Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

परमेश्वरको वचनको द्वारा परमेश्वरसंग जोडिनु

 

१९९० को दशकको आरम्भमा म मंगोलियामा विश्वासीहरूका एक सानो झुण्डलाई प्रार्थनाको सिद्धान्तहरूको शिक्षा दिनका लगि गए जो मैले आफनो पुस्तक प्रार्थना तथ्यमा लेखेको थिए। जबदेखि ख्रिष्टीयन आरम्भ भयो तब देखि लिएर मंगोलियामा सुसमाचार पुगेको थिएन। धेरै समय पहिला मिशनरी त्यहाँ गएका थिए तर तिनीहरूलाई निराश भएर फिर्ता हुनु परेको थियो। बितेको २००० वर्षों देखि त्यहाँ कसैले पनि परमेश्वरको उद्धारका अद्भुत सन्देशलाई सुनेका थिएनन।

फेरि पनि त्यो देश अधिकतर बुद्धलाई मान्नेवाला देश थियो तर साम्यवादिहरूले व्यक्तिहरूका मनदेखि यो कुरा मेटाईदिएका थिए कि कोही परमेश्वर हुनुहुन्छ । तर जब देशमा स्वतन्त्रता आऊन आरम्भ भयो र सुसमाचारको द्वार पनि खुल्न लाग्यो । राजधानी उल्लान बतारमा व्यक्तिहरूका एक सानो समूहले येशूमा विश्वास गरे । मलाई त्यहाँ गएर तिनीहरूलाई प्रार्थनाका विषयमा शिक्षा दिनका लागि भने। मैले कैयौं दिनसम्म उनीहरूलाई प्रार्थनाका सिद्धान्तहरूका विषयमा सिकाए । यिनी प्रार्थना सभाहरूको दौरान परमेश्वरले धेरै सामर्थ्यको साथ कार्य गर्नभयो | उल्लान बतारमा जब अन्तिम सभा भयो तब त्यहाँदेखि मलाई एक अर्को सहर दारहन जानको लागि भने। त्यस समय यस सहरमा एक पनि विश्वासी थिएनन, यहाँसम्म कि व्यक्तिहरूले येशूको विषयमा कहिल्यै सुनेकासम्म थिएनन।

जब त्यहाँ मैले परमेश्वरको विषयमा भने कि उहाँको हुनुहुन्छ र हाम्रो जीवनहरूमा उहाँले के गर्न सक्नु हुन्छ ? तब एक बुजुर्ग व्यक्तिले मसंग धेरै नै महत्वपूर्ण प्रश्न सोधे | उनले भने, तिम्रा परमेश्वर कस्तो देखिनुहुन्छ ? मलाई यस प्रश्नदेखि झटका लाग्यो। आजसम्म कहिल्यै कसैले मसंग यस्तो प्रश्न गरेको थिएन | तपाईले यस प्रश्नको के उत्तर दिन सक्नुहुन्छ ? जति कठिन प्रश्नहरूका आजसम्म मैले सामना गरेको थिए यो तिनीमध्ये एक थियो। तर मैले उनी बुजुर्ग व्यक्तिलाई भने यदि तपाईले यो थाहाँ पाउन चाहानुहुन्छ कि परमेश्वर कस्तो देखिनुहुन्छ भने तपाईलाई यो थाहाँ हुनुको आवश्यकता छ कि उहाँले हामीलाई एक यस्तो पुस्तक दिनुभएको छ जो उहाँको स्वभाव, चरित्र  र उहाँको गुणहरूका वर्णन गर्दछ। यस पुस्तकलाई उनी पवित्र व्यक्तिहरूले लेखे जसलाई परमेश्वरले प्रेरणा दिनुभयो। तिनीहरु इतिहासको अलग–अलग समयमा जन्मिए। तिनीहरूमध्ये कुनै राजा थिए र कुनै साधारण माछा मार्नेवाला थिए। तर उनी सबैको भेट उहाँ परमेश्वरसंग भएको थियो जसले यस सृष्टिलाई रच्नुभयो। तिनीहरूले परमेश्वरको कार्यहरू र गवाहीहरूका विषयमा लेखे र यो पनि कि परमेश्वरले तिनीहरूका जीवनलाई कसरी बदलदिनु भएको थियो। तिनीहरूले जीवनका लागि उहाँको नियम र सिद्धान्तलाई  भने | यस्तो लाग्यो कि मेरो उत्तर द्वारा तिनी बुजुर्ग सन्तुष्ट थिए।

यदि तपाईले साच्चै नै परमेश्वरलाई घनिष्टतासंग जान्न चाहानुहुन्छ भने तपाइलाई यो बुझन आवश्यक छ कि उहाँको एक वस्तुनिष्ट गवाही छ जो भन्दछ कि उहाँ को हुनुहुन्छ र उहाँले कसरी कार्य गर्नुहुन्छ । बाइबल परमेश्वरका व्यक्तिहरूका लागि उहाँको वचन हो । यदि हामीले वास्तवमा परमेश्वरलाई चिन्न र उहाँको साथमा प्रेममा भएर जीऊन सिक्न चाहन्छौ  भने हामी स्वयंले  उहाँको वचनलाई पढने उहाँको अध्ययन गर्ने र उहाँ माथि मनन गर्नका लागि उहाँमा  समर्पित हुनु आवश्यक छ | परमेश्वरको वचनलाई प्रतिदिन आफनो जीवनमा  ग्रहण गर्नुको पछाडी एक रहस्यमय उदेश्य हो।

प्रेरित पावल ले जवान तिमोथीलाई लेखेको आफनो पत्रमा विस्तारपूर्वक बुझाएका हुन कि वचनले हाम्रो जीवनमा के गर्न सक्छ। उनले भने, सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, र सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई, लाभदायक हुन्छ। {२ तिमोथी ३:१६} | पावलले एक सूची दिन्छन कि परमेश्वरले हाम्रो जीवनमा नकारात्मक र सकारात्मक कुराहरूदेखि कसरी सामना गर्नुहुन्छ । सबैभन्दा पहिला तिनले हामीलाई भन्दछन कि वचनले हामीलाई कुन तरिकाले सिकाउछ, अर्थात यसले हामीलाई सिकाउछ कि परमेश्वर को हुनुहुन्छ र हामीले उहाँलाई कसरी चिन्न सक्छौं र उहाँको साथमा कसरी हिडन सक्छौ | दोस्रो कुरा, बाइबलले हाम्रो जीवनमा तिनी कुराहरूका लागि हामीलाई चेताउछ जसंग परमेश्वर प्रसन्न हुनुहुन्न । बाइबल हाम्रो अधिकार र उत्तरदायित्वको मुख्य स्रोत बन्दछ। परमेश्वरले हाम्रो जीवनका चारौं तर्फ सीमाहरूको तयार गर्नुहुन्छ र हामीहरु द्वारा तिनी सिमाहरुलाई उल्लंघन गर्नमा हामीलाई भन्नुहुन्छ।

तर परमेश्वरले हाम्रो द्वारा केही खराब गर्नमा केवल हामीलाई भन्नुहुन्न, उहाँले हामीलाई सुधार्नु पनि हुन्छ अर्थात उहाँले वचनदेखि हामीलाई देखाउनुहुन्छ कि हामी सुरक्षाका तिनी सीमाहरूमा जहाँ हामीलाई बस्नुपर्छ, फिर्ता कसरी आउन सक्छौ । अन्तमा परमेश्वरले हामलाई सही जीवन जीऊनका लागि निर्देश दिनुहुन्छ, अर्थात उहाँले हामीलाई भन्नुहुन्छ कि उहाँको साथ सही र उचित सम्बन्धमा कसरी जीऊनु पर्छ । यो सोच्नु व्यर्थ हो कि हामीले आफनो जीवनमा यो नबुझेर निरन्तर विजयको अनुभव गर्न सक्छौ कि उहाँ को हुनुहुन्छ। उहाँले कसरी कार्य गर्नुहुन्छ र उहाँले हामी द्वरा के चाहानुहुन्छ ? बाइबल एक विजय ख्रीष्टीयन जीवन जीउनका लागि परमेश्वरको निर्देश पुस्तिका हो । यो उहाँको त्यो नक्सा हो जो विजययको मार्गमा हाम्रो मार्गदर्शन गर्दछ। एक विजेतासंग सधै एक योजना हुन्छ, जीत्नका लागि  नीती । परमेश्वरले हामीलाई विजय जीवनका लागि आफ्नो नीति दिनुभएको छ | यो नीती एक सदियौं पूरानो पुस्तक बाइबलमा मिल्दछ। यदि तपाईले जीवनको दौडमा जीत्न चाहनुहुन्छ भने यस प्राचीन पुस्तकको अध्ययन गर्नुहोस। यो परमेश्वर को वचन हो यो जीवन जीऊनका लागि उहाँको ईश्वरीय नीती हो र धार्मिकतामा  ट्रेनिंगका लागि हाम्रो निर्देश पुस्तिका । तर सबै भन्दा महत्वपूर्ण कुरा यो हो कि यसले परमेश्वरको स्वरूपको सम्पूर्ण विवरण दिदछ। यसलाई पढनु र एक रम्रो विजयलाई प्राप्त गर्नुहोस।

2 तिमोथी 3:10-16

अन्तिम सल्लाह

10 मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्दछौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोड़दिनँ। 11 तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घट्नाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो। 12 ख्रीष्ट येशूमा जसले परमश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्नै पर्छ। 13 मानिसहरू जो दुष्ट अनि अरूलाई धोका दिनेहरू छन् ती नराम्रोदेखि अझ नराम्रो हुँदै जान्छन्। तिनीहरू अरूलाई मूर्ख तुल्याउँछन् तर तिनीहरू स्वयंलाई मूर्ख बनाइरहेका हुन्छन्।

14 तिमीले सिकेका शिक्षालाई तिमीले अनुशरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोसा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन। 15 तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ। 16 सबै धर्मशास्त्रहरू परमेश्वरले दिनु भएको हो। ती धर्मशास्त्रहरू शिक्षा दिनु अनि मानिसको जीवनमा भएका गलत कुराहरू देखाइदिने काममा उपयोगी छन्। धर्मशास्त्रहरू गल्ती सुधार्न अनि उचित जीवन कसरी जिउनु त्यो सिकाउनुमा उपयोगी छन्।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित