Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

घमण्ड–पवित्रताको लागि रोकावट

 

जीवनमा पवित्रता हर विश्वासीका लागि लक्ष्य हुनुपर्छ, पवित्रता त केवल ख्रीष्टको समानता आउनु हो । कयौ शताब्दी देखि यो विजय ख्रीष्टीयनहरूको विशेषता भईरहेको छ । बिशप जे.सी राय ले आफ्नो किताब मा लेख्दछन १८ औं शताब्दीका विश्वासी अगुवा, यिनी महान अगुवा जो भुतकाल का महान जागृतीको समय अगुवा थिए, तिनी पवित्र महिला र पुरूष थिए । अरू जस्तै तिनीहरूमा गल्तीहरू र केही दाग अवश्य थियो, तर उनीहरूमा ख्रीष्ट जस्तै हुनुको चाहाना थियो, तिनीहरूले उहाँलाई नजिककै देखि चिन्न चाहान्थे ।

कोही पनि जो ख्रीष्ट जस्तै हुन चाहान्छन उनीहरूमा नम्रताको हृदय हुन्छ । नम्रता र पवित्रता एक साथ एक बाटोमा हिडदछ जो हृदय पवित्रताको पछाडी हर तरिका ले हिडन चाहान्छ, त्यसमा घमण्डका लागि कुनै ठाउॅ हुदैन । पवित्रता परमेश्वरको तर्फ हेर्छ जब कि घमण्ड स्वयंको तर्फ देख्दछ । पवित्रताको सिद्ध चित्र ख्रीष्ट हुनुहुन्छ । घमण्डको सिद्ध चित्र त लूसीफर हो । पवित्रता त ख्रीष्ट जस्तै हुनुको इच्छा गर्नु हो । घमण्ड अरुको जस्तै हुनुको इच्छा हो, पवित्रताले चरित्रमा नम्रता दर्शाउछ । घमण्डले नराम्रा कुराहरूका बारेमा भन्दछ र त्यसमा कुनै चरित्र हुदैन । घमण्डको हृदय राखेर पवित्रतामा हिडन असम्भव छ, अहंकार र घमण्ड पवित्र हृदयका लागि रोकावट हुन । जब हामीले बुझ्दछौ कि पवित्र हृदय के हो, तब यो हेर्न सम्भव छ । कि पवित्रता र घमण्डका एकै हृदयमा वास गर्न असंभव छ, पवित्रता त विश्वासीको जीवनमा परमेश्वरको भित्री काम हो ताकि तिनीहरू ख्रीष्ट जस्तै होऊन । तिनी परमेश्वरको रूपमा अनन्तकाल सम्म अस्तित्व राख्छन । फेरि पनि येशूको असली स्वभाव मानिसको जस्तै थियो । येशू जो परमेश्वरको पुत्र र मनुष्यको पुत्र हुनुहुन्थ्यो, उहाँको विवरण केवल पूरै नम्रताको द्वारा नै दिन सकिन्छ । यसकारण ख्रीष्टको जस्तै हुदाहुदै त्यही समय घमण्ड गर्न असम्भव छ ।

बाइबल ले भन्दछ, कि परमेश्वरले घमण्डीहरूका विरोध गर्नुहुन्छ र नम्रमाथि अनुग्रह गर्नुहुन्छ यदि परमेश्वरले घमण्डीहरूका विरोध गर्नुहुन्छ, भने फेरि पवित्र हुदाहुदै घमण्ड गर्न असम्भव छ । कयौ बार हामीले आफ्नो घमण्डलाई अलग कपडा लगाई दिन्छौ । हामीले गलतरिकाले सोच्छौ कि कुनै तरिकाको घमण्ड ठीक छ । जे पनि होस हितोपदेशको पुस्तकले भन्दछ, कि परमेश्वरले घमण्डको विरोध गर्नहुन्छ । यसमा केही फरक पर्दैन कि चाहे त्यो धार्मिक घमण्ड, आत्मिक घमण्ड, वंशात्मक घमण्ड, होस अथवा पीढ़ी को, हर तरिकाको घमण्डको जरा अर्काहरूसंग तुलना गर्नमा नै हुन्छ । तर पवित्रताले केवल येशूको तर्फ हेर्छ । यसैकारण हामी घमण्डी भएर पवित्र हुन सक्दैनौ । घमण्डले साच्चै नै पवित्रताको क्रियामा रोकावट ल्याउछ ।  अक्सर घमण्ड नै सारा पापको जरा हुन्छ, कयौ बार जब मैले आफ्नो पापहरूलाई स्वीकार गरेको पाए र प्रभुसंग मेरो हृदयलाई खोज्नको लागि भने, मैले पाए कि कुनै पनि पापको जरा त घमण्ड रहेछ जसले मेरो जीवनलाई बीमार गरिरहेको थियो । प्रभुले मलाई गिरन दिनुभयो ताकि मेरो हृदयमा के छ त्यसलाई देख्न सकु । संसारमा लडाई–झगडाको लागि घमण्ड नै मुख्य कुरा हो, लुसीफर घमण्ड भएको थियो यसकारण त्यसलाई स्वर्गदेखि फ्याकियो र आदम र हवालाई बगैचाबाट निकालि दिनुभयो । किनकि तिनीहरू घमण्डी भएका थिए जब हामीले स्वयंलाई घमण्डी हुन दिन्छौ भने हामीले स्वयंलाई पवित्रताको महामार्गदेखि निस्कासन हुन दिन्छौ ।

म तपाईलाई उत्साहित गर्दछु कि तपाईले के ही समय लिएर त्यही प्रार्थना गर्नुहोस, जो भजनकारले गरेका थिए हे प्रभु, मेरो हृदयलाई खोज्नुहोस र हेर्नुहोस कि के मेरो हृदयमा कुनै दुष्टता छ प्रभुसंग भन्नुहोस कि उहाँले लूकेको घमण्डको हर बीऊलाई प्रकट गर्नुभएको होस जो शायद लुकेर बसेको छ । उहाँसंग माग्नुहोस कि उहाँले तापाई को स्वार्थका जीवनदेखि स्वतन्त्र गर्नुभएको होस । एक टुटेको हृदय मग्न आत्मा प्रभुले तुच्छ मान्नुहुन्न । उहाँले नम्र हृदय हेर्न चाहानुहुन्छ । त्यो हृदय पवित्राको मार्गमा राख्नुभएको छ ।

याकूब 4:1-8

परमेश्वरमा समर्पण

4 के तिमीहरूलाई तिमीहरूको झगड़ा र लडाँईँको श्रोत थाहा छ? तिमीहरूका झगड़ा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउँछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ, 2 तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ। 3 अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति।

4 अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैंलाई परमेश्वरको शत्रु तुल्याउँछ। 5 के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।” 6 तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।”

7 यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। 8 परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित