Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस,

चेलाहरूले येशूलाई धेरै अदभुत काम गरेको देखेका थिए, उनीहरूले येशूलाई पानीलाई दाखरसमा परिवर्तन गर्दा, रोगिहरूलाई चंगाई गर्दा, दुष्टाआत्माहरूलाई हकार्दा, असाधारण सन्देश सुनाउदा, य सम्म कि मृतकलाई जीवीत गर्दा देखेका थिए। फेरि पनि तिनीहरूले उहाँलाई कहिल्यै भनेनन् कि उहाँले तिनीहरूलाई यिनी काम मध्ये कुनै सिकाउनको लागि, तर तिनीहरूले यो अवश्य भने प्रभु हामीलाई प्रार्थना गर्न सिखाउनु होस। (लूका ११:१) उनिहरूले जान्दथे कि उहाँका सब महान कामको रहस्य थियो, उहाँको प्रार्थना जीवन उहाँ बिहान सबेरै लामो समय प्रार्थना गर्नुहुन्थ्यो। तिनीहरूले उहाँको विजयको रहस्यलाई जान्न चाहन्थे।

(लूका ११:१) मा येशूले चेलाहरूलाई प्रार्थना गर्न सिकाउनु भयो। वचनको यस्तै एक भाग (मत्ती ६:९-१३) मा पनि पाउदछौं। यस भागमा येशूले प्रार्थनाका पाच सिदान्त सिकाउनु हुन्छ। प्रत्येक सिदान्त को साराँश परमेश्वरको कुनै विशेष गुणको प्रतिउत्तरको रूपमा निकाल्न सकिन्छ। प्रार्थनाको अर्थ हो परमेश्वरलाई जान्नु, जब हामी उहाँलाई उहाँको पूर्ण सामर्थ र महिमामा देख्दछौ अनि हामी आफ्नो हृदय उहाँको सम्मुख पोख्न लाग्छौ। अनि प्रार्थना एक महान साहसि काम बन्छ जसलाई कसैले पनि गर्न सक्छन।  मसंग अक्सर सोधीने गरिन्छ कि जब कुनै व्यक्ति प्रार्थना गर्दछ। अनि उस्ले के गर्छ। मानिसहरूलाई अक्सर यस्तो लाग्छ कि प्रार्थनामा आधा अथवा एक घण्टाको अंन्तरालमा उनिहरूले के गर्नेछन। जब हामी यो सिदान्तका अभ्यास गर्न लाग्छौ भने प्रायः हामीले पाउने छौ कि हामीलाई प्रार्थनाको लागि अरू समयको आवश्यक्ता छ।

अनि हामीलाई कुन प्रकारको प्रार्थना गर्न चाहियो र येशुले कुन सिदान्त सिखाउनु भयो? पहिलो सिदान्त हो स्तुति र धन्यवाद को सिदान्त (मत्ति ६:९) मा येशूले, परमेश्वरलाई प्रमुख राखेर प्रार्थनाका द्वार खोल्नुहुन्छ। (क) हाम्रा पिता, (ख) जो स्वर्गमा हुनुहुन्छ, (ग) तपाईको नाउॅ पवित्र होस, परमेश्वरको पितृत्वले हामीलाई परमेश्वरको भलाई देखाउछ। यस गुणलाई बुझ्नु हाम्रो लागि विशेष रूप संग त्यो समय महत्वपूर्ण छ जब हाम्रो जीवनमा कठिन परिस्थितीहरू आउछन्। हामीलाई यो बुझ्न आश्यक छ के परमेश्वर भलो हुनुहुन्छ र केवल हाम्रो भलाई मात्र चाहनुहुन्छ। जब हामी उहासंग रोटि माग्छौ अनि उहाँले हामीलाई ढुङगा दिनुहुन्न। यहा सम्म कि संसार अथवा शैतानले हामीलाई ढुङगा दियो भने पनि उहाँले त्यसलाई रोटिमा परिवर्तन गर्नुहुन्छ।

तपाई जो स्वर्गमा हुनुहुन्छ। यस वाक्यले हामीलाई परमेश्वर को महानतालाई देखाउ छ। उहाँ आफ्ना सिंहासनमा विराजमान हुनहुन्छ। स्वर्ग र पृथ्वीको सारा अधिकार र शक्ति उहाँसंग छ। उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, तर यस वाक्यमा येशूले हामीलाई परमेश्वर को पवित्रतालाई देखाउनु हुन्छ। तपाईको नाउॅ पवित्र होस, परमेश्वरको आफ्नो विशेष स्थान छ। हामी सृष्टि हौ र उहाँ सृष्टिकर्ता हुनुहुन्छ। हामी पापपूर्ण छौ उहाँ पूर्ण पवित्र हुनुहुन्छ। ब्रहा्राण्डमा उहाँ समान कोई पनि छैन । यसकारण हामीले शरणमा उहालाई दण्डवत गर्नु पर्छ। हामीले परमेश्वरको भलाई को लागि उहाँलाई धन्यवाद गर्छौ । त्यो सब राम्रो कुराको लागि जो उहाँले हाम्रो लागि गर्नु भएको छ। त्यो हो कि हामी उहाँको लागि स्तुति गर्छौ। उहाँको गुणहरू र उहाँको चरित्रको लागि यसकारण जब हामी प्रार्थना गर्छौ पहिला केहि समय यस माथी विचार गरौं कि परमेश्वर को हो र उहाँले हाम्रो लागि के गर्नु भयो। उहाँको पवित्रताको सुन्दरतामा उहाँको आराधना गरैा। हाम्रो जीवनहरूमा उहाँको सामर्थी कार्यको लागि उहालाई धन्यवाद गरौ।

(मत्ति ६:१०) मा पाउन सकिने दोस्रा सिदान्त मध्यस्थताको सिदान्त हो। चेलाहरूलाई परमेश्वरको गुणहरूको बारेमा भन्नु भए पछि येशूले संसारको आश्यक्ता देखाउनु हुन्छ। परमेश्वरको बिषयमा कुरा गर्नु पछि येशूले परमेश्वरको राज्य र पृथ्वीमाथी उहाँको ईच्छाको बारेमा भन्दै राख्नु भएको छ। जब हामी परमेश्वरलाई जान्न शुरू गर्छौ। अनि हामीले मनपार्न लाग्छौ कि उहाँको हृदयमा के छ। तर परमेश्वर को हृदयमा के छ? उहाँमा आज पनि त्यहि छ जो २००० वर्ष पूर्व थियो। परमेश्वरको हृदयमा मानिसको लागि बोझ छ । (यूहन्ना ३:१६) हामीहरूले उनिहरूको लागि प्रार्थना गर्न शुरू गर्नु पर्छ जसलाई ख्रीष्टको आवश्यक्ता छ कि परमेश्वरको राज्य आउन सकोस र उनिहरूको जीवनमा परमेश्वरको ईच्छा पुरा होस। यो प्रार्थनाको सबै भन्दा शक्तिशालि रूप  हो। जसको बारेमा म जान्द छु, किनकी यो प्रार्थना सीधै परमेश्वरको हृदयमा पुग्छ। जब हामी परमेश्वरको हृदय, उहाँको राज्य र उहाँको ईच्छाको साथ सहमत भयौ भने उहाले स्वर्गलाई पृथ्वीमा ल्याउन सक्नुहुन्छ।

तेस्रो सिदान्त हो विनती को सिदान्त (मत्ति ६:११) जब येशूले आफ्ना चेलाहरूलाई परमेश्वर संग प्रत्येक दिनको लागि प्रार्थना गर्न सिखाउनु भयो र साथै उहाँले उनिहरूलाई आफ्नो आवश्यक्ताहरू परमेश्वरको सम्मुख राख्न पनि सिखाउनु भयो। भोजन मानिसको लागि प्रमुख आवश्यक्ता हो। येशूले चाहनुहुन्छ कि उहाँका चेला परमेश्वरको यहोवा यिरे, परमेश्वर–उहाँको पोषक, को रूपमा जानौ। परमेश्वरले आफ्ना सन्तानको आवश्यक्ताहरू पुर्ण गर्ने ईच्छा गर्नुहुन्छ। उहाँ हामीसंग प्रेम गर्नु हुन्छ र हाम्रो हेरचाह गर्नुहुन्छ। हामीले आफनो आवश्यक्ताहरू प्रत्येकदिन परमेश्वरको सम्मुख राख्नु पर्यो। उहाँले हामीलाई आज्ञा दिनुहुन्छ कि हामी यस्तै गरौ। त्यस क्रमलाई ध्यान दिउ जसमा येशूले आफना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनु भयो। सबैभन्दा उनिहरूका विषय केवल परमेश्वर हुनुहुन्छ। फेरि उनिहरूको विषय छ, पृथ्वी माथी आउने परमेश्वरका राज्य। हामी अर्काको लागि प्रार्थना गरौं र अन्तमा हामी आफ्ना आवश्यक्ताहरू परमेश्वरको पास ल्याएर आउ। येशूले प्रार्थनामा जो प्रार्थमिकता आफ्ना चेलाहरूलाई सिकाउनु भयो, त्यो यो थियो पहिला परमेश्वर, फेरि दोस्रेा व्यक्ति, र तेस्रो नम्बर माथी हाम्रो आफनो आवश्यक्ताहरू, तर हामी भन्दा अधिक यसको विपरित क्रममा प्रार्थना गर्छन।

जब हामी एक चोटि आफना आवश्यक्ताहरू परमेश्वरको निकट ल्याउन आरम्भ गर्छौ भने येशू हाम्रा हृदयमा लुकेका आत्मिक आवश्यक्ताहरू देखाउन शुरू गर्नुहुन्छ। चैथा सिदान्त हो क्षमा को सीदान्त, परमेश्वरको पवित्रता र अनुग्रहमा हाम्रो तर्फबाट देखिने प्रतिउत्तर हो। यो सिदान्तलाई (मत्ती ६:१२) मा भनिएको छ, हामीलाई सिकाउनु हुन्छ कि हामी आफनो जीवनमा परमेश्वरको अनुग्रह र क्षमा को लागि उहाँमा निर्भर हुनु आवश्यक छ। हाम्रो लागि अनुग्रहको त्यो गहिरो कुवा देखी लिनु आवश्यक छ ताकि हामी दोस्राको पाप क्षमा गर्न सकौ। हृदयको दुई यस्तो समस्याहरू छ जसले हाम्रो जीवनमा हराएको हुन्छ, र त्यो हो अपराध बोध र खराई वचनको यस भागमा येशू यी दुइ विषयमा कुरा गर्छन्।

अन्तमा (मत्ती ६:१३) मा येशूले आफना चेलाहरूलाई आत्मिक युद्ध लड्न सिकाउनु हुन्छ। हामी येशूलाई यस्तो महान गोठालोको रूपमा देख्छौ जस्ले हाम्रो जीवनलाई एक सुरक्षित स्थानमा र यस संसारको आकर्षण देखी टाढा लिनुहुन्छ। हामी उहाँलाई बुराईका सेनाहरू माथी र शक्ति माथी आफ्नो विजयको रूपमा देख्द छौ। येशू हाम्रो विजय हुनुहुन्छ। जब हामी आफनो जीवनहरूको लागि प्रार्थना गर्छौ उहाँको योजना माथी हिड्छौ। हामी विजयमा जिउछौ। येशू तिर हेर्नुहोस र आज उहाँसंग भन्नुहोस, प्रभु मलाई प्रार्थना गर्न सिकाउनुहोस, जब उहाले तपाईलाई सिकाउनु हुन्छ अनि तपाई विजय पाउनु हुन्छ।

मत्ती 6:9-13

9 यसैले जतिबेला तिमी प्रार्थना गर्दछौ त्यसबेला यसरी प्रार्थना गर:

‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता,
हामी प्रार्थना गर्दछौं तपाईंको नाउँ सधैँ पवित्र रहोस्।
10 हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आओस्,
अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
11 आज दिनभरिको भोजन हामीलाई दिनुहोस्।
12 हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्।
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर हामीलाई दुष्टहरूबाट बँचाउनु होस्।’

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर–नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित