दैनिक शिष्यत्व का भिडियो पृष्ठ
दाऊद परमेश्वरको अनुग्रहको एउटा तस्वीर
उत्तरी भारतमा हाइवेमा हजारौं हिंदूहरू हिडिरहेका थिए निकटतम सहरदेखि टाढा । मैले होस्टसंग सोधे कि तिनीहरू कहाँ जादै थिए , उनीले भने कि तिनीहरू आफ्नो एउटा देवताको पूजा गर्नका लागि एउटा मन्दिरमा जादै थिए । मलाई लाग्यो कि मेरो अर्को प्रश्न उचित थियो । तिनीहरू सबै बस किन समात्दैनन् ?
मेरो होस्ट हास्यो केवल एक अमेरिकी त्यसले प्रश्न सोध्नेछ । तिनीहरू जती टाढा हिड्छन् त्यति नै अधिक कर्म गर्दछन् । तिनीहरू हिडदै आफ्नो परमेश्वरलाई खुशी दिदैछन् ।
जस्तै कि मैले आफ्नो भारतीय मित्रको कुरा सुने , मलाई इसाई धर्मको महान् विशिष्ट भएकोमा मलाई महसूस भयो , अनुग्रह, अद्भुत अनुग्रह, अद्भुद अनुग्रह । यो हाम्रो धर्मको कार्यहरूको द्वारा होइन कि हमीले परमेश्वरको पक्षलाई प्राप्त गर्दछौ । जब हामी टुटेका, असाहय र आशाहीन थियौं र उहाँले हामीलाई त्यस अनुग्रहको कारण स्वीकार गर्नुभयो जो क्रूसदेखि बग्दछ । यस प्रकार परमेश्वरको साथ हाम्रो सम्बन्ध उहाँको कृपाले पूर्ण रूपले स्थापित छ । हामी उहाँको मेज र दावतमा बस्न सक्छौ र उहाँको कृपाको कारण उहाँका बच्चाको रूपमा रहन सक्छौ ।
पुरानो नियम त्यो कहानीहरूले भरिएको छ जो नयाँ नियमको महान सत्यलाई वर्णन गर्दछ । आफ्नो गहिरो मित्र जोनाथनको छोरासंग दाऊदको सम्बन्ध परमेश्वरको अद्भुत कृपाको चित्र पेश गर्दछ । जब जोनाथन र शाऊलको मृत्युको खबर पूरै देशमा फैलियो र मपीबोशेत डराए । उनी भागे र यस प्रक्रियामा बच्चालाई खसाले त्यो जीवन भरी अपांग भयो । कयौं वर्ष पछि दाऊदले एक प्रश्न सोधे जो मपीबोशेतको जीवनको पाठयक्रमलाई परिवर्तन गर्ने छ । दाऊदले सोधे , के शाऊलका घरानाको कोही बाँचेको छ, जसलाई म जोनाथनको खातिर दया देखाउन सक्छु? 2शमूएल 9:1 उनीले सीबालाई बोलाए , जो शाऊलको घरमा नोकर थियो । जोबाले दाउदलाई जोनाथनको अपंग छोराको बारेमा भने , दाऊदले मपीबोशेतका लागि पठाए । तिनी डाराएर मृत्युको मूखमा पुगेका होलान् । उनी दाऊदको उपस्थितिमा विनम्रताले झूके ।
दाउदले भने, नडराउ । म तिमीलाई तिम्रा पिता जो जोनाथनको खातिर दया देखाउन चाहान्छु । म तिमीलाई तिम्रा बाजे शाऊलका सबै जग्गाजमिन फर्काइनिनेछु । तिमी मेरा टेबिलमा बसेर म संग खानेछौ । 2शमूएल 9:7
मपीबोशेतको प्रतिक्रियाले उनको द्वारा विकासित गरेको खराब आत्म छविको पत्ता लाग्यो । मपीबोशेतले फेरि घोप्टो परेर दण्डवत् गरी भने , “म को हू , र हजूरले म एउटा मरेको कुकुरलाई पनि ख्याल गर्नुहुन्छ ?”
2शमूएल 9:8
तर दाऊदले मपीबोशेतलाई उनको शारीरिक क्षमताहरू अथवा दाऊदका लागि गरिएको कुनै पनि कुराको कारण स्वीकार गरेका थिएनन् । उनले अनुग्रहले उनलाई स्वीकार गरे । दाउदसंग जोनाथनको साथ एउटा अनुग्रह वाचा थियो र त्यस वाचादेखि अद्भुत अनुग्रह प्राप्त भयो । बाइबलले भन्दछ कि मपीबोशेतले राजाकै टेबिलमा नित्य राजासंगै उनले खाने गर्थे । उनी दुवै खुट्टाका लङगडा थिए । 2 शमूएल 9:12 यो बाइबलको सबैभन्दा सुन्दर चित्र मध्ये एक हो जो परमेश्वरले हाम्रो लागि गर्नभयो । परमेश्वरले हामीलाई बचाउनु भएन किनकी हामीले उहाँलाई चाहेका थियौं । उहाँले हामीलाई चाहनुभयो र हामीलाई आफ्नो नजिक राख्नुभयो । यद्यपि हामी आध्यात्मिक रूपमा लङगडा, असाहाय र निराश थियौं उहाँले हाम्रो कृपा ख्रीष्टको लागि बढाई दिनुभयो । ख्रीष्टमा हर साँचो विश्वासी परमेश्वरको कृपाको कारण आज त्यो छ । केवल एउटै कारण छ कि यिनी कुराहरूलाई लेख्नमा सक्षम छु , किनकी यो परमेश्वरको कृपा हो । केवल एउटै कारण छ कि म परमेश्वरको प्रेमको खुशखबरलाई सुनेर दुनियामा यात्रा गर्न सक्छु , किनकी परमेश्वरको कृपा द्वारा ।
मपीबोशेत राजाको मेजमा बसे फेरि पनि उनी लङगडा थिए । राजाका राजा र प्रभुहरूका प्रभुको साथ हाम्रो सम्बन्धहरूको एउटा सुन्दर चित्र । जब उनी राजाको मेजमा बसे र कसैले देख्न सक्दैन्थे कि उनी लङगडा थिए । त्यस टेबलमाथि केवल उनको ऊपरी शरीर मात्रै देख्न सकिन्थ्यो । त्यस टेबलमा उनीलाई लङगडा होइन तर राजा भन्ने ठान्थे ।
धेरै नै विश्वासीहरूले एक खराब आत्मा छविको साथ संघर्ष गरे । तिनीहरूले सधै आफैलाई नराम्रो महसूस गर्छन् यो महसूस गर्थे कि उनीहरूले एक कच्चा सौदा प्राप्त गरेका छन् । प्रिय भाई अथवा बहिनी , यदि तपाई उनीमध्ये एक हुनुहुन्छ भने , आज नै राजाको मेजमा बस्नुहोस र उनको कृपा र प्रेमको लागि निम्तो दिनुहोस । राजा येशूले तपाईसंग राजभक्तिको व्यवहार गर्नुहुनेछ । पिताले तपाइमाथि येशूको खातिर दया देखाउनुहुनेछ । तालिकाको जस्तै तपाई लङगडा हुन सक्नुहुन्छ तर राजाको मेजमा जो कसैले पनि हेर्दछन् तिनी एउटा सम्पूर्ण व्यक्ति हुन् । कृपा । अविश्वसनीय मनोहरता अद्भुत कृपा आज उहाँको कृपाको धन्यवाद ।
2 शमूएल 9:1-11
शाऊलका परिवार प्रति दाऊद दयालु बन्छन्
9 दाऊदले सोधे, “के शाऊलका परिवारका कुनै सदस्य जीवित छन्? जोनाथनको कारणले म उ प्रति दयालु बन्न चाहान्छु।”
2 शाऊलका परिवारमा एकजना सीबा नामका नोकर थिए। दाऊदका सेवकहरूले सीबालाई दाऊदको अघि बोलाए। राजा दाऊदले सीबालाई भने, “के तिमी नै सीबा हौ?”
सीबाले भने, “ज्यू, म तपाईंको सेवक सीबा हुँ।”
3 राजाले भने, “के शाऊलका परिवारका कुनै सन्तान बाँचेका छन? यदि छन् भने म परमेश्वरको दया उसलाई देखाउन चाहान्छु।”
सीबाले राजा दाऊदलाई भने, “जोनाथनका एकजा छोरा अझै जीवित छन्। तर उसका दुवै खुट्टा लङ्गडो छन।”
4 राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?”
सीबाले राजालाई भने, “उनी लो-देबारका अम्मीएलका छोरा मकीरका घरमा छन्।”
5 त्यसपछि राजा दाऊदले आफ्ना केही अधिकारीहरूलाई अम्मीएलका छोरा मकीरका घरबाट जोनाथनका छोरालाई ल्याउन लो-देबार पठाए। 6 जोनाथनका छोरा मपीबोशेत दाऊदका सामुने शिर झुकाएर दण्डवत गरे।
दाऊदले भने, “मपीबोशेथ?”
मपीबोशेतले भने, “ज्यू हजुर, मै हु, तपाईंको सेवक मपीबोशेत।”
7 दाऊदले मपीबोशेतलाई भने, “डराउने काम छैन। म तिमीलाई दया गर्छु। तिम्रो पिताको कारणले म तिमीप्रति दयालु रहनेछु। तिम्रा बाजेका जति पनि जग्गा जमिन थियो म सबै तिमीलाई फिर्ता दिन्छु। तिमी सधैँ मसँगै टेबलमा बसेर खानेछौ।”
8 मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जत्ति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।”
9 त्यसपछि राजा दाऊदले शाऊलका नोकर सीबालाई बोलाएर भने, “शाऊलका जे जति जेथा थिए ती सब मैले तिम्रो मालिकका नाति (मपीबोशेत)लाई दिएँ। 10 तिमीले मपीबोशेतको जमीनमा तिम्रो छोराहरू अनि नोकरहरूसित खेती गर्ने छौ अनि बाली काट्ने छौ तब तिम्रा मालिकको नातिको लागि प्रचुर भोजन हुनेछ। तर तिम्रा मालिकका नातिले सधैँ मसित खाना खानेछन्।”
सीबाका 15 छोरा र 20 जना नोकरहरू थिए। 11 सीबाले राजा दाऊदलाई भने, “म तपाईंको सेवक हुँ, तपाईंले जे आदेश दिनु हुन्छ म गर्नेछु।”
यसर्थ मपीबोशेत दाऊदका छोराले जस्तै दाऊदसँगै खाना खान थाले।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
