दैनिक शिष्यत्व का भिडियो पृष्ठ
यहूदाको कुलको सिंह
तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी साथ वटा मोहोरहरु खोल्न विजयी हुनुभएको छ। (प्रकाश 5:5)
जब म र मेरी श्रीमतीको बिहे भयो, हामीले एक अर्कालाई विवाह उपहारको लागि बाइबल दियौं। हामीले यसलाई पहिलो पृष्ठमा लेख्न लगायौं, “परमेश्वरले भन्नुभयो। हामीले विश्वास गर्यों, उहाँले यो आयोजन गर्नुहुन्छ। “यो धेरै राम्रो लाग्यो, तर पछि मलाई थाहाँ भयो कि यो पूर्ण रूपमा सही छैन। यसलाई यसरी पढिएको हुनुपर्दछ, “परमेश्वरले भन्नुभयो। यो कुरा व्यवस्थित भयो। र म यसलाई विश्वास गर्दछु। “तपाईले हेर्नुहोस्, बाइबल सत्य हो चाहे तपाईले यसलाई मान्नुहोस् या नमान्नुहोस्, यो चाहि परमेश्वरको वचन हो। जब परमेश्वरले केहि भन्नु हुन्छ, तपाईले त्यसलाई धर्मी ठहराउन सक्नुहुन्छ। जब धर्मशास्त्रमा अगमवाणी दिइएको हुन्छ, तपाईलाई थाहाँ छ यो पूरा हुन सक्छ।”
बाइबलको प्रारम्भिक भविष्यवाणीहरूमध्ये एउटा यहूदा कुललाई दिइएको थियो। उत्पत्तिको पुस्तकमा, बाइबलले भन्छ, “यहूदाको हाथबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउदैनन्। र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्” (उत्पत्ति 49:10)| यो ख्रीष्टको प्रत्यक्ष भविष्यवाणी हो जो एक दिन आउनुहुनेछ, र जसको आज्ञाकारिताको पालन सबै जातिहरुले गर्नेछ्न्। हल्लेलुयाह! येशू त्यो भविष्यवाणीको पूर्ति हुनुहुन्छ। परमेश्वरको वचनले भन्यो। येशूले यो पूरा गर्नुभयो, र हामी अब लाभ उठाउन लागेका छौं।
प्रकाशको पुस्तकमा, येशू यहूदाको कुलको सिंहको रूपमा चिनिनुहुन्छ। त्यो भागले हजारौं वर्ष पहिले यहूदाको कुललाई दिएको भविष्यवाणी पूरा गर्दछ। चाखलाग्दो कुरा यो छ कि येशूलाई यहूदा “कुल” को राजा भनेर सम्बोधन गरिएको थियो। उहाँ राजाहरूका राजा र प्रभुहरूका राजा हुनुहुन्छ। उहाँ एक हुनुहुन्छ जसको लागि सबै आदर, महिमा र शक्ति निर्माण गरिएको छ। उहाँ एक हुनुहुन्छ जसको अगाडि सबै जातिहरू एकदिन झुक्नेछन् र उहाँ प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नेछन्।
बाइबलले शैतानलाई “गर्जने सिंह” भनेर सम्बोधन गरेको छ, तर येशू केवल “गर्जने सिंह” मात्र हुनुहुन्न। उहाँ यहूदाको परिवारको सिंह हुनुहुन्छ। शैतानको मात्र गर्जन गर्ने क्षमता छ। तर येशूसँग शासन गर्ने क्षमता छ। शैतान मात्र डर पैदा गर्न सक्छ। येशूले विश्वास जगाउनुहुन्छ। “यस संसारको शासक” शैतान हारिएको छ। “शान्तिका राजकुमार” येशू विजयी हुनुहुन्छ। भेडाको रगतले शैतान हार्यो। येशू सिंहासनमा विराजमान थुमा हुनुहुन्छ। त्यसकारण बाइबलले उहाँलाई “यहूदा कुलको सिंह” नाम दिईएको छ।
येशू यहूदाको कुलबाट आउनुभयो। उहाँले विजयी शासन गर्नुहुन्छ। उहाँले विजयी जातिहरूमाथि शासन गर्नुहुनेछ। हो, उहाँ यहूदाको परिवारको सिंह हुनुहुन्छ। उहाँलाई आज एक राजाको रूपमा महिमा गर्नुहोस्! उहाँलाई हृदयमा शासन गर्न दिनुहोस्, र तपाईंले शान्ति पाउनुहुनेछ जुन केवल उहाँको राज्यमा पाउन सकिन्छ।
प्रकाश 5:1-5
5 तब मैले जो सिंहासनमा विराजमान हुनु हुन्थ्यो उहाँको दाहिने हातमा एक मूठ्ठा बेह्रेको चर्म पत्र देखें। त्यो बेह्रेको पत्रको दुवै पट्टि केही लेखिएको थियो। त्यो बेह्रिएको पत्र सातवटा मोहरले बन्द गरिएको थियो। 2 अनि मैले एक शक्तिशाली स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा भन्यो, “यसको मोहर फुटाएर यो बेह्रिएको चर्मपत्र खोल्नु योग्य को छ?” 3 तर स्वर्गमा, पृथ्वीमाथि वा पृथ्वी मुनि कोही पनि थिएन जसले त्यो बेह्रिएको चर्म-पत्र खोल्न वा भित्र हेर्न सक्थ्यो। 4 म साह्रै रोएँ किनभने त्यो बेह्रिएको चर्मपत्र खोल्ने वा हेर्ने कोही थिएन। 5 तर अग्रजहरू मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहूदाका परिवार समूहबाट सिंहले विजय प्राप्त गर्यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेह्रिएको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।”
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
