Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

दाउद: परमेश्वरको प्रकट उपस्थिति

त्यो ठाउ थियो, मार्गनको खाड़ी, दक्षिण अफ्रीका | समयः रंगभेदको दिन । सेटिंग: पास्टर अनि अगुवाहरूको एउटा बहुराष्ट्रीय समूह । अवसर: आध्यात्मिक जागृतामा एउटा सम्मेलन | जुन दिन मैले यी अगुवाहरूसंग कुरा गरे, त्यसको बारेमा केहि पनि असामान्य थिएन, मैले आफ्नो पुस्तक द प्रेयर फैक्टरको बारेमा लेखे, प्रार्थनाको सिद्वधान्तहरूमा शिक्षा दिए । जब मैले निष्कर्ष निकाले, तब यी अगुवाहरूले एउटा आध्यात्मिक कोरस गाउन सुरू गरे । फेरि त्यही भयो ।

परमेश्वरको उपस्थितिले ठाउ भरी दियो । धेरै जनाहरू आफ्ना घुडाहरूको बलमा खसे, किनभने तिनीहरू परमेश्वरको प्रकट उपस्थितिको लागि तड़पिएका थिए । तिनीहरूका आँसू उभिदा–उभिदा बगि रहेको थियो । कसैले पाप स्वीकार गरे, अनि क्षमाको अनुभव गरे । आतंकवादि समूहको बीचमा सामंजस्य मेल थियो । हामीहरू धेरै घंटासम्मा यो आध्यात्मिक स्थितिमा रह्यौं । अंतमा कसैले भन्यो, कि यो रातीको खाना खाने समय थियो ।  र हामीलाई छोड़नको आवश्यकता थियो । तर कसैले पनि छोडेन । हामीलाई अधिकारिक रूपमा तीस मिनेट पछि छोड़ीदिएका थिए । तर कसैले पनि  छोड्न  सकेका थिएनन् । अन्तमा हामीले सेवा बंद  गर्यौं । तर हर कोई परमेश्वरको प्रति श्रद्धा र एक अर्काका लागि प्रेमको भावनाको साथ त्यहाँ देखि गए ।

त्यो दिन के भयो, यसको नकल गर्न सकिदैन | परमेश्वरको साथ यस्तो तरीकाको मुठभेडमा काम गर्न सकिदैन, यसलाई केवल तल पठाउन सकिन्छ ।  तर हामीले आफ्नो जीवनलाई यस्तो तरीकाले स्थितिमा ल्याउन सक्छौं, कि हामी उहाँको उपस्थितिमा दैनिक रूपमा हिड्दै गरौं । हामीले उहाँलाई बुझ्न सक्छौं – वास्तवमा उहाँलाई बुझ्न सक्छौं,  हामीले उहाँको नेतृत्व  र  उहाँको शक्तिलाइ बुझ्न सक्छौं | जागृतिमा उहाँको साथ एक जीवित, गतिशील संबंध शामिल छ । यो जीवनको सानो–सानो कुराहरूमा परमेश्वरको उपस्थितिलाई जान्ने अनि उहाँको आत्मामा भरिनु हो ।

आफ्नो अधिकार र नेतृत्वको स्थितिमा दाऊदले परमेश्वरको उपस्थितिको आवश्यकतालाई बुझे । उनीहरूलाई ती लडाईहरूमा परमेश्वरको उपस्थितिको आवश्यकता थियो, जो तीनीहरूले लड्नेछन् र जो निर्णय उनीहरूले गर्नेछन् । यो उनको लागि अनिवार्य थियो, कि उनले परमेश्वरको उपस्थितिलाई थाहाँ पाउन् | दाऊदको शासनकालको दौरान, वाँचाको सन्दूकले परमेश्वरको प्रकट उपस्थितिको प्रतिनिधित्व गरे, यसमा माथिको दयाको सिंहासनको साथ, व्यवस्थाको पट्टी पनि शामिल थियो । तर वर्षौं पहिला फिलिस्तीनियद्वारा आर्कमा कब्जा गरेको थियो । दाऊदले गहिराईदेखि यो चाहन्थे, कि परमेश्वरको उपस्थिति इस्राएलको जीवनको केंद्रमा फर्केर अओस् ।

दाऊदको हाम्रो अर्को चर्चामा हामीले हेर्नेछौ, कि उनले आर्कलाई कसरी संभाले । तर हाम्रो लागि सबैभन्दा पहिला यो बुझ्न आवश्यक छ, कि सन्दूकलाई यहूदी जीवनको केन्द्रमा फिर्ता ल्याउनको लागि दाऊदको प्रतिबद्धता के हो । परमेश्वरले मोशालाई भन्नुभएको थियो,  त्यही म तसित भेट गर्नेछु, अनि कृपा आसनमाथि, गवाही–पाटीको सन्दूकमाथि हुने ती दुई करूबहरूका बीचबाट इस्राएलीहरूका निम्ति सबै आज्ञाहरू म तलाई दिनेछु,

निर्गमन 25 :22  । दाऊदलाई थाहाँ थियो, कि अतीतमा परमेश्वरले इस्राएलका बच्चहरूलाई भेट्नु भएको थियो । उनी परमेश्वरसंग उहाँको साथ एक चोटी फेरि भेट्नको लागि तर्सिएका थिए ।

दाऊदको समयमा परमेश्वरको उपस्थिति स्थानीयकृत थियो । पेटेकोस्टका दिन देखि परमेश्वरको उपस्थिति  सार्वभौमिक भयो । उनीहरूका लागि जसले येशूलाई जान्दछन्, अनि उहाँको पालन गर्दछन् । तर मलाई विश्वास छ, कि हामीले आफ्नो हृदयमा त्यही इच्छाको आवश्यकता छ, जो दाऊदले देखाएका थिए । उनले परमेश्वरको उपस्थितिलाई बुझ्न अनि उहाँको अनुसार हिड्न चाहन्थे  । यो त्यो  इच्छा थियो, जसमा मोशाले व्यक्त गरेका थिए । यदि तपाईको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस् प्रस्थान 33 :15  । इस्राएलका दुई सबैभन्दा ठूला अगुवा दाऊद र मोशालाई थाहाँ थियो, कि यदि उनीहरूले आफ्नो मान्छेहरूको अगुवाई गर्दछन् भने, उनीहरूमा परमेश्वर प्रकट हुनुको आवश्यकता छ । यो आज फरक छैन, हाम्रो हृदय उहाँलाई चिन्नका लागि, उहाँको साथ हिड्नको लागि, अनी उहाँको अगुवाईमा लामो समयसम्म रहनुपर्छ, हामी आफ्नो जीवनको  केद्रको  रुपमा उहाँको उपस्थितिको लागी प्रतिबद्ध  हुनुपर्छ,  यस्ता अगुवा आत्मामा पराक्रमी हुनेछन्, अनि परमेश्वरका मानिसहरूका बीचमा नम्र सेवक हुनछन् । यदि जागृति आउछ, भने परमेश्वरका पुरूष र स्त्रीलाई उहाँको शक्ति र उपस्थितिको थाहाँ हुनुपर्छ ।

प्रस्थान 25:17-22

17 त्यसपछि दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको शुद्ध सुनको एउटा ढकनी बनाऊ। 18 “अनि मार्तेलले पिटेर सुनलाई दुइवटा करूब दूतहरू बनाऊ। अनि दुवैलाई ढकनीकोमाथि छेउ छेउमा लगाई देऊ। 19 एउटा करूब एक छेउमा अनि अर्कोलाई अर्को छेउमा राख। अनि ढकनी र दूतहरू यस्तो यस प्रकारले जोडनु पर्छ तिनीहरू एउटै टुक्राले बनिएको जस्तो होस्। 20 करूब दूतहरू एक अर्कापट्टि फर्किएको हुनुपर्छ अनि तिनीहरूका पखेंटाहरू ढकनीमाथि फैलिएको हुनुपर्छ।

21 “म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ। 22 जब म तिमीलाई भेट्छु, करारको सन्दूकमाथि राखिएको करूब स्वर्गदूत बीचबाट तिमीसित कुरा गर्नेछु। त्यही स्थानबाट इस्राएली मानिसहरूलाई म आफ्नो आज्ञाहरू दिनेछु।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित