दैनिक शिष्यत्व का भिडियो पृष्ठ
फल जो भईरहन्छ
1989 मा मलाई मनीला फिलीप्पीमा वर्ल्ड इवेंजलाइजेशनमा लुसाने कांग्रेसमा एक संगोष्ठीको नेतृत्व गर्ने अवसर मिल्यो । ईतिहासिक सम्मेलनका लगि, दुनिया भरीका ईसाई नेता र मिशनरी एकत्रित भए । जुन महान् अनुभवहरूलाई मैले अनुभव गरे, ती मध्ये एउटा ख्रिष्टीयन व्यक्तिहरूसंग भेट गर्नु थियो, जो विभिन्न संस्कृतिहरू, राष्ट्रहरू, जातिहरू र भाषाहरूदेखि थिए ।
मेरो सेमिनर पछि कई नेताले सोधिरहेका थिए कि के म उनको देशमा आउने छु, र प्रचार गर्नेछु ? तर मैले समूहको कीनारमा एक महिलालाई देखे जो चुपचाप र धर्यपूर्वक कूरेर बसेकी थिइन् । जब सबै मानिसहरू गए, र महिलाले अगाडि बढेर सोधीन्, के तपाई त्यही सेमी टिप्पीत हुनुहुन्छ, जसलाई 1970 मा शिकागोमा गिरफ्तार गरिएको थियो ?
हजूर मैले भने, तर मैले सोचे कि तिनी को थिइन्, र तिनीलाई त्यो घटनाको बारेमा कसरी थाहाँ भएको थियो । मैले आफ्नो सेमिनरमा त्यस अनुभवको उल्लेख गरेको थिएन । 1970 मा एउटा साथी र मैले शिकागोको एक नाइट क्लब किल्लामा ख्रीष्टको बारेमा मानिसहरूलाई भन्दै थियौं । क्लब सामान्य रूपमा बिहान 4:00 बजे बन्द हुन्छ । तर जस्तै नै हामीले ख्रीष्टको बारेमा साझा गर्यो, परमेश्वरले काम गर्न लाग्नुभयो । मानिसहरू आफ्नो पापको प्रति कायल भए, कि उनीहरू क्लबमा जानेछैनन् । यसैकारण उनीहरूले छिट्टै नै बन्द गर्न सुरू गरे ।
नाइट क्लब मालिकहरूद्वारा भनेर, पुलिसकर्मिहरूले हामीलाई गिरफ़्तार गरेका थिए । हामी पछि अदालत गयौं, र शिकागो सहरले झूठो गिरफ्तारी स्वीकार गरे, र आरोप हटाए । मैले महिलाई सोधे, तपाईलाई शिकागोमा मेरो गिरफ्तारीको बारेमा कसरी थाहाँ भयो ? म एक क्लबमा डान्सर थिए, उनले भनीन् । एक रात जब म सडकमा जादै थिए, र तपाईले मलाई एक सुसमाचार दिनुभयो । म एक चोटी तपाईको उपदेश सुन्नका लागि गएकी थिए । पछि मैले ख्रीष्टलाई आफ्नो दिल दिए । अब मं विवाहीत हु, मेरो पति र म मिशनरी हौं, र मैले सम्मेलनमा भाग लिदैछु । तिनी मुस्कुराइन् । हामीले कयौ चोटि प्रार्थना गर्यौं, तपाईसंग भेट्नका लागि र धन्यवाद दिनका लागि, फेरि मैले कार्यक्रममा तपाइको नाऊॅ देखे । मैले केवल आफ्नो परिचयलाई दिन चाहन्थे र मलाई येशूको बारेमा भन्नका लागि धन्यवाद भन्न चाहन्थे । फेरि उनी गईहालीन् ।
चुपचाप म त्यही उभिए । आफ्नो संकलनलाई एकट्ठा गरे पछि, मैलै आफ्नो हृदयलाई परमेश्वरको सामू खनाई दिनका लागि एउटा शान्त ठाऊॅ पाए । मलाई लाग्दछ, कि यो मेरो जीवनको महान् क्षणहरूमध्य एक हो । येशूले भन्नु भयो, कि उहाँले हामिलाई फल ल्याउनका लागि चुन्नुभएको हो र यो कि हाम्रो फल बनिरहनुपर्छ । अनन्तकालसम्म तपाईको र मेरो बीचमा सबैभन्दा आनन्द तब हुनेछ जब हामी कुनै यस्तो व्यक्तिसंग मिल्नेछौ, जो हाम्रो गवाहीको कारण ख्रीष्टको नजिक आएको छ | के तपाइले बर्तमानमा येशूको बारेमा कसैलाई भन्नुभएको छ ?
यूहन्ना 15:9-17
9 “म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ। 10 मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ। 11 मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु। 12 यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें। 13 महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ। 14 तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने। 15 म तिमीहरूलाई नोकरहरू भनेर डाक्ने छैन। एक नोकरले उसको मालिकले के गर्छ भनेर केही पनि जान्दैन अब म तिमीहरूलाई मित्र भनेर बोलाउँछु किनभने मेरा पिताले मलाई जे-जे भन्नुभयो ती सबै तिमीहरूलाई भनिसकेकोछु।
16 “तिमीहरूले मलाई चुनेनौ; मैले तिमीहरूलाई चुने। अनि मैले तिमीहरूलाई नियुक्ति गरेकोछुः जाऊ अनि फल फलाऊ। म यो फल तिमीहरूको हृदयमा फलिरहेको देख्न चाहन्छु। तब पिताले तिमीहरूले जे पनि चाहन्छौ त्यो मेरो नाममा दिनुहुनेछ। 17 यही मेरो आज्ञा होः एकाअर्कालाई प्रेम गर।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
