दैनिक शिष्यत्व का भिडियो पृष्ठ
एक आज्ञाकारी मनको साथ प्रार्थना गर्नु
प्रार्थनाको एक यस्तो क्षेत्र छ जसको बारेमा म समान्नेरूपमा व्यक्हिरूलाई कुरा गरेको सुन्दैन र त्यो क्षेत्र हो आज्ञाकारीता र प्रार्थनाको सम्बन्ध | ख्रिष्टियनको आरम्भिक समयमा, ख्रीष्टीयन सन्यासी आफुले आफैलाई दुनियादारीदेखि अलग गर्दै र तीनी सबै कुराहरू देखि टाढा भएर कुनै एकान्त स्थान खोजेर आफु पूरै तरीकाले प्रार्थनामा लागिरहन्थे। प्रार्थनाको यस्तो योद्धा बन्नका लागि तिनीहरूले अक्सर धेरै बलिदान गर्नुपरेको थियो।
तर, प्रार्थनाको यस प्रकारको व्यवहारमा पनि कुनै कमी लाग्थ्यो। कृपया मलाई खराब न सोच्नु होला। कयौं बार हामीलाई यस्तो समयको आवश्यकता हुन्छ जब हामीले अलग कुनै शान्तिको स्थानलाई खोज्न सकौं। येशूले यस्तै गर्नुहुन्थ्यो। यदि उहाँलाई एकान्तको यति आवश्यकता थियो भने हामीलाई यसको कति अधिक आश्यकता छ कि हामी अलग भएर परमेश्वरसंग समय बिताउन सकौं। तर जब हामीले येशूको जीवनलाई हेर्दछौं भने स्पष्ट छ कि उहाँको एकान्त स्थान कुनै टाढा बसेको कुनै मठ थिएन। उहाँ अर्काको आवश्यकताहरूलाई पूर्ण गर्न, चोट खाएकाहरूलाई चंगाई गर्न, र मानिसहरूको मेल परमेश्वरसंग गराउनको कार्यको लागि समर्पित हुनुहुन्थ्यो । उहाँ पूरै रीतिले पिताको कार्यमाथि समर्पित हुनुहुन्थ्यो। उहाँ पिताको आवाज सुन्नका लागि एकान्तमा जानुहुन्थ्यो । र पिता संग कुरा गर्नको पछि उहाँ फिर्ता भएर आफ्नो कार्यमा लाग्नुहुन्थ्यो । येशूले आफ्नो शिष्यहरूलाई भन्नुभयो म आफै केही गर्न सक्दिन । जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु, मेरो न्याय ठीक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिन, तर मलाई पठाउनुहुनेको इच्छा खोज्दछु । (यूहन्ना ५:३०) येशूले पिताको आवाजलाई सुन्नुहुन्थ्यो, र फेरि उहाँले पिताको इच्छा पूरा गर्नका लागि निस्कनु हुन्थ्यो, उहाको प्रार्थना र आज्ञाकारीतामा एक गहिरो सम्बन्ध थियो ।
तर येशूले एक व्यक्तिको विषयमा एक दृष्टान्त भन्नुभयो जसलाई पीटे र लुटेका थिए । दुई धर्मिहरू त्यस घायल व्यक्तिको छेउबाट गए तर तिनीहरू आफ्नो धार्मिक कार्यहरूमा यति अधिक व्यस्त थिए कि तिनीहरूले त्यसको कुनै सहायता गरेनन। तर त्यो बेला एक सामरीले त्यस घायल व्यक्तिलाई देखे र रोकेर उसको सहायता गरे । येशूले एक महत्वपूर्ण प्रश्न सोध्नुभयो, तिम्रो विचारमा यी तीन जनामध्ये डाकूहरूका हाथमा पर्ने मानिसको छिमेकी कुनचाहिं ठहरियो ?
(लूका १०:३६) व्यवस्थापक ले येशूलाई उत्तर दिए, “त्यो जसले त्यस मानिसमाथि दया देखायो |” येशूले तिनलाई भन्नुभयो, जाऊ तिमी पनि त्यसै गर (लूका १०:३७)
वचन को यस भागको साफ-साफ अर्थ यो हो कि हामी आफ्नो धार्मिक जिम्मेदारिहरू मा नै यति न उल्झिऊ कि संसारका दुःख र आवश्यकताहरुलाई अनदेखा गरिदिउ | जब हामीले येशूको जीवनलाई हेर्दछौ भने हामीले पृथ्वीमा जन्म लिनेवाला एक सबैभन्दा सन्तुलित व्यक्ति देखा पर्नुहुन्छ | उहाँ आफ्नो पिता संग समय बिताउन लागि एकान्त मा जानुहुन्थ्यो | तर एस्तो गर्दागर्दै पनि आफ्नो जीवनलाई निरन्तर अर्काका लागि समर्पित रख्नुभयो | येशूले प्रार्थना गर्नुभयो र आज्ञा मान्नु भयो, उहाँले सुन्नु भयो र सेवा गर्नु भयो |
परमेश्वरको शक्ति यही सन्दर्भमा प्रमाणित भयो, जो जीवन एकान्त मा परमेश्वरसंग समय बिताउछ र फेरि त्यहाँ जान्छ, जहाँ मानिसहरुको पीड़ा सहायताको लागि पुकारी रहेका छन, यस्तो जीवनको विषय मा केही धेरै नै शक्तिशाली कुरा हो | जब एकै हृदयमा प्रार्थना र आज्ञाकारिता बग्दछन भने यसको परिणामस्वरूप परमेश्वरको शक्ति र प्रेम अदभुत रितिसंग प्रकट हुन्छ | एक पुरानो गीत जो यस प्रकार छ, “भरोसा राख र आज्ञा मान, किनकि भरोसा राख्ने र आज्ञा मान्नुको बाहेक येशूमा आनन्दित रहनु को अरु कुनै तरीका छैन |” येशूले हामीलाई भन्नुहुन्छ, “प्रार्थना गर र आज्ञा मान | प्रार्थना र आज्ञाकारिताको बाहेक परमेश्वरको शक्तिलाई जान्नुको अरु कुनै तरीका छैन |
लूका 10:29-37
29 त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?”
30 यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भूईँमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।
31 “संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मद्दत गर्न रोकिएनन् तिनी हिंडिनै रहे। 32 एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।
33 “त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो। 34 सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे। 35 अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।’”
36 त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”
37 व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।”
येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
