Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

यहोशू: विजय पछि के ?

धेरै चोटी, परमेश्वरले हामीलाई विजयको मिठासको स्वाद लिनको लागि अनुमति दिनुहुन्छ। हामीले उहाको सुरक्षा अनि प्रावधानको हाथ देख्दछौ एउटा लक्ष्य पूरा भई सक्यो। या एउटा घोर पाप टाडा भई सक्यो। विजय त्यहाँ छ, अनि हामीले यो क्षणलाई ठट्ठा उडाउद छौं। फेरि प्रश्न उठदछ, अगाडि के? हामीहरू यहाँ देखि कहाँ जानेछौ? हामी त्यो विजयमा कसरी हिडने छौ ? हामीले परमेश्वर माथि त्यही निर्भरतालाई कसरी बनाएर राखौ जो लडाई लाग्ने समयमा हामी संग थियो?

यहोशूले ती सबै प्रश्न सोधेको होलान्, उनले यरीहोमा एउटा महान विजयको अनुभव गरेका थिए, केवल ऐ मा हारको अनुभव गर्नको लागि। पश्चाताप गरेपछि अनि इस्राएलका संतानलाई पश्चाताप गर्नको लागि नेतृत्व गरे, उनले उनीहरूलाई ऐ माथि अधिकार गर्नको लागि नेतृत्व गरे। अब, जब उनले एउटा अझै विजय देखे, र उनले यरीहोको विजय देखि अलग के गर्नेछन्? उनलाई थाहाँ छ होला कि यो एउटा अचम्मको क्षण थियो। हारले एउटा महान् जीत भन्दा पहिला या बादमा सधै आफनो सिर देखाउद छ। यहोशूलाई थाहाँ थियो कि उनलाई ऐ मा जीती सके पछि के कुरामा ध्यान राख्नु पर्ने।

बाइबलले भन्दछ कि, उनले मानिसहरूलाई एकट्ठा गरे अनि एक वेदी बनाए। यहोशूले परमप्रभुले इस्राएल परमेश्वरको निम्ति एबाल डाडा वेदी बनाए। (यहुशू 8:30) विजय पछि पहिलो काम आरधना थियो। यहोशूलाई थाहाँ थियो कि यरीहो  अनि ऐ को विजयमा उनीहरूको ध्यान सम्पूर्ण तरीकाले परमेश्वरमा केन्द्रित गराए। धेरै चोटी हामीले आफनो ध्यान विजेता देखि हटाई दिन्छौ अनि निर्वाहक स्वयं परमेश्वर हुनुहुन्छ। हामीले यो कुरामा ध्यान राख्नु पर्छ कि हामी विजयमा फसने होइन तर विजेता माथि केंन्द्रित रहनु पर्छ।

परमेश्वरको आराधनाको केंन्द्र परमेश्वरको वचन हो। यसकारण यहोशूले पछिबाट आशिष र सरापको विसयमा व्यवस्थाका सबै वचन जो व्यवस्थाको पुस्तकमा लेखिएका छन्, सो यहोशूले पढेर सुनाए। (यहोशू 8:30) यहोशूले इस्राएलको संतानहरूलाई तीनीहरूको जडाहरूलाई फिर्ता लगेर गए। उनीले पढे जो परमेश्वरले अतीतमा भन्नु भएको थियो, अनि तीनीहरूलाई याद गराए कि परमेश्वर बदलिनु हुन्न। उनीले उनीहरूलाई दिएको व्यवस्थाको सबै शब्द पढे, मलाई बोध छ कि एक महान् विजय पछि हामीलाई पनि छिटै परमेश्वरको वचनको तर्फ मोडिनुपर्छ । परमेश्वको वचनले केवल विजयको मार्गको तर्फ लगेर जादैन तर हामीलाई विजयको मार्ग माथि बनाएर राख्दछ।

यहोशूले परमेश्वरको वचनको माध्यम देखि, चुनिएका जनहरूलाई याद गराए कि त्यसलाई लगातार बनाउनु पर्ने। प्राप्त गर्नको लागि आशिषहरू थियो, तर संभावित शाप थियो। चुनाव तीनीहरूको थियो। यदि तीनीहरूका तर्फबाट आफनो दृष्टि राख्दथे अनि उहाको वचनको पालन गर्थे, तब भंडारमा अझै धेरै आशीषहरू हुन्थियो। तर यदि तीनीहरूले परमेश्वर देखि नजर हटाउदथे भने अनि उहाँको अनाज्ञाकारी गर्थे भने, तीनीहरूको भविष्यमा शाप हुन्थ्यो। चुनाव सरल थियो, उनीहरूको भर्खरको विजयले उनीहरूलाई भविष्यको कुनै पनि शाप देखि मुक्त गरेन। उनीहरूले विजयको अनुभव गरेका थिए, तर यो अवश्य थियो कि तीनीहरूलाई विजयको मार्गमा चलिरहनु पर्नेथियो।

यहोशूको दिन प्रति दिनको विजयको अनुभवको बारेमा एक अंतिम टिप्पणी थियो। उनीले केवल परमेश्वरको आराधनाको तर्फ उनीहरूलाई परमेश्वरको वचनलाई याद गराएनन् तर ऊनि शास्त्रहरूलाई पनि सम्भाल्नमा धेरै सावधान थिए। उनीले कोई राम्रो महसूस गर्ने वाला वचनलाई उठाएनन् अनि चुनेनन्। उनीले तिनीहरूका कठिन चीजहरूलाई पनि पढे अनि याद गराए। बाइबलले भन्दछ, जती कुरा मोशाले आज्ञा दिएका थिए, तिनीहरूका साथमा रहने परदेशीहरूका सामून्ने नपढेको कुरा कुनै पनि रहेन। (यहोशू 8:35) यो सधै हुने गर्दछ कि एउटा महान विजय पछि, हामीले एक अर्कोको पीठलाई थपथपाउन चाहदछौ, यसको बारेमा कुरा गर्दछौ। कि हामी कति महान् छौ, अनि जो पनि पाएका छौ अनि त्यसको विजयमा कुरा गर्दछौ। तर यहोशूले उनीहरूलाई सबै कुरा याद गराए जो परमेश्वरले भन्नुभएको थियो। महान् आशिष अनि भयानक श्राप, अदभुत वाचा अनि गंभीर निर्णय, उनले सबै कहानी भने, यसको हिस्सा होईन। यो विजयी नेतृत्वको रहस्य हो।

यहोशू 8:30-35

आशीर्वाद एवं अभिशापहरूको पठन

30 तब यहोशूले परमप्रभु, इस्राएलका परमेश्वरका निम्ति एबाल पर्वतमा एउटा वेदी निर्माण गरे। 31 परमप्रभुका दास मोशाले इस्राएलका मानिसहरूलाई भनेका थिए, कि वेदी कसरी निर्माण गर्नु पर्ने। यसर्थ यहोशूले, मोशाको व्यवस्थाको पुस्तकमा व्याख्या गरे अनुसार निर्माण गरे। त्यो वेदी नकाटिएको ढुङ्गाद्वारा बनाइएको थियो। ती ढुङ्गाहरूमा कुनै हात हतियार कहिले प्रयोग भएको थिएन। तिनीहरूले त्यो वेदीमा परमप्रभु प्रति होमबलि अर्पण गरे। अनि मेलबलि पनि चढाए।

32 त्यस ठाउँको ढुङ्गामा यहोशूले मोशाको व्यवस्था लेखे। उसले इस्राएलका समस्त मानिसहरूका निम्ति हेर्नलाई त्यसो गरे। 33 बूढा-प्रधान, अधिकारी, न्यायकर्त्ता अनि इस्राएलका समस्त मानिसहरू पवित्र सन्दूक वरिपरि लेवी पूजाहारीहरूका सामुन्ने उभिएका थिए जसले परमप्रभुको करारको पवित्र सन्दूक बोकेका थिए। इस्राएलका मानिसहरू अनि तिनीहरूसित भएका अन्य मानिसहरू सबै त्यहाँ उभिएका थिए। आधा मानिसहरू एबाल पर्वतको सामुन्ने उभिएका थिए अनि अर्को आधा मानिसहरू गीरिज्जीम पर्वतको सामुन्ने उभिएका थिए। परमप्रभुका दास मोशाले मानिसहरूलाई यसो गर्नु भनेका थिए। मोशाले तिनीहरूलाई यो आशीर्वादका निम्ति गर्नु भनेका थिए।

34 तब यहोशूले व्यवस्थाका सबै शब्दहरू पढे। यहोशूले आशीर्वादहरू अनि श्रापहरू पढे। तिनले हरेक कुरा त्यही प्रकारले पढे जुन प्रकारले व्यवस्थाको पुस्तकमा लेखिएका थिए। 35 इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित