Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

एक भोकाएको मनले प्रार्थना गर्दै

मलाई प्रायः सोधिन्छ कि जुन राष्टहरूमा म यात्रा गर्छु, त्यहाँका मानीसहरूको प्रार्थना जीवनमा र मेरा देशका मानीसहरूको प्रार्थना जीवनमा के अन्तर छ। एक सबैभन्दा ठुलो अन्तर जसलाई म सरलता को साथ देख्न सक्छु त्यो हो जोश। अन्य देशहरूमा जब म परमेश्वर को सामर्थको साथ काम गरिरहेको देख्छु। यो यसकारण हुन्छ, किनकी त्यहाँ परमेश्वरका मानीसहरूमा परमेश्वरको धार्मिकतालाई प्राप्त गर्नको लागि भोक र प्यास प्रत्यक्ष देखाई दिन्छ। मलाई थाह भयो कि अमेरीकामा एक ठुलो प्रार्थना आन्दोलन चलाएको छ तर यस तर्फ जोशको अभाव देखीएको छ। लाग्छ कि हामी जागृति चाहन्छौ तर मैले मानीसहरूमा यस कुराको लागि थोरै भोक र प्यास देख्छु कि परमेश्वरले कुनै ठुलो काम गर्नुभएको होस।

परमेश्वर को लागि हाम्रो भोख प्रायः आसूको मार्फत बाट व्यक्त हुन्छ। बाइबलले भन्दछ, आसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउॅदै कटनी गर्नेछन। जो रूदै–रूदै बीउ बोकेर छर्न जान्छ, त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउदै फर्कनेछ। (भजनसंग्रह १२६:५.६) परमेश्वर आफ्ना संतहरूहरूका आसूलाई आफ्ना हृदयको नजिक राख्नुहुन्छ। हाम्रो आसू परमेश्वरका हूदयको अभिव्यक्ति हो। यसले परमेश्वरको तृष्णालाई देखाउद छ, किनकी धेरै जनाहरू हराएका छन ख्रीष्टलाई नजानेर मरीरहेका छन। हाम्रो आसू परमेश्वरको पवित्रतालाई प्रकट गर्छ किनकी पृथ्वीमाथी धार्मिकताको अभाव छ।

केहि बर्ष पहिला मैले पश्चिम यूरोपमा एक धेरै ठुलो सुसमाचार सभामा प्रचार गर्दै थिए। एक साझमा यो निर्णय गरीयो, कि सभाका अगुवाहरूलाई एक साझ प्रार्थनाको लागि संकलित गरियोस। यसैले, हामी एक रविवारको साझ संकलित भयौ कि परमेश्वर साँझको यस भागमा जागृती पठाउनु भएको होस। प्रमुख अगुवाहरू बिचमा एक जनाले प्रार्थना गर्दै आत्माहरूको लागि रून लागे। उनी आफ्ना  मित्रहरूको लागि रोई रहेका थिए जसले अहिले सम्म ख्रीष्टलाई ग्रहन गरेका थिएनन्। जब उनी रोई रहेका थिए बाकि अगुवाहरू बिचमा केहि जनले एकाएक प्रार्थना सभालाई रोकीदिए। किनकी तिनीहरूलाई लाग्यो कि वातावरण धेरै नै भावनात्मक  भईरहेको छ। उनी प्रार्थना रोक्ने व्यक्तिको लागि चिन्तक थिए।

यसको तुलना केहि समय पहिला मिस्रमा भएको मेरो एक अनुभवको साथ गर्नुहोस। जब म त्यस देशमा आईपुगे अनी मैले पत्ता लगाउन खोजे कि यहॅा हुनगइरेका सभाहरूका लागि कुन प्रकारले प्रार्थना भईरहेको थियो। एक प्रमुख पाष्टरले मसंग भन्नु भयो, ’’सैमी, मलाई लाग्दछ कि सबै जनाले आफ्ना ट्राउजर गरीबहरूलाई दिनुपर्छ।

तपाईको मतलब के हो ? मैले सोधे।

उहाँले भन्नु भयो मानिस यो सभाहरूको लागि यति प्रार्थना उपवास गरिरहेका छन कि तिनीहरूको तौल घटिसकेको छ र तिनीहरू पातला भई सकेका छन। धेरै जना आफना आफन्तहरूका र मित्रहरूको लागि रोई रहेका छन अनि उपवास गरिहेका छन।

परमेश्वरले उनिहरूका प्रार्थनाको उत्तर दिनुभयो। सयौ जनाहरूले परमेश्वरको राज्यमा जन्म लिन सके। येशूले भन्नु भयो ’’धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन। (मत्ती ५:६) जब हामी पनि त्यस्तै प्रकारको भोकको साथ प्रार्थना गर्न लाग्छौ जस्तै मिस्रीहरूले गरे अनि परमेश्वरलाई सामर्थको साथ काम गरिरहेको देख्ने छौ। हामी परमेश्वरको महिमा र शक्तिको अभिव्यक्ति संग भरिने छौ। परमेश्वर यस्ता पुरूष र स्त्रीहरूलाई खोज्दै हुनुहुन्छ। जसले उहाँको हृदयलाई बुज्दछन र उहाँका मानिसहरूको बिचमा उहाँको धार्मिकतालाई देख्नमा भोक राख्छन। हामीलाई प्रार्थना गर्नको आवश्यक्ता छ, तर हमीलाई हराएकाहरूका लागि अथवा उनिहरू को लागि जसले कहिलै पनि ख्रीष्टलाई भेटेका छैनन, एक नया जोशको साथ प्रार्थना गर्ने को  आवश्यक्ता छ। जब हामी यस्तो भोकका साथ प्रार्थना गर्न लाग्छौ भने हाम्रो हृदय सन्तुष्ट हुनेछ।

भजनसंग्रह 126

मन्दिरमा गइरहेको बेलाको भजन।

1 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ
त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ।
2 हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ।
अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्,
“परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।”
3 हो, हामी अत्यन्त खुशी हुनेछौं
यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने।

4 परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस्,
जसरी झरना र बग्दा पानीले एकपल्ट मरुभूमि भरिनेछ।
5 एकजना मानिस उदास हुन सक्ला जब उसले बीऊहरू छर्दछ।
तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
6 तयो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ,
तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित