दैनिक शिष्यत्व का भिडियो पृष्ठ
aआफ्ना बच्चाहरूलाई परमेश्वरमा समर्पण गर्नुहोस्।
बाइबलमा एउटी महिलाको एउटा ठूलो कथा छ जुन बच्चा जन्माउन चाहान्छिन्, तर यो असम्भव देखिन्थ्यो। उनले छोराको लागि बिन्ती गरिन् र ठूलो स्वरमा रोइन्। तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुन्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।” (१ शमूएल १:११)।
परमेश्वरले उनलाई एउटा छोरा दिनुभयो; उनले भनिन्, “’यस केटोको निम्ति मैले प्रार्थना गरें र परमप्रभुले मलाई मागेको कुरा मलाई दिनुभयो। यसकारण मैले उसलाई परमप्रभुमा समर्पण गरें। जब सम्म यो जीवित रहन्छ ऊ परमप्रभुमा समर्पित छ। ”यसकारण शाऊलले त्यहाँ परमप्रभुको आराधना गरे। (१ शमूएल १:२७-२८)
हन्नाले बुझे कि थिन की केटाकेटीहरू परमेश्वरबाटको वरदान हुन्। जब परमेश्वरले उनको प्रार्थनाको जवाफ दिनुभयो र उनलाई एउटा बच्चा दिनुभयो, तब उनले, परमेश्वरलाई फिर्ता दिईन। उनीले एक धेरै साधारण तर महत्त्वपूर्ण सत्य बुझेकी थिइन्। सबै जीवन परमेश्वरबाट आउँदछ। उसले जीवन दिनुहुन्छ, जीवन धान्नुहुन्छ, र जीवन लिनुहुन्छ। उहाँ जीवनको एक मात्र साँचो स्रोत हुनुहुन्छ। यो हामीले आफ्ना बच्चाहरूको बारेमा सिक्नुपर्ने पहिलो सत्य हो। यो सत्यताले उनीहरूको भित्र र हाम्रो हृदयमा निश्चित सुरक्षा उत्पन्न गर्दछ। जब हन्ना यस ठूलो सत्यता था पाईन, उनले आफ्नो छोरालाई परमेश्वरमा फिर्ता दिईन।
मेरी श्रीमती र मैले हाम्रा दुबै बच्चाको जन्म हुनुभन्दा अघि नै प्रभुलाई दियौं। उनीहरूको आमाको गर्भमा हुँदा, हामीले उनीहरूलाई परमेश्वरमा समर्पण गरेका थियौं। गर्भाधान हुनु अघि नै हामीले तिनीहरूको लागि प्रार्थना गर्यौं। जब मेरी श्रीमती र मैले विवाह गरेका थियौं, हामी हाम्रो हनीमूनका लागि अलाबामा खाडी किनारमा गयौं। हामीले विवाहको लागि एकअर्कालाई बाइबल दिएका थियौं। हामीले हाम्रो हनीमूनमा त्यो बाइबल पढ्यौं र प्रार्थना गरे। हामीले आफ्नो जीवन र विवाह परमेश्वरमा समर्पण गरेका छौं। हामीले कुनै पनि बच्चाहरूलाई समर्पण गरेका थियौं जुन परमेश्वरले हामीलाई उहाँमा पठाउनुहुनेछ।
जब हामीले सिक्यौं कि मेरी श्रीमती टेक्स हाम्रो छोरा डेभसँग गर्भवती छिन्, हामीले उनको गर्भमा हात राख्यौं, प्रार्थना गर्यौं र उसलाई ख्रीष्टमा समर्पण गर्यौं। हामीले आफ्नी छोरी रेनीको जन्म हुनु अघि पनि त्यस्तै गर्यौं। परमेश्वर यो चाहानुहुन्छ कि हामी यो ग्रह बच्चाहरुले भर्नु पर्छ जसले परमेश्वरलाई प्रेम गर्दछ र उहाँको सेवा गर्दछ।
हुनसक्छ तपाईं निराश महसुस गर्नुहुन्छ किनकि तपाईंले आफ्ना बच्चाहरूको जन्म हुनु अघि तिनीहरूलाई परमेश्वरमा समर्पण गर्नुभएन। त्यो परमेश्वरको अनुग्रहको बारेमा अद्भुत कुरा हो। तपाइँ यो अहिल्यै गर्न सक्नुहुन्छ। अब स्वीकार्य समय छ। आजको दिन हो। तपाइँको बच्चाहरूलाई समर्पण गर्न सबै भन्दा उत्तम समय यस क्षण हो।
जब म तपाईंको बच्चाहरूलाई परमेश्वरमा समर्पण गर्ने बारेमा बोल्दछु, म चर्चको सेवामा हुने समारोहको कुरा नै गर्दिन। तपाईं त्यो पनि गर्न सक्नुहुन्छ। जहाँसम्म, तपाईं उनीहरूलाई प्रार्थना गर्न सक्नुहुन्छ गोप्य प्रार्थना स्थानमा – तपाईंको सभाको स्थानमा। म तपाईंलाई आफ्ना बच्चाहरूलाई प्रभुमा समर्पण गर्न प्रोत्साहित गर्दछु – उनीहरू जेसुकै ठुला भए पनि। सायद तपाईंले ख्रीष्टलाई चिन्नुहुन्न वा आफ्ना बच्चाहरू जन्मेपछि कसरी प्रार्थना गर्ने भनेर जान्नुहुन्न होला। परमेश्वर जान्नुहुन्छ र उहाँ बुझ्नुहुन्छ। नबिर्सनुहोस्, उहाँ तपाईं र तपाईंको परिवारलाई माया गर्नुहुन्छ।
हाम्रा बच्चाहरूलाई परमेश्वरमा दिनुको मतलब यो होइन कि तिनीहरू कहिल्यै परमेश्वरबाट तर्कने छैनन्। यसको मतलब यो हो कि जब उनीहरू गर्दछन्, तिनीहरू उहाँको हातमा हुन्छन् र अन्ततः उनीहरूको हृदयहरूमा काम गर्नुहुन्छ। त्यहाँ ठूलो सुरक्षा हुन्छ जब हामीलाई थाहा हुन्छ कि तिनीहरू उहाँको हातमा छन्। आफ्ना बच्चाहरूलाई परमेश्वरमा समर्पण गर्नुहोस्।
1 शमूएल 1:21-28
21 त्यस बर्ष एल्कानाले परमेश्वरसित राखेको भाकल पूरा गर्न र बलि चढाउन (शीलोमा) गए। उनका परिवारका अरू सदस्यहरू पनि गए। 22 तर हन्ना गइनन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैँलाई शीलोमा नै रहनेछ।”
23 हन्नाका लोग्ने एल्कानाले भने, “तिमीलाई जे राम्रो लाग्छ त्यही गर बालकले ठोस भोजन गर्नसक्ने नभइन्जेल तिमी घरैमा बस। परमप्रभुले तिम्रो वचन पूरा गरिदिउन्।” यसर्थ तिनी छोराले आमाको दूध नछाडेसम्म घरैमा बसिन्।
हन्नाले शमूएललाई शीलोमा एली भएको ठाउँमा लैजान्छिन
24 जब नानी ठूलो भयो अनि ठोस भोजन खान थाल्यो हन्नाले नानीलाई परमप्रभुको मन्दिर शीलोमा लगिन्। हन्नाले आफूसँग एउटा तीन बर्षको साँढे, चार पाथी पीठो र एक मसक दाखरस पनि लिएर गइन्।
25 तिनीहरूले परमप्रभुको आराधना गरे। त्यसपछि साँढेलाई बलि चढाए पश्चात तिनीहरूले नानी पूजाहारी एलीलाई दिए। 26 हन्नाले बालकलाई एलीको अघिल्तिर लिएर गइन् र भनिन्, “महाशय, मलाई क्षमा गर्नु होला। म त्यही स्त्री हुँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु। 27 मैले बालकको निम्ति प्रार्थना गरेकी थिएँ अनि परमप्रभुले मलाई बालक दिनुभयो र आभारी तुल्याउनु भयो। 28 अब यस बालकलाई परमप्रभुमा अर्पण गर्दैछु। सारा जीवन नै परमप्रभुको भएर यो यही रहनेछ।”
तब हन्नाले बालकलाई त्यही छोडीदिइन् अनि परमप्रभुको आराधना गरिन्।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
