Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्राथर्ना, जागृति र इतिहास

प्रार्थनाले बाईबलको समयमा मात्रै जागृति ल्याएन, तर चर्चको इतिहासमा प्रत्येक जागृतिमा मुख्य कारण चाहिं थियो । प्रभुको हात जान वेसली र जार्ज वाइटफिल्ड जस्ता व्यक्तिहरूमा १७००तिर प्रबल  रूपमा थियो। परमेश्वरले तिनी व्यक्तिहरूलाई उपयोगमा ल्याउनुभयो किन की तिनी द्धारा प्रभुको राज्यमा धेरै मानिसहरू आए।

आरनाल्ड डानिमोरले मिस्टर वाईटफिल्डको जीवनी लेख्दा लेखे कि  बेलुका र मघ्ये रात्री, साथै पुरा दिन, धन्ये येशु मेरो हृदयसंग भेट गर्दै रहनु भो । स्टोन हाउसका नजिकका रूखहरू सायद भन्थे, या उनीहरू भन्न सक्थे मैले र केही व्यक्तिहरूले त्यहा धन्य प्रभुसंग कसरी आनन्द लियौ। म प्रभुका अनगिन्ती सामर्थ द्धारा यति प्रभावित भएं र आफुलाई जमिनमा पसार्न चाहन्थें र मेरो आत्मालाई प्रभुका हातमा राख्न चाहान्थे कि उहांले जे चाहानुहुन्थ्यो त्यो त्यस आत्मामा लेख्नुस भनेर।

यस्तो प्रार्थना गर्नाको प्रतिफल के थियो? वाईटफिल्ड भन्छन् कि कसरी प्रभुले मानिसहरूको हृदयलाई समात्नु भो । मैले हप्तामा लगातार ५ चोटी प्रचार गरें  उनले भनें, तर सभा बड्दै गयो हरेक तिर बाट बड्दै र बड्दै गयो । यो कुरा देख्दा अचम्म लाग्थ्यो कि मानिसहरू कसरी आरगन लाफ्ट को रेलमा झुन्डिएर आउॅथें, यहाँ सम्म कि चर्चको छाना पनि चढे र |

मानिसहरूका श्वासले चर्चमा यति गर्मि भएको थियो कि भाफ खांबाहरूमा पानीका थोपा जस्ता देखिन्थे । कति चोटी जति मानिसहरू कोठा बाट आवश्यक कामका लागी बाहिर जान्थे तिनीहरू फेरी भित्रै आउॅथे ।

१७०० औं सताब्दीको महान जागृतिको भेद यो थियो कि परमेश्वरसंग प्रार्थना गर्ने पुरूष र स्त्री मिलन । तर परमेश्वर  बदलिनु भएको छैन। त्यस बेला उहाँले जे गर्नु भो, आज वहां त्यस भन्दा पनि बढी गर्ने ईच्छा गर्नु हुन्छ । एउटा प्रश्न उठ्छ के तपाई बदलिन तैयार हुनुहुन्छ। हामी यस्तो समयमा छौं जहां हामी सोच्दछौं  कि हामी परमेश्वरको सामथर भन्दा आफ्नो मानविय योग्यता र रचनात्मकता द्धारा हामी संसार सम्म पुग्न सक्छौं । मैले फेरि पनि पाए कि संसारमा तिब्र गति संग बढेका चर्चहरू प्रार्थना गर्ने चर्च हुन।

धेरै वर्ष अगाडि म मिस्रको कायरोमा एउटा ठूलो प्रेसबिटेरियन चर्चमा थिएं। त्यस चर्चको बृद्धी अदभूत थियो । एक हप्तामा लगभग ७००० मानिसहरू चर्चमा आउदथे । अलग अलग दिनहरूमा धेरै सभाहरू हुन्थे  । मैले पास्टर संग सोधें, कसरी चर्चले यस्तो बृद्धी गर्यो भनेर । उनले पहिलो कुरा जे मलाई भने त्यो यो थियो कि त्यस चर्चका अघिल्ला पास्टर चाहिं प्रार्थनाका महान योद्धा थिए ।

यो मिस्रमा मात्रै हैन भारतमा पनि सत्य छ । भारतको सबै भन्दा ठूलो हैदरावादको बपटिस्ट चर्च २०००० सदस्यमा पुग्यो। यो मुस्लिम शहरको बिचमा छ, तर जो पास्टरले यस चर्चलाई बनाए, उनले प्रार्थनाको आधारमा नै बनाए । जब तपाई त्यस चर्च भित्र पस्नु हुन्छ त्यहां एउटा प्रार्थना टावर छ । प्रार्थना टावरमा प्रभुका मानिसहरूलाई दिन रात प्रार्थना गरिरहेको पाईन्छ ।

परमेश्वर अहिले पनि आफ्नो सिंहासनमा हुनुहुन्छ । उहाँ कहिल्यै बदलिनु हुन्न । जब उनका मानिसहरू प्रार्थनामा उनलाई खोज्दछन, उहाँ आफ्ना मानिसहरूलाई जागृत गर्नु हुन्छ। यो ऐतिहासिक रूपमा र आज पनि त्यतिकै सत्य छ । बाईबलले भन्दछ, मेरो नामले कहलाइएका मेरा जनहरूले आफुलाई नम्र तुल्याए, प्रार्थना गरे र मेरो चेहराको खोजी गरे अनि आफना दुस्ट चालहरू बाट फर्के भने म श्वर्ग बाट सुन्ने छु, उनीहरूको पाप क्षमा गरिदिनेछु र उनीहरूको देशलाई निको पारिदिने छु (इतिहास ७:१४) । परमेश्वर बदलिनु भएको छैन । उहाँले जसरी इतिहासमा मानिसहरूमा जागृति ल्याउनुभो त्यसरी आज पनि जागृति ल्याउनु हुने छ । तर एउटा शर्त छ त्यो हो हामीले प्रार्थना गर्नु पर्यो ।

2 इतिहास 7:11-15

परमप्रभु सुलेमान कहाँ आउनु हुन्छ

11 सुलेमानले परमप्रभुको मन्दिर अनि राज-महलको निर्माण कार्य पुरा गरे। सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूर्ण गर्नका निम्ति जे जति योजना बनाएका थिए त्यसमा तिनलाई सफलता प्राप्त भयो। 12 तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो,

“सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु। 13 जब म आकाशलाई बन्द गर्छु तब बर्षा हुँदैन वा म सलहलाई देशको ध्वंश गर्ने आदेश दिन्छु वा म मेरा मानिसहरू कहाँ महामारी पठाउँछु। 14 अनि यदि मेरो मानिसहरू, जसलाई मेरो नाउँद्वारा पुकारिन्छ, तिनीहरू आफै विनम्र भई प्रार्थना गर्छन्, र यदि तिनीहरूले मलाई खोज्छन् अनि आफ्ना नराम्रा बाटोबाट तिनीहरू हट्छन् भने, तब म स्वर्गबाट तिनीहरूलाई सुन्नेछु। अनि म तिनीहरूको पापलाई क्षमा गरिदिने छु अनि तिनीहरूको भूमिलाई निको पारी दिनेछु। 15 अब, मेरा आँखा खुल्लाछन् अनि मेरा कानले यस स्थानमा गरिएका प्रार्थनाहरू प्रति ध्यान दिने छन्।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित