दैनिक शिष्यत्व का भिडियो पृष्ठ
पहिला परमेश्वरलाई खोज्ने
यो बिहान को समय थियो, म र मेरो साथ कयौं पास्टर परमेश्वरसंग प्रार्थना गदैं थियौं, हाम्रो इच्छा परमेश्वरलाई अरू व्यक्तिहरूका बीचमा कार्य गरिरहको देख्नु थियो। र हामी जागरण को लागि प्रार्थना गरिरहेका थियौं। मैले यो मान्छु कि मलाई यो कुरा भन्नमा थोरै लाज अवश्य महसूस भइ रहेको छ कि त्यस बिहान के भएको थियो, जब तिनी पास्टरहरू प्रार्थना गर्दै थिए, मलाई नीन्द आयो र जसरी नै मेरो घूर्ण सुरू भए, अन्य पास्टरहरूले यसरी प्रार्थना गर्न शुरू गरे, हे प्रभु हामीलाई पनि आफनो भाई सैमी जस्तै शान्ति प्रदान गर्नुहोस।
मलाई धेरै नै लाज लागेको महसूस गरे जब उनीहरूले मलाई नीन्ददेखी उठाए। त्यहाँ केही यस्तो भयो जसलाई तपाईले बुझ्नुको आवश्यकता छ । मलाई बिहान एक समस्या हुन्छ दमाको कारण बिहान मेरो रक्तसंचारमा मलाई समस्या हुदछ। यसको कारण मलाई प्रार्थनामा समय बिताउन कठिन हुदछ । अनेक व्यक्तिहरू जसको शारीरिक नियमहरू हुन्छन तिनीहरूले यसरी भन्नेछन। यसको अर्थ यो हो कि हामीलाई बिहान प्रार्थना गर्न आवश्यकता छैन, दिनको अन्तमा प्रार्थना गर्नु अधिक उत्तम हो।
तर म यसमा असहमत छु यो अनिवार्य हो कि हाम्रो पहिलो कार्य परमेश्वरसंग प्रार्थना नै होस। रातमा प्रार्थना गर्नु पनि राम्रो हो, तर यदि हामीले रातमा नै प्रार्थना गर्छौ भने केवल हामीले यही प्रार्थना गर्न सक्छौ कि परमेश्वर हामीलाई माफ गरिदिनुहोस किनकी दिनभरि हामी तपाईको विरुद्धमा चलेका छौ। जब हामीले प्रर्थाना गर्छौ भने हामी परमेश्वरको सामू यो बिन्ती गर्दछौं कि परमेश्वर हामीलाई तापाईको आवश्यकता छ। हामीले आफना आवश्यकताहरूलाई उहाँको सामू राख्छौ। यसैकारण हामीले आफनो दिनको सुरूवात उहाँको खोजीमा गर्नुपर्छ।
येशूले आफना चेलाहरूलाई यस किसिमले प्रार्थना गर्न सिकानुभयो हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस।{मत्ती ६:११} भोजन कुनै व्यक्तिको पहिलो आवश्यकता हो । हामीलाई भोजनको आवश्यकता हुन्छ, यसको विना हामी जीऊन सक्दैनौ। तर तपाईले ११ बजे परमेश्वर संग तीन वटा राम्रा खानाको लागि प्रार्थना गर्न सक्नुहुन्न । दिनको अन्तमा यो प्रार्थना गर्नु उत्तम होईन तर दिनको आरम्भमा गर्नु उचित हो | येशूले आफना चेलाहरूलाई यो प्रार्थना सिकाउनुको अर्थ यो हो कि प्रतिदिन उनीहरूको प्रथम कार्य प्रार्थना नै होस।
तर तपाईलाई पनि मेरो जस्तै समस्याहरू हुन सक्छन, त्यसैले तपाईले सोध्नुहुनेछ कि मैले आफनो प्रार्थना कसरी गर्दछु ?
सामन्यतः म नुहाएर आफनो नास्ता गर्नुको पछि कुनै एकान्त स्थानमा जान्छु। जहाँ म एक्लै हुन सकूँ । म प्राय: यस्तो ठाऊँलाई रोज्दछु जहाँ म हिडन सकूँ मलाई थाहाँ छ कि घुटना टेकेर प्रार्थना गर्नुमा मेरो रक्त संचारमा समस्या हुनसक्छ र मलाई चक्कर आऊन सक्छ। यसकारण म हिडेर प्रार्थना गर्छु। हिडदछु र सुन्दछु, हिडदछु र परमेश्वरको छेउमा आफनो हृदयलाई खन्याइदिन्छु।
मलाई थाहाँ छैन कि परमेश्वरको साथ आफनो हृदयलाई प्रारम्भ गर्नका लागि तपाईले के गर्नु पर्छ । तर म तपाईलाई उत्साहित गर्नेछु कि तपाई बिहानको प्रार्थना र आफनो प्रतिदिनको क्रियाकलापहरूका लागी एक समय र स्थान निर्माण गर्नुहोस | राजाहरूका राजा र प्रभुहरूका प्रभुलाई व्यक्तिगत रूपमा सुन्नुको तयारीमा तपाईलाई जे गर्नुको आवश्यकता छ तपाईले त्यो सब गर्नुपर्छ। यो भन्दा महत्वपूर्ण कार्य अरू कुनै छैन जो तपाई पूरै दिनभरिमा गर्नुहुनेछ।
यदि तपाई परमेश्वरसंग आरम्भ गर्नहुनेछ भने तपाईलाई यो ज्ञात हुनेछ कि तपाइको पूरै दिनमा उहाँको उपस्थिति तपाईको साथ–साथ हुनेछ। उहाँको साथ दिनको आरम्भ गर्नमा अधिक आनन्द अरू कुनै कार्यमा छैन | यो भन्दा धेरै चिंन्ता अरू केही हुनेछैन कि तपाई आफनो दिनको आरम्भ आफनो मानवताको सामर्थमा गर्नुहोस | यसैकारण बिहान को समय नै परमेश्वरको खोजी गरौं र तपाईलाई यसको दुःख कहिल्यै हुनेछैन।
मर्कूस 1:35-39
येशूद्वारा सुसमाचार सुनाउने योजना
(लूका 4:42-44)
35 भोलिपल्ट बिहान, येशू चाँडै उठ्नुभयो। उहाँले घर छोड्नुभयो, विहान अँध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो। 36 केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए। 37 तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, “सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन्।”
38 येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरू शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।” 39 अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
