Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

आत्मामा हिड्नु

कसैले भनेको हो कि ख्रीष्टमा आए पछि यो कुरा महत्वपूर्ण छैन कि तपाईले कति अल्गो छलांग लाउन सक्नुहुन्छ, तर यो महत्वपूर्ण छ कि तपाई कति सीधा हिड्न सिक्नुहुन्छ। यो पवित्र आत्माको भरपूरको साथ सत्य हो, मैले कयौ राम्रा विश्वासयोग्य मानिसहरूलाई बहस गरिरहेका सुनेको छु कि पवित्र आत्माले भरिनुको के अर्थ हो। तर कहिले काही मलाई लाग्दछ कि हामीले त्यस वाचाँहरूलाई भुली सकेका छौ जो परमेश्वरले पवित्र आत्माको बारेमा भन्नु भएको हो। यसकारण यो जरूरी छैन कि हामीले पवित्र आत्माको सामर्थमा कति अल्गो छलांग लगाउन सक्दछौ तर यो जरूरी छ कि हामी यो भ्रष्ट संसारमा कति सीधा हिड्न सक्छौ।

प्रेरित पावलले गलातीको मण्डलीलाई लेखे: कि पवित्र आत्माले भरिनुको वास्तविक अर्थ के हो। उनले पवित्र आत्माले भरिएको जीवनको विशेषता भन्दै आत्माको फलको बारेमा लेखे। यसपछि उनीले गलाती 5:16 मा भन्दछन् तर म भन्दछु, पवित्र आत्माद्वारा हिड, र पापमय स्वभावका लालसा पूरा नगर। उनले यस महान् आवश्यकतालाई यो भन्दै दोहोर्याउछन्। हामी पवित्र आत्माद्वारा जीउॅछौं भने आत्माकै अनुसार हिडौं (गलाती 5:25)|” उनलाई थाहाँ थियो कि जसरी हमीले कुरा गर्दछौं त्यो भन्दा धेरै महत्वपूर्ण यो हो कि हामी कसरी हिड्छौ। न केवल पवित्र आत्माको शक्तिको बारेमा कुरा गर्ने धेरै आवश्यकता थियो, तर विशेष रूपले पवित्र आत्माको नियन्त्रणमा जीवन बिताउन जरूरी थियो।

यो मेरो अनुभव हो कि ख्रीष्टीयन व्यक्तिहरू आज पवित्र आत्माको शक्तिद्वारा दैनिक जीवनमा होड्नुको ठाउमा पवित्र आत्माको बारेमा कुरा गर्नु राम्रो भन्ने बुझदछु। हामीले आत्माद्वारा हिड्न सिक्नु पर्दछ। यो दिलचस्प हो कि जब पावलले एफिसीको मण्डलीलाई लेखे, त्यसमा पवित्र आत्माको नशाको साथ भर्नेको कुरा हो। मलाई यस कुरामा घमण्ड छैन कि म ख्रीष्टीयन बन्नुभन्दा पहिला कई मौकाहरूमा नशामा चुर भएको हु। पहिलो कुरा जब मैले अत्याधिक पीएको थिए हजार कोशिश गरेर पनि म सीधा हिड्न सकिरहेको थिएन।

जब हामी पवित्र आत्माले भरिएका हुन्छौ भने, एक विपरीत सच्चाई हो। हामी आत्मिक रूपले सीधा हिड्दछौ र कुनै धेरै प्रयास गर्नु पर्दैन। अब हामी आफनो शक्तिमा रहदैनौ तर हामी पवित्र आत्माको प्रभावमा हिड्दछौ,। जुन मार्गमा उहाँ हिड्नुहुन्छ। उहाँ इमानदारीको मार्गमा हिड्नुहुन्छ। जब हामी पवित्र आत्माद्वारा नियंत्रित हुन्छौ, भने हामी पनि पवित्र शुद्धता र इमानदारीको मार्गमा हिड्नेछौ। कई व्यक्तिहरू ख्रीष्टीयन जीवनमा राम्रो सुरूआत गर्दछन् तर राम्रो संग समापन गर्न सक्दैनन्। प्रायः यस्तो यसकारण हुदछ किनकि उनीहरूले जीवित जललाई आफनो गहिराईदेखी गहिरोबाट खिच्न सकेनन्। हामीले आफनो जीवनमा पवित्र आत्माको पूर्णतालाई प्रतिदिन उपयुक्त गर्नुपर्दछ। उहाँ हाम्रो सक्षमकर्ता हुनुहुन्छ। उहाँ जीवनको स्रोत हुनुहुन्छ। त्यस स्रोतले परमेश्वरको साथ हाम्रो हिडाईमा हर कजोरी र बाधालाई पार गर्दछ। र उहाँले हामीलाई अन्तसम्म सम्भाल्नु हुनेछ। जो कार्य हामीले सुरू गरेका छौ, उहाँले त्यसलाई पूरा गर्नमा सक्षम बनाउनु हुन्छ।

हाम्रो जीवनको सबै शक्तिका लागि  हामी पवित्र आत्मामा निर्भर छौ यसकारण हामी प्रतिदिन उहाँमा निर्भर रहनुपर्दछ। फेरि हामी दिव्य रूपले स्वभाविक र जीवनको पवित्रतामा हिड्न पाउनेछौ। आज, म तपाईलाई सोध्छुः कि तपाई कति सीधा हिड्हुन्छ? तपाईको उत्तरले भन्दछ कि तपाईले पवित्र आत्माको परिपूर्णताको बारेका कति थाहाँ पाउनु भएको छ।

एफिसी 5:1-10

5 तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर। 2 प्रेममय जीवन बिताऊ। ख्रीष्टले हामीलाई प्रेम गर्नु भए जस्तै अरूलाई प्रेम गर। ख्रीष्टले हाम्रा निम्ति आफूलाई सुगन्धित उपहार अनि परमेश्वरको बलिको रूपमा चढाउनुभयो।

3 तिमीहरूका विचमा यौन अपराध हुनुहुँदैन। कुनै प्रकारको अनैतिकता अथवा लालच अझै धेरै हुनुहुँदैन। किनभने यस्ता कुराहरू परमेश्वरका जनलाई उचित छैन। 4 तिमीहरू माझ नराम्रो बातचीत हुनु हुँदैन। मूर्ख कुरा नगर अनि अनुचित मजाक पनि नगर। यी कुराहरू तिमीहरूलाई ठीक छैन। यसको सट्टामा तिमीहरूले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। 5 यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो।

6 मिथ्या कुराले तिमीहरूलाई मूर्ख नबनाओस्। अनाज्ञाकारी मानिसहरूमाथि यस्ता कुराहरूले परमेश्वर रिसाउनु हुन्छ। 7 तिनीहरूसित त्यस्तो काम गर्नु हुँदैन। 8 बितेका दिनहरूमा अन्धकारले पूर्ण थियौ, तर अहिले तिमी प्रकाशले पूर्ण छौ। यसैले, प्रकाशका बालकहरू जस्तै बाँच। 9 प्रकाशले सब किसिमको भलाई, नैतिक जीवन र सत्यता ल्याउँदछ। 10 प्रभु के कुराले खुशी हुनुहुन्छ त्यो बुझ्ने कोशिश गर।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित