दैनिक शिष्यत्व का भिडियो पृष्ठ
मोशाले परमेश्वरसंग भेटे
हर एक महान नेताको जीवनमा एउटा निर्णायक क्षण हुन्छ । त्यसको विना व्यक्तिहरूसंग नेताका पालन गर्नमा कठिन समय हुन्छ किनकी तिनीहरूले त्यसलाई बुझ्दैनन् । उनीहरूका लागि यो बुझ्न कठिन छ कि नेताले के गर्दछ त्यसले जे गर्छ त्यो किन गर्छ । एक निर्णायक क्षण एकैको नेतृत्वको लागि दिशा निर्धारित गर्दछ । यो कसैको जीवनको जुनुनको विशेषता हो ।
कयौं वर्ष पहिला सयुक्त राज्य अमेरिकाका पूर्व उप राष्ट्रपति डेन क्वेलेले आफ्नो जीवन कहानी लेखेका थिए । उनीले भने कि कसरी मीडियाले उनीलाई लगातार गलत सम्झे । प्राय प्रेसले उनलाई मूर्ख बनाउनुको कोशिश गरे । तर जसले उपराष्ट्रपतिलाई चिन्ने गर्थे तिनीहरूले भने कि उनी त्यस समयका सबैभन्दा विचारशील र बुद्धिमान नेताहरूमध्ये एक थिए । उपराष्ट्रपति क्वेलेले भने कि प्रेसले उनीलाई गलत सम्झेका थिए कि उनको सामू कहीले पनि निर्णायक समय थिएन ।
एक नेताको सफलता अरूहरूको धारणामा उठ्न सक्छ अथवा फेरि खस्न सक्छ । यो मोशाको जीवनमा निश्चित रूपले साँचो थियो जो सबै समयको महानतम नेताहरूमध्ये एक थिए । उनले इस्राएलका मानिसहरुलाई गुलामीदेखि बाहिर निकाले | त्यो एउटा रणनितिक क्षेत्रमा परमेश्वरको उपकरण थियो । र मोशाको परमेश्वरसंग एक सामना भयो जो उनको निर्णायक क्षण बन्यो मोशा मिद्यानी रेगिस्तानमा एउटा गरीब गोठालो थिए । एकै पहाडमा हुदाखेरि परमेश्वरले आफैलाई मोशाको सामू प्रकट गर्नुभयो । एउटा झाडीमा आगो लागेको थियो तर भस्म भईरहेको थिएन । परमेश्वर झाडीमा हुनुहुन्थ्यो । मोशाको परमेश्वरसंग कहिल्यै सामना भएको थिएन । त्यो अनुभव उनको जीवन र सेवालाई परिभाषित गर्नेछ ।
परमेश्वरले आफ्नो चरित्र र स्वभावलाई मोशाको सामू प्रकट गर्नुभयो । उहाँले भन्नुभयो , “यता नजिक नआइज तेरो खुट्टाबाट जुत्ता फुकाल , किनभने त उभिएको यो ठाउॅ पवित्र भूमि हो । ” प्रस्थान 3:5 परमेश्वरको पहिलो गुण जो मोशालाई थाहाँ थियो । उहाँ एक पवित्र परमेश्वर हुनुहुन्छ , उहाँ कहिल्यै नाश हुनुहुन्न । जब परमेश्वर आउनुहुन्छ र पवित्रता आउदछ । जब हामीहरू परमेश्वरको उपस्थितिमा उभिएका हुन्छौं भने , हामी परम पवित्राको उपस्थितिमा खडा हुन्छौ । उहाँको बारेमा कुनै अपूर्ण र अशुद्ध छैन । जब हामी परमेश्वरसंग मुठभेड गर्दछौं र हामीले त्यस्तै गर्नुपर्छ जस्तै मोशाले गरेका थिए | हाम्रो जीवनदेखि त्यो सबै कुरा मेटाइदिनु भएको होस् जसले हामीलाई आफ्नो खुट्टालाई र हाम्रो जीवनलाई पवित्र भूमिमा राख्नका लागि रोक्दछ ।
तर परमेश्वको एउटा अर्को विशेषता थियो जसले मोशाको जीवनमा परिभषित गर्नुभयो , उनको शाश्वत शक्ति जब परमेश्वरले आफैलाई मोशाको सामू प्रकट गर्नुभयो र उहाँले भन्नुभयो कि म तेरा पिता पुर्खाका परमेश्वर हु । अब्राहमका परमेश्वर इसहाकका परमेश्वर र याकूबका परमेश्वर हु । तब मोशाले आफ्नो मुख ढाके किनकि तिनीले परमेश्वरलाई हेर्न डराए | प्रस्थान 3:6 एक युवा केटा हुनुको नाता मोशाले अब्राहम , इसहाक र याकूबका कहानीहरूलाई सुनेका होलान । र अब उहाँ परमेश्वर जो यीनै व्यक्तिहरूका जीवनमा यति ताकतदेखि काम गर्नुभएको , थियो अफैलाई मोशामा प्रकट गर्दै हुनुहुन्थ्यो | मोशा भयमा त्रस्त थिए । उनी एक भयानक शाश्वत सर्वशक्तिशाली परमेश्वरको उपस्थितिमा उभिएका थिए । त्यस मूठभेडको पछि मोशा कहिले पनि यस्तो हूनेछैनन् ।
तर मोशालाई यो पनि थाहाँ भयो कि उहाँ सर्वशक्तिमान पवित्र इश्वर दयाको परमेश्वर हुनुहुन्छ । परमेश्वरले मोशालाई भन्नुभयो मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकार गरेको मैले सुनेको छु । तिनीहरूको दुःख मलाई थाहाँ छ । प्रस्थान 3:7 मानिसहरूले निश्चय रूपमा सोचेका थिए कि परमेश्वरले तिनीहरूलाई भुलिजानुभयो र उहाँले तिनीहरूका पीडालाई ध्यान दिनुभएन । तर परमेश्वरले मोशालाई अलगै तरिकाले देखाउनुभयो | मोशाले परमेश्वरलाई आफनो मानिसहरूको लागि दया र चिन्ताको परमेश्वरको रूपमा चिने । त्यो करुणाले मोशालाई इस्राएलका बच्चाहरूका लागि उद्वारकर्ता बन्नका लागि प्रेरित गर्नेछ । त्यस मुठभेडको पछि मोशाको जीवन सेवा र नेतृत्व कहिले पनि एउटै जस्तै रहनेछैन । किनकि मोशा परमेश्वरसंग भेटेका थिए । यो उनको जीवन र नेतृत्वमा एक निर्णायक क्षण थियो ।
परमेश्वरको स्त्री अथवा पुरूषहरूको जीवनमा परिभाषित हुनुको क्षण परमेश्वरको साथ एक मुठभेड हुनेछ । जब हामीले उहाँलाई भेटेका छौ भने , यस बारेमा कुनै प्रश्न हुनेछैन कि हाम्रो जीवन के हो , यो स्पष्ट रूपमा परिभषित गरिनेछ । तपाई को हुनुहुन्छ र तपाई कहाँ हुनुहुन्छ ? जीवन र नेतृत्वमा तपाईले को संग भेट्नुभएको छ यो निर्धारित गरिनेछ यो जरूरी छैन कि तपाईलाई के थाहाँ छ तर जसलाई तपाईले चिन्नुहुन्छ उहाँले तपाईको जीवनलाई परिभाषित गर्नुहुन्छ ।
प्रस्थान 3:1-7
जलिरहेको पोथ्रा
3 त्यस समय मोशा उसको ससूराका भेंडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेंडाहरू मरुभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए। 2 पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे।
पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन। 3 मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?”
4 जब परमप्रभुले मोशालाई त्यो दृश्य ध्यान पूर्वक हेर्न आएको देख्नुभयो परमप्रभुले पोथ्राबाट यसो भन्दै बोलाउनु भयो, “मोशा! मोशा!”
मोशाले उत्तर दिए, “म यहाँ छु।”
5 तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल। 6 म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।”
मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए।
7 परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरजस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
