दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रार्थना र मेल–मिलाप
प्रार्थनाको यस्तो सिद्वान्त छ जसको बारेमा आज हामीले धेरै चर्चा सुन्दैनौ मेल–मिलाप । तर फेरि पनि यदि हामी प्रार्थनामा सामर्थ पाउन चाहान्छौ भने हामीले यसको सामना गर्नुपर्छ। प्रार्थना केवल परमेश्वरसंगको सीधा सम्बन्ध होइन। यसमा ख्रीष्टमा हाम्रा भाईहरू र बहिनीहरूका साथ व्यवहारिक गहिरो सम्बन्ध पनि हो। जीवनको नराम्रो खराब सम्बन्धदेखि बच्नका लागि प्रार्थना बचावको कुनै मार्ग होइन। हाम्रो जीवनको तिनी कठिन समस्यहरूका सामना गर्ने र तिनीदेखि सामना गर्नका लागि प्रार्थनाले हामीलाई योग्य बनाउॅछ।
जब येशूले आफना चेलाहरूलाई प्रार्थना गर्नुको सिद्वान्त सिकाउनुभयो, उहाले भन्नुभयो यसकारण तिमीले वेदीमा आफनो भेटी चढाउॅदा तिम्रो भाईको हृदयमा तिम्रो विरूद्धमा केही छ भने तिमीलाई याद भयो भने, तिम्रो भेटी त्यही वेदीको सामू छोड, र जाउ पहिला आफनो भाइसॅग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढाऊ।
हामीहरू अक्सर आफ्नो स्तुति र धन्यवादका बलिदान ल्याएर परमेश्वरको सामू आउॅछौ । तर हाम्रो अर्कासॅग टुटेको सम्बन्ध हुन्छ । हाम्रो प्रार्थनाको जीवनमा परमेश्वरको प्रकट हुनेवाला उपस्थितिलाई अनुभव गर्नका लागि, हामीले ख्रीष्टमा हाम्रा भाईहरू र बहिनीहरूसॅग मेल मिलाप गर्नुपर्छ अक्सर, यसको लागि हामीले मेल–मिलाप गर्नुपर्छ । यदि हामीले कसैलाई धोका दिएका छौ, भने हामीले त्यस व्यक्तिलाई भुक्तान दिनुपर्छ । यदि हामीले उनका साथ खराब व्यवाहार गरेका छौ भने हामीले उनका साथ सही व्यवहार गर्नुपर्छ । अक्सर कयौ बार विश्वासीले आत्मिक हुनुको खोल लगाएर देखावटी गर्दछन, तर उनीमा परमेश्वरको साथ साँचो सम्बन्धको कमि हुन्छ, किनकि तिनीहरूले जसको साथ खराब व्यवहार गरेका थिए उनका साथ कहिल्यै मेल–मिलाप गरेका छैनन ।
कयौ वर्ष पहिला, परमेश्वरले उत्तर आयरलैंण्ड म डब्ल्यू पी निकालसन नामको प्रचारकको उपयोग गर्नुभयो । उहाँको प्रचार को यात्रामा बेलफास्टका चर्चमा महान जागृती आएको थियो। धेरै व्यक्तिहरूले ख्रीष्टलाई उद्धारकर्ताको रूपमा चिन्न पाए। त्यहाँ एक प्रेस्बिटेरियुन चर्च छ जसको बारेमा भन्दछन कि त्यहाँ यति धेरै व्यक्तिहरू एक्कठठा हुन्थे कि तिनीहरूलाई मण्डलीको भित्ताहरू फैलाएर बनाउन परयो। मानिसहरू त्यस समाचार प्रचारक लाई सुन्नका लागि धेरै घण्टासम्म लाईनमा उभ्भिरहन्थे ।
त्यो दिनहरूमा बेलफास्टलाई संसारको सबैभन्दा टाढाको कुना मानिने गरिन्थ्यो । निकोल्सन बेलूकाको भोजनको समय शिपर्यार्डमा प्रचार गर्दै, र धेरै कामदारहरू ख्रीटको छेउॅमा आउदथिए । तर त्यस समय धेरै अदभुत घटना भयो । धेरै कामदारहरूले केवल परमेश्वरको साथ मात्र सबैकुरा सही गरेनन तर तिनीहरूले आफ्ना सहकर्मी का साथ पनि ठीक सम्बन्ध बनाए । तिनीहरूमध्ये धेरै व्यक्तिहरूले शिपयार्डमा तिनी सबै वस्तुहरू फिर्ता ल्याएर आए जो तिनीहरूले चोरेका थिए । यति धेरै वस्तुहरू फिर्ता गरे कि चोरेका तिनी वस्तुहरूलाई वापस राख्नका लागि ठाउॅ धेरै थिएन । चोरेको फिर्ता गरेको ती वस्तुहरूलाई राख्नका लागि एक गोदाम किराएमा लिनु परयो।
प्रार्थना र जागृती आकाशको कुनै तारा होईन अथवा धार्मिक खन्याउनलागेको समय गरिने अर्कै महसूस मात्र हैन । प्रार्थना पवित्र आत्माको साथ साँचो भेटघाट हो । यसले हामीलाई उहाँको उपस्थितिमा ल्याउॅछ जो एक मात्र वास्तविक हुनुहुन्छ । जब प्रार्थनामा हामीले आफ्ना जीवनका वास्तविक कुराहरूदेखि सामना गर्न सक्छौ। उहाँले हामीलाई सबभन्दा अप्ठयारो निर्णय लिन को लागि योग्य बनाउनुहुनेछ । त्यो निर्णय सधै साँचो जागृतीको तर्फ अगुवाई गर्नेछ । यदि तपाईले आफ्नो प्रार्थनाको जीवनमा साँचो अनुभव गर्न चाहानुहुन्छ, भने हामीले परमेश्वरको साथ सबै कुरा र हर एक वस्तु ठीक गर्नुपर्छ । र ख्रीष्टमा हाम्रा भाईहरू र बहिनीहरूका साथ हाम्रो सम्बन्ध ठीक गर्नका लागि हामीले सबै कोशिश गर्नुपर्छ । प्रार्थना र मेल–मिलाप एक यस्तो जोडहो जो अवश्य नै जागृती का तर्फ हाम्रो अगुवाई गर्नेछ।
मत्ती 5:21-26
येशूद्वारा रीस बारे शिक्षा
21 “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्। जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ 22 तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ।
23 “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, 24 त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ।
25 “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। 26 म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
