दैनिक शिष्यत्व का भिडियो पृष्ठ
परमेश्वरको वचन
र उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाऊ “परमेश्वरको वचन” थियो। (प्रकाश 19:13)
भर्खरै भर्खरै मैले ख्रीष्टीयन अगुवाहरूको साथ एक सम्मेलनमा भाग लिए जहाँ मैले परमेश्वरको नेतृत्वको बारेमा कुरा गरिरहेको थिए। मैले कयौं बार भने, कि परमेश्वरले मेरो हृदयसंग कुरा गर्नुभयो र परमेश्वरले मलाई केही काम गर्नका लागि प्रेरित गर्नुभयो। हाम्रो सेशनको समापनको करीब एउटा अगुवाले केही प्रासंगिक प्रश्नहरू सोधे। के मतलब हो जब तपाईले भन्नुहुन्छ कि परमेश्वरले कहिले तपाईसंग कुरा गर्नुभयो? उनीहरूले भने। परमेश्वरले तपाईसंग कसरी कुरा गर्नु हुन्छ?
मैले भने, परमेश्वर कयौ माध्यमदेखि बोल्न सक्नुहुन्छ, बाइबलमा एक चोटि उहाँले एउटा गधाको माध्यम देखि कुरा गर्नुभयो। उहाँ कुनै तरिकाले बोल्न सक्नुहुन्छ। तर मेरो अनुभव छ कि उहाँले प्रायः बाइबलको माध्यमले बोल्नु हुन्छ। बाइबलको एउटा अर्को नाउ हो, “परमेश्वरको वचन”| परमेश्वले पहिला केही युगौं पुरानो सत्यहरू द्वारा मानिसहरू संग कुरा गर्नुभएको थियो। उहाँ कहिल्यै बदलिनु भएन, उहाँ अनन्त हुनुहुन्छ। जब हामी बाइबललाई खुला हृदयदेखि पढ़दछौ भने, पवित्र आत्मा त्यस महान् पुराननो पुस्तकको माध्यम देखि कुरा गर्नुहुनेछ। हाम्रो मनको लागि सत्य र हाम्रो हृदयमा शान्तिका लागि उहाँले हामीलाई हाम्रो जीवनलाई दिशा निर्देशित गर्नुहुनेछ।
तर न केवल बाइबललाई परमेश्वरको वचन भनिन्छ तर येशूलाई पनि यो नाउ दिइएको हो। ख्रीष्टको परमेश्वरत्वमा एक महान् खण्ड यूहन्नाको सुसमाचारमा पाइन्छ। यसले भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसंग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसंग हुनुहुन्थ्यो सबै थोक उहाद्वारा बनिए र बनिएको कुनै थोक पनि उहाविना बनिएन (यूहन्ना 1:1-3) बाइबल लेखितमा परमेश्वरको वचन हो र येशू जीवित परमेश्वरको वचन हुनुहुन्छ बाइबलमा सबै कुरा येशूको व्यक्तित्वलाई वर्णन गर्दछ, किनकि येशूले परमेश्वरको जीवित वचनले सबै वस्तुहरूको निर्माण गर्नुभयो। उहाँको बिना कुनै पनि अस्तित्वमा आएन। उत्तपत्तिको पहिलो अध्यायमा छ, बाइबलले नौ चोटि भन्दछ, र परमेश्वले केही बनाउनुभयो भने, यो भन्दछ र परमेश्वरले भन्नुभयो। परमेश्वरले दुनियाको अस्तित्वमा बोल्नुभयो। उहाँले आफनो वचन द्वारा अतंरिक्षमा ताराहरूलाई टाङगनु भयो।
उहाँले आफनो वचनद्वारा तपाई र हामीलाई बनाउनुभयो। उहाँको नाउ “परमेश्वरको वचन” हो। यसको हाम्रो विजयसंग के लेन – देन छ? सबै कुरा जब उहाँ बोल्नुहुन्छ त त्यस्तै हुन्छ। यो प्रत्यक्ष हो। जब व्यक्तिहरू यरूशलेममा मन्दिरलाई हेरिरहेका थिए तब येशूले भन्नुभयो, “तिमीहरूले देखि रहेका छौ, यस्तो समय आउनेछ जब एउटा ढुङगामाथि अर्को ढुङगा रहनेछैन्, ती जम्मै भत्किनेछन्” (लूका 21:6)। चार दशक पछि, तीतस र उनका रोमन सेनाले यरूशलेममा आएर मन्दिरलाई नष्ट गरिदिए, जस्तै कि येशूले भन्नुभएको थियो। येशू वास्तवमा परमेश्वरको वचन हुनुहुन्छ।
अद्धभुत सत्य यो हो कि जब येशूले आफनो वचनको माध्यमदेखि हाम्रा हृदयका कुराहरू गर्नुहुन्छ भने, हामीलाई आश्वासन हुन सक्छ कि उहाँले जे भन्नुहुन्छ त्यो सत्य हो। उहाँले जे पनि हामीलाई गर्नका लागि भन्नुहुन्छ उहाँले अवश्य त्यसलाई पारित गर्नुहुनेछ। उहाँले हामीलाई आफनो जीतमा नेतृत्व गर्नुहुनेछ। हामीले उहालाई उहाँको वचनहरू लिन सक्छौ। महान् पुरानो भजनहरूमध्ये एउटा भजनले यो भन्दछ परमेश्वर मेरो उद्धारकर्ताको वादामा खडा छु म खडा छु, खडा छु, परमेश्वरको वादामा खडा हुन सिक्नुहुन्छ, भने तपाईले जीत्न सक्नुहुन्छ। उहाँको नाउमा विजय छ।
आज केहि समय लिऔं र परमेश्वरलाई अनुमति दिऔं कि उहाँले तपाईको हृदयमा आफनो वचन द्वारा कुरा गर्नुभएको होस्। उहाँको वचनमा निश्चितताको चक्र छ उहाँको वचनले तपाईको तोडिएको हृदयलाई विजयको तर्फ लैजान्छ। उहाँको वचन सत्य हो किनकि उहाँ सत्य हुनुहुन्छ उहाँ परमेश्वरको वचन हुनुहुन्छ।
यूहन्ना 1:1-5
1 संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन थियो। त्यो वचन परमेश्वरसँग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। 2 उहाँको वचन शुरूमा परमेश्वसँग हुनुहुन्थ्यो। 3 र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। 4 उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। 5 त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
