ्याँक्नु हुनेछ। 30 तपाईंलाई परमप्रभुले धेरै राम्रो कार्य गर्ने वचन दिनु भएको छ। उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ। परमेश्वरले तपाईंलाई इस्राएलको अगुवा बनाउनुहुनेछ। 31 तर तपाईं निर्दोष मानिसहरूको हत्या गरेर भूल नगर्नुहोस्। अझै भड्खालोमा नपस्नुहोस्। परमप्रभुले तपाईंलाई जब सफलता हासिल गराउनु हुन्छ दया गरी मलाई सम्झनुहोला।”
32 दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर। 33 तिम्रो सही विचारको निम्ति परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन्। आज निर्दोष मानिसहरूको हत्या गर्नबाट तिमीले मलाई रोक्यौ। 34 साँच्चै नै परमप्रभु इस्राएलका परमेश्वर जीवित हुनुहुन्छ म त्यो भन्छु। यदि तिमी ठीक समयमा नआइपुगेका भए भोलि बिहान सम्ममा नाबालका एउटै मानिस पनि जीवित रहने थिएनन्।”
35 त्यसपछि दाऊदले उपहार स्वीकार गरे। दाऊदले भने, “शान्तिसित घर जाऊ। मैले तिम्रा सबै कुरा सुने र म तिमीले भने जस्तै गर्नेछु।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
