दैनिक शिष्यत्व का भिडियो पृष्ठ
परमेश्वरको पवित्रताको प्रतिउत्तरमा प्रार्थना
प्रार्थनाको विधि जो येशूले आफना चेलाहरूलाई सिकाउनुभयो त्यो आज हामीले कम नै देख्दछौं। उहाँले तिनीहरूलाई सिकानुभयो कि पहिला परमेश्वररलाई र फेरि उहाँको राज्यलाई खोजौं र फेरि आफना आवश्यकताहरूलाई उहाँको सम्मुख ल्याऔं। धेरै व्यक्तिहरूले यसको ठ्याक्कै विपरीत विधिबाट प्रार्थना गर्दछन। हामीहरूले परमेश्वलाई भन्दछौं कि उहाँले हाम्रा आवश्यकताहरूलाई पूरा गर्नुभएकोहोस। फेरि हामी अरूहरूका लागि प्रार्थना गर्दछौं र यसपछि यदि हामीसंग केही समय बच्दछ भने तब हामीले उहाँलाई धन्यवाद दिन्छौं र उहाँमाथि ध्यान लगाऊछौं। तर जो प्रार्थना येशूले सिकाउनुभएको थियो त्यो भिन्न थियो।
उहाँले सिकाउनुभयो कि पहिला हामीले परमेश्वरको मुखलाई खोजौं र फेरि हामी अरूहरूका लागि प्रार्थना गरौ र अन्तमा आफना आवश्यकताहरूलाई उहाँको सम्मुख ल्याऔं। येशूले हामीलाई सिकाउनुभयो कि सबैभन्दा पहिला हामीले आफना सबैभन्दा मुलभूत आवश्यकताहरूलाई परमेश्वरको सम्मुख ल्याऔं जस्तै कि हाम्रो दैनिक भोजन । फेरि उहाँले सीखाउनुभयो कि हामीले आफना भित्री आवश्यकताहरूलाई उहाँको सम्मुख ल्याऔं र जीवनमा हाम्रो भित्री आवश्यकता के हो ?
क्षमा | मानिसहरूका हृदयको यो भन्दा गहिरो आवश्यकता अरू केही पनि होईन। यसैकारण येशूले आफना चेलाहरूलाई यस किसिमले प्रार्थना गर्न सिकाउनुभयो, हाम्रा अपराध क्षमा गनुहोस जसरी हामीले आफना अपराधिहरूलाई क्षमा गरेका छौं। {मत्ती ६:१२} हामीहरूलाई अरूलाई क्षमा गर्ने र क्षमा पाउनुको आवश्यकता छ। यी दुवै कुराहरू एक आपसमा बाँधिएका छन।
प्रार्थना वास्तवमा परमेश्वरको स्वभाव र चरित्र हाम्रो प्रतिउत्तर हो, र परमेश्वरको स्वभाव के हो ? उहाँ पवित्र हुनुहुन्छ । उहाँ पूर्णत: शुद्ध हुहुन्छ। उहाँमाथि कुनै दाग छैन, उहाँ पूर्णतः सिद्ध हुनुहुन्छ। उहाँको आफनै एक श्रेणी छ | उहाँ बाकि सबै सृष्टिभन्दा अलग हुनुहुन्छ,किनकि उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ | यसकारण जब हामीले परमेश्वरलाई यस रीतिले हेर्दछौं भने मात्र तब हामीले स्वयंलाई र आफनो जीवनमा क्षमा पाउन र क्षमा गर्नको गहिरो आवश्यकतालाई देख्न पाउदछौं। परमेश्वरका महान पुरूष र महिलाहरुका जीवनको अध्यन गर्नुहोस। उनी सबैले परमेश्वरलाई उहाँको पवित्रतामा चिने | उनीहरूका जीवनहरूमा परमेश्वरको जो शक्ति थियो त्यो उनीहरूका हृदयमा परमेश्वरको पवित्रताको मीठो वास्नाको फल थियो। यो भन्दा पहिला कि मोशाले चिन्ह, अचम्म र चमत्कार देख्लान उनलाई आफना पाव का जूत्ता निकाल्नु परयो किनकी उहाँ पवित्र भूमिमा उभ्भिनुभएको थियो। त्यस भूमिको पवित्र हुनुको कारण यो थियो कि त्यहा परमेश्वर उपथिति हुनुहुन्थ्यो।
यो भन्दा पहिला कि यहोशू विजय भए परमेश्वरले उनको हृदय र दीमागलाई आफनो पवित्रताको प्रति खोल्नुभयो। वर्षौ–वर्षौ देखि नै यही काहनी छ। पुरूष र महिला परमेश्वर संग भेटछन र फेरि तिनीहरू पहिला जस्तै हदैनन। यशैयाले स्वर्गदूतहरूलाई यो पुकारर्दै सुने सर्वशक्तिमान परमप्रभु पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। यशैया {६:३} तिनीले यो भन्दा अरू केही भन्नै पाएनन ममाथि धिक्कार किनकि म नष्ट भए, किनभने म अशुद्ध ओठ भएको मानिस हु र म अशुद्ध ओठ भएका मानिसहरूका बीचमा रहन्छु | किनकि मेरा आखॅाले सर्वशक्तिमान परमप्रभु माहाराजाधिराजालाई देखेको छु। {पद ५} हामीहरू रीतो स्वीकारको समयमा बाचीरहेका छौं किनकि हाम्रो दृष्टि एक पवित्र परमेश्वर देखि हटिएको छ। जब हामीले उहाँलाई उहाँको पवित्रतामा देख्दछौं भने हामी पनि यशैया, पावल मोशा र परमेश्वरको अन्य पुरूष र महिलाहरूको साथ मिलेर यही पुकार्नेछौं, हे परमेश्वर, मलाई मेरो पापहरू र अपराधहरूका लागि क्षमा गर्नुहोस। ममाथि, दया गर्नुहोस। म अलिकता पनि तपाईको समान छैन। यस्तै स्वीकार हाम्रो हृदयहरूका भित्री आवश्यकता हो र केवल येशू नै यस आवश्यकतालाई पूरा गर्न सक्नुहुन्छ।
इजकिएल 20:40-42
40 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “मानिसहरू मेरो पवित्र पर्वत-इस्राएलको अग्लो पर्वतमा मेरो सेवाको निम्ति आउनुपर्छ। इस्राएलको पुरै परिवार आफ्नो भूमिमा हुनेछन्, त्यहाँ तिनीहरूको देश हुनेछ। त्यो त्यही ठाउँ हो जहाँ तिमीहरू मलाई सल्लाह माग्नु आउनु सक्छौ अनि मलाई भेटी चढाउनु तिमीहरू त्यस स्थानमा आउँनु पर्छ। तिमीहरूले आफ्नो फसलको पहिलो भाग त्यो स्थानमा ल्याउनु पर्छ। तिमीहरूले आफ्नो सबै पवित्र भेटी त्यहीं ल्याउनु पर्छ। 41 तब तिमीहरूको सुगन्धित बलिदानहरूमा म प्रसन्न हुनेछु। यो सबै त्यस बेला हुनेछ जब म तिमीलाई फर्काई ल्याउँनेछु। मैले तिमीहरूलाई विभिन्न राष्ट्रहरूमा छरपष्ट पारें। तर म तिमीहरूलाई फेरि एकै ठाँउमा भेला गर्छु अनि फेरि तिमीहरूलाई आफ्नो विशेष मानिसहरू बनाउँनेछु अनि सबै राष्ट्रले यो देख्नेछन्। 42 तब तिमीले बुझ्छौ म नै परमप्रभु हुँ यो तिमीहरूले त्यस बेला थाहा पाउँछौ जब म तिमीहरूलाई इस्राएलमा लिएर आउँछु। यो त्यही देश हो जुन मैले तिमीहरूको पिता-पुर्खाहरूलाई दिने वचन दिएको थिएँ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
