दैनिक शिष्यत्व का भिडियो पृष्ठ
विजयले ठूलो विकास ल्याउँदछ
जीवनको एक चाखलाग्दो सिद्धान्त छ: विजयले थप विजयको उत्पादन गर्दछ, र पराजयले ठूलो पराजय पैदा गर्दछ। जबसम्म चक्र टुक्रिदैन, यो जीवनको वास्तविकता हो। सफलता बढी सफलताको जन्म दिन्छ , र असफलता अधिक असफलताको जन्म दिद्छ। तर मसीही जीवनमा, असफलता र पराजयको चक्रलाई विश्वासीमा रहेको पवित्र आत्माले रोक्न सक्छ। हामीले विकास गर्न सक्ने कुनै पनि ढाँचामा उसले हामीलाई विजय दिन सक्छ।
मसीही जीवनमा त्यहाँ एउटा कारण छ कि विजयले ठूलो विजय प्राप्त गर्दछ। येशूले भन्नुभयो, “जससँग मेरा आज्ञाहरू छन् र ती पालन गर्दछ, उही मलाई प्रेम गर्दछ: र जसले मलाई प्रेम गर्दछ त्यो मेरा पितालाई प्रेम गर्दछ, र म त्यसलाई प्रेम गर्छु र म उहाँसामु प्रकट हुनेछु” (यूहन्ना १४:२१)। जब हामी परमेश्वरप्रति आज्ञाकारी भएर हिंड्छौं, तब येशू आफैले हामीलाई प्रकट गर्ने प्रतिज्ञा गर्नुहुन्छ। येशूको यो स्पष्ट उपस्थितिले हाम्रो जीवनमा पापलाई जित्न सक्षम गर्दछ। येशू हाम्रो विजय हो। हामी जति धेरै उहाँको आज्ञा पालन गर्दछौं, हामी उहाँकै उपस्थितिको अनुभव गर्दछौं। र जति हामी उहाँको उपस्थिति अनुभव गर्दछौं, हामी उहाँको इच्छा पूरा गर्न सक्षम हुदछौं। कस्तो अद्भुत चक्र जहाँ हामी बाँच्न सक्छौं!
परमेश्वरप्रति आज्ञाकारी हुने प्रत्येक चरणले हाम्रो जीवनमा फल फलाउँछ। त्यसकारण धर्मशास्त्रले भन्छ हामी विश्वासबाट विश्वासमा र महिमाबाट महिमा मा बाँच्दछौं (रोमी १:१7; २ कोरिन्थी ३:१८)। आज्ञाकारिताको एउटा चरण अर्को चरणमा जान्छ। यी सबै चरणहरूमा हिँडिसकेपछि, हामी आफूलाई ख्रीष्टसँगको सम्बन्धमा उच्च स्तरमा भेट्छौं। हामी विश्वासको एक स्तरबाट अर्कोमा जान्छौं। हामी परमेश्वरको महिमाको एक स्तर अनुभव गर्दछौं – र अर्कोमा जान सक्षम छौ। यसले मसीही जीवनलाई ख्रीष्टको साथ चलिरहेको साहसिक कार्य बनाउँदछ।
जब म पहिलो पटक मसीही बनेँ, म ख्रीष्टसँग हिंड्न पूर्णताले रोमाञ्चित भएँ। मैले सोच्दथे, यो भन्दा राम्रो यो प्राप्त गर्न सक्दिन। अझै यो राम्रो भएको थियो। हामीले विवाह गर्नुभन्दा अघि मैले मेरी श्रीमतीलाई भनें, “म तपाईलाई वचन दिन सक्दिनँ कि हामी कहिले पनि धनी हुनेछौं, तर म तपाईलाई यो प्रतिज्ञा गर्छु: जीवन नीरस (बोरिंग) हुनेछैन।” र यो पक्कै भएको छैन! येशू ख्रीष्टको महिमामय सुसमाचार प्रचार गर्न ब्राजिलको अमेजन क्षेत्र तर्फ उडान गर्ने विमानमा म यो लेख्दैछु! येशूसँग हिंड्ने यी सबै दशकहरूमा परमेश्वरले मेरो जीवनमा के गर्नुहुनेछ भन्ने कुराको मलाई कुनै पक्का थिएन। यो अझ राम्रो हुँदै जान्छ – र अझ राम्रो। जीत, विजयलाई जन्म दीदछ!
तर तपाईले सोध्दै हुनुहुन्छ, “यदि एक व्यक्ति विपरित चक्रमा छ भने के हुन्छ; उहाँले के गर्नुहुन्छ? पराजितले थप पराजय पैदा गर्दछ। के त्यो व्यक्ति विफल हुन सक्छ? ” यो मसीही जीवनको बारेमा ठूलो कुरा हो। जुनसुकै व्यक्तिले जातीसुकै हारेको भए पनि ख्रीष्टले जुनसुकै क्षणमा त्यो जीवन परिवर्तन गर्न सक्नुहुनेछ। सबैभन्दा खराब पाप भन्दा पनि परमेश्वरको अनुग्रह ठूलो छ। चक्र परिवर्तन गर्न सकिन्छ। ख्रीष्टमा विश्वास गर्नेहरूसँग उनीहरूको जीवनको सब भन्दा डरलाग्दो चक्रहरूलाई जित्न आवश्यक सबै स्रोतहरू हुन्छन्। पवित्र आत्मा हामीलाई ख्रीष्ट जस्तो बन्नको लागि शक्ति प्रदान गर्न हाम्रो हृदयमा गहिरो स बस्नुहुन्छ ।
हामीले हाम्रा पापहरू स्वीकार गर्नुपर्छ र तिनीहरूमा पश्चात्ताप गर्नुपर्छ। येशूको रगतले हामीलाई सबै अधर्मबाट शुद्ध पार्न पर्याप्त छ – हाम्रा पापहरू जतिसुकै खराब जस्तो देखिए पनि। एक पटक हामीले स्वीकार गरिसकेपछि र सफा भएपछि, विश्वासद्वारा पवित्र आत्माले हामीलाई परमेश्वरको वचनको आज्ञापालन गर्न सक्षम बनाउन उपयुक्त हुन सक्छ।
हामी आज्ञाकारीताको प्रत्येक कार्य एक पटकमा एक चरण लिन्छौं। केही बेरमै हामी आफूलाई नयाँ चक्रमा फेला पार्दछौं: एउटा विजयको। विजयले विजयतर्फ डोर्याउँछ। त्यसकारण पावलले लेखे कि ” यी सबै कुरा भए पनि हामीलाई प्रेम गर्नुहुने ख्रीष्टद्वारा नै हामीले यी सबै कुरामाथि ठूलो जित पाएका छौं” (रोमी ८:३७)।
आज विजयको चक्र सुरू गर्नुहोस्। यो एक पटकमा एक कदम लिनुहोस्। तपाईंले आफूलाई विजयबाट विजय, विश्वासमा विश्वास, र महिमामा महिमा देख्नुहुनेछ!
2 कोरिन्थी 3:12-18
12 हामीसित यो आशा छ, यसैले हामी खुबै साहसी छौं। 13 हामी मोशा जस्ता छैनौं। उनले आफ्ना अनुहारमा घुम्टो हालेका थिए। इस्राएलका मानिसहरूबाट अनुहार लुकाउनु मोशाले आफ्नो अनुहार छोपेका थिए। महिमा अल्पिदैथ्यो अनि मोशा चाहँदैन थिए कि तिनीहरूले त्यसको अन्त्य देखुन्। 14 तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझ्न सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढ्छन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ। 15 तर आज सम्म पनि जब ती मानिसहरू मोशाको व्यवस्था पढछन्, तिनीहरूका मनमा घुम्टो लागेको हुन्छ। 16 तर जब कुनै मानिस बदलन्छ र प्रभुलाई पछ्याउँछ, त्यो घुम्टो हटाइन्छ। 17 प्रभु, आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ। 18 हाम्रो अनुहार ढाकिएको छैन। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन-झन महिमा ल्याउँछ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
