Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्रार्थना  परमेश्वरको सामर्थी हतियार

 

शैतान आफ्नो शक्तिमा भएर कोशिश गर्नेछ कि विश्वासीहरूलाई प्रार्थना गर्नका लागि रोक्न सकोस । त्यसलाई थाहाँ छ कि प्रार्थना गर्ने विश्वासीहरू सॅग व्यवहार गर्न खतरनाक हुन्छ । त्यसले सोच्दछ कि प्रार्थना गर्नेहरू नम्र, पवित्र स्त्री र पुरूष परमेश्वरको हाथमा सामर्थी हथियार हुन यसकारण त्यसले विश्वासीहरू लाई परमेश्वरको सिंहासनदेखि टाढा राखनको कोशिश गर्दछ । त्यसले विश्वाहरूको मदत गर्छ कि तिनीहरू यति व्यस्त होउन कि तिनीहरू सॅग प्रार्थना गर्नका लागि समय नै नहोस अथवा त्यसले प्रार्थना गर्ने विश्वासीहरूलाई पवित्रताको महामार्गदेखि हटाउनको लागि तिनीहरूको परीक्षा लिनेछ ।

जब कि दोस्रो तर्फ परमेश्वरले प्रार्थना गर्ने स्त्री र पुरूषहरूलाई खोज्नु भएको छ यस्ता स्त्री र पुरूषहरू जसको जीवन उहाँमा पूरै रीतिले समर्पित होस । जब परमेश्वरलाई यस्ता व्यक्ति मिल्दछन उहाँले त्यस व्यक्तिको लाभका लागि र आफनो इच्छा पूरा गर्नका लागि स्वर्गलाई पृथ्वीमा ल्याउनुहुनेछ । बाइबलले भन्दछ, कि तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनले त्यसलाई जितेका छन र तिनीहरूले मृत्यूसम्मै पनि आफ्नो ज्यानको माया राखेनन । (प्रकाश १२:११)

मेरो सेवकाईको सुरूवातमा, मेरो भेट यस्तो भक्तिपुर्ण प्रिय व्यक्तिसॅग भयो जो यस महान सच्चाइलाई जानेका थिए । ख्रीष्टमा उनको विश्वासको कारण उनलाई कम्यूनिस्ट चेक्लोसवाकियाको जेलमा ५ वर्ष सम्म राखे । तिनी त्यस परीक्षामा बलियोसॅग खडा भए र प्रार्थना गर्ने व्यक्ति बने । ख्रीष्टमा तिनी प्रिय भाईको साथ मेरो भेटघाट म कहिल्यै भूल्नेछैन् । उनीको अपार्टमेन्टदेखि जादा जादै, तिनी त्यस झ्यालको तर्फ गए जहादेखि फुटबल स्टेडियम देखिन्थ्यो, त्यसलाई देखेर उनीले भने हर हप्ता त्यस स्टेडियममा हजारौ व्यक्ति आफनो मनपर्ने फुटबल टीमलाई चेअर गर्नका लागि आउथे । तर म विश्वास गर्दछु कि एक दिन त्यो स्टेडियम परमेश्वरको आराधना गर्ने मानिसहरूले भरीनेछ।

मैले स्वीकार गर्नपर्छ कि मेरो हृदय शुकदेखि भरीयो । तर फेरि तिनी प्रिय बुढा संत ले आफ्नो हृदय को ढोका खोले र मलाई उनको हृदयको गहिरो इच्छा देख्नको अनुमति दिए कि तिनले पूकारी रहेका छन । उनले भने मेरो देशमा धेरै मानिसहरू आए र तिनीहरूले परमेश्वरको लागि ठूलो आग लगाउन चाहान्थे । म परमेश्वरको आगोको द्वारा जलाउन चाहान्छु जब सम्म कि म खरानी न हु । र जब म खरानी हुनेछु तब मैले प्रभुको महिमा देख्न पाउनेछु । तिनीले फेरी मेरो तर्फ देखेर भने मैले के गरिरहेको छु तपाईले बुझ्नुभएको छ । मैले सोचे कि तिनीले मेरो जर्मन साथीसॅग कुरा गरीराछन, किनकी हामी एक आपसमा जर्मनमा कुरा गरिरहेका थियौं। र मैले छिट्टै नै भने, अहॅ के तपाईले साच्चै नै बुझ्नुभएको छ कि मैले के गरिरहेको छु ? जब कि म केही पनि छैन, र प्रभु सबैकुरा हुनहुन्छ तब मैले प्रभुको महिमालाई देख्न पाउॅनेछु । तब मैले बुझे तिनी व्यक्ति परमेश्वरको गुप्त हतियार बनेका थिए । परमेश्वरमा पूरै रीतिले समर्पित जीवन पवित्र आत्माको हातमा सामर्थी हतियार हो ।

 

प्रकाश 12:7-11

7 त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकल अनि तिनका दूतहरू त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरू प्रतिकारमा लडे। 8 तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरूले स्वर्गमा आफ्ना स्थान गुमाए। 9 त्यो विशाल सर्प त्यसका दूतहरू सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरू पनि उसँगै पृथ्वी तल फालियो।

10 तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरूलाई दोषलगाउने फ्याँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो। 11 हाम्रा भाइहरूले तिनलाई भेंडा़को पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरू मृत्युसित डराएका थिएनन्।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित