Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

परमेश्वरको वचनको विजय आज्ञाकारिता

ख्रीष्टीयन जीवनमा विजय हाम्रो भित्र सुरू हुदैन। यो जुत्ताको गाठो फुकाले जस्तै होइन, जो हामीले आफनो शक्तिद्वारा गर्न सक्छौं र परमेश्वरलाई प्रसन्न गर्ने जीवन बिताउन सक्छौ। उहा परमेश्वर हुनुहुन्छ जो हामीलाई आफनो कृपाले त्यस तरीकाले जीउनमा सक्षम गराउनुहुन्छ, जस्तो प्रकारले हामी हुनुपर्छ। हामी आफुले आफैमा होइन, तर परमेश्वरमा विश्वास गरेर जीउछौ। यो उहामाथी पूर्ण निर्भरता छ, फेरि पनि विश्वास र आज्ञाकारिताको बीच एक अलग सम्बन्ध छ। दुवैमा इच्छाका तत्व हुन्छन्। विश्वास एक चुनाव हो, तर आज्ञाकरिता त्यस चुनाव हो, तर आज्ञारिता त्यस चुनावको बाहीरी क्रिया हो। जब येशूले भन्नुभयो कि मलाई प्रेम गर्ने त्यहि हो जससंग मेरा आज्ञा छन् र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु (यूहन्ना 14:21)।

उहाँले ती व्यक्तिहरूको व्याख्या गर्नुभयो जो उहाँलाई प्रेम गर्दछन्। यो भन्न सजिलो छ कि हामीले येशूलाई प्रेम गर्दछौ, तर हाम्रो प्रेमको प्रमाण उहाको लागि हाम्रो आज्ञाकारितामा निहित छ। हामीले आफनो प्रेम र आराधनाको गीत गाउन सक्दछौं, तर ती उहाको वचनको पालनको साथ छैन भने, हामीले सिर्फ केही प्रकारका धार्मिक खेल खेलिरहेका छौ। परमेश्वरसंग प्रेम गर्नु, परमेश्वरको आज्ञापालन गर्नु हो। आज्ञाकारिता कसैलाई प्रेम गर्नु भन्दा ठूलो हो। यो ठोस कार्यहरूको माध्यमले त्यस व्यक्ति सम्म पुग्दछ।

यदि म एउटा पशुपालक भएको भए र पशुहरूलाई राख्नका लागि एउटा खोरको निर्माण गर्ने आवश्यकता भएको भए र यो भन्न मेरो छोराको लागि प्रेमको कुरा होला बुवा म त्यस खोरलाई बनाउनमा तपाईको सहयोग गर्न चाहनेछु। यो धेरै राम्रो होला। उनलाई यो भन्दा सुन्नका लागि बुवा म तपाईलाई प्रेम गर्दछु। र उनि एक कदम अरू अगाडी बढे र उनले भने पिताजी म तपाईलाइ प्रेम गर्दछु, र यसकारण म त्यस खोरलाई बनाउनमा तपाइको सहयोग गर्न चाहन्छु तब उनको प्रेमको एउटा बेहतरीन प्रकटीकरण हुनेछ। येशूले हामीलाई आज्ञाहरू दिनुभएको छ। यसमा ख्रीष्टीयन व्यक्तिका लागि जीवनको एउटा तरीका हो। यो आज्ञाकारिताका जीवन हो। जब हामी परमेश्वरको वचनको पालन गर्दछौ भने एक धेरै नै दिलचस्प कुरा हुदछ। उहाले स्वयं नै हामी संग परिस्थिति गराउनुहुन्छ। उहाँ स्वयंलाई हाम्रो सामू प्रकट गर्नुहुन्छ। दोस्रो शब्दमा आज्ञाकरिता परमेश्वरको ज्ञानलाई जन्म दिदछ र परमेश्वरको ज्ञान नै विजय पैद गर्दछ। यो चक्र जति अधिक हामी परमेश्वरको वचनको पालन गर्दछौ, त्यति नै हामी विजयी जीवन जीउनमा सक्षम हुदछौ।

उल्टो पनि ठीक हो। जब हामीले परमेश्वरको अवज्ञा गर्दछौ भने उहाँसंगको हाम्रो संगति टुटदैछ। यदि हामी अवज्ञामा जीउन जारी राख्दछौ भने हामीले आफैलाई पापमा डुबीरहेको रेतको गहिराईमा गइरहेको पाउदछौ। विजयमा हिडेर जाने कठीन हुदछ। आत्मिक गढ हाम्रो हृदयका क्षेत्रमा बनेका छन्। ईट्टादर ईट्टा, आज्ञा उल्घंनको कार्यहरूको द्वारा शैतानले हाम्रो हृदयमा एक गढको निर्माण गर्न सक्छ। अन्ततः स्वयंलाई अपमानजनक ईच्छाहरू र गुप्त पापहरूका लागि बन्दी पाउदछौ। हारले हाम्रो आत्मिक स्थितिको वर्णन हुन लाग्दछ।

यस्तो प्रकारको जेलदेखि बाहिर निस्कने केवल एक नै मार्ग छ। ईट्टा दर ईट्टा हामीले किलालाई फोडनुपर्दछ। आज्ञापालनको एक कार्यको पछाडि दोस्रो कार्यद्वारा हामीले परमेश्वरको प्रकाशलाई हेर्न सुरू गर्नेछौ। र विजयको अनुभव गर्नेछौ। हामीलाई असफलताको एक पलमा हतास हुनुको आवश्यकता छैन। परमेश्वरले हामीलाई स्पष्ट निर्देश दिनुभएको छ। यदि हामीले आफना पापहरू स्वीकार गरयौ भने उहाले हाम्रा पाप क्षमा गर्नुहुन्छ। र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ (1 यूहन्ना 1:9)।  जब हामीले स्वीकार गर्दछौ कि हमी खराब छौ र त्यस खराबदेखि मोडेर फिर्ता आउदछौ, भने परमेश्वरले हामीलाई क्षम गनुहुनेछ, हामीलाई उठाउनुहुनेछ र हामीलाई एक चोटी फेरि उहाको साथ हिड्नमा सक्षम गर्नुहुनेछ।

जब मेरो छोरा डेव, लगभग एक वर्षका थिए, र उनले हिड्नको प्रयास गरे। मैले त्यो पहिलो कदम कहिल्यै भुन्नेछैन। उनको आमा र मैले धेरै गर्व महसूस गरिरहेका थियौं। तर जस्तै नै उनले पहिलो कदम उठाए, उनी भूइमा खसे। अब म उनीमाथी निराश थिएन। मैले यो भनेन, तिमीले के गरिरहेका छौ ? तिमी यति अनाडी किन छौ? होइन, मैले उनीलाई उठाउने र फेरि देखि प्रयास गर्नका लागि प्रोत्साहित गरे।

उनी थोरै रोए। तर उनले फेरि उठनको कदम उठाए र फेरि दोस्रो कदम उठाए। उनीले तबसम्म यस्तै गर्दै गए जबसम्म कि उनले पहिलो कदम सफलतापूर्वक सिक्न सिकेनन्। फेरि उनले केही कदम उठाउनको कोशिश गरे। उनी फेरि भूइमा खेसे। तर उनी फेरि उठे र हिड्नको प्रयास गरिरहे। छिट्टै नै उनी सबै ठाउ घुमिरहेका थिए। फेरि दौडीरहेका थिए, फेरि उफ्रिन लागे। तबसम्म कि हिड् र दौडिन उनको लागि एक स्वभाविक कार्य नहोस।

हाम्रो ख्रीष्टियन जीवनमा पनि यही साचो हो, असफलताका समय आउनेछन्। तर यो कहिल्यै नभुलौ कि परमेश्वरले तपाईलाई खिच्नुभएको छ। उहा तपाईको टीममा हुनुहुन्छ कि तपाई सफलतापूर्णक हिड्नुभएकोहोस। उहाले भन्नुभयो। उठ-उठ तिमीले यो गर्न सक्छौ उहाले हाम्रो मदत गर्नका लागि आफना हाथलाई हामीसम्म पुरयाउनुहुन्छ र भन्नुहुन्छ, अब एक अरू कदम उठाऔ।

हामीले जती धेरै यसलाई गर्नेछौ, हामी त्यति नै धेरै विजयका अनुभव गर्नेछौ। छिट्टै नै विजयमा हिड्नु जीवनको एक अलौकिक, प्राकृतिक तरीका बन्दछ। यो आदर्श बन्दछ। शायद यसैकारण पूरानो भजनकारले भन्दछन, विश्वास गर र आज्ञा मान। येशूमा खुशी रहनुको कुनै अर्को तरीका छैन, तर सिर्फ विश्वास र आज्ञा पालन गर्नुपर्दछ।

याकूब 1:22-25
22 परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ। 23 यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुशरण गर्दैन भने ऊ यस्तो हुन्छ ऊ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ। 24 यो मान्छेले ऊ आफैंलाई देख्छ, त्यस पछि जान्छ अनि ऊ कस्तो देखिएको थियो सो झट्टै बिर्सिहाल्छ। 25 तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित