Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्रार्थना र आत्मामा संचालित

धेरै इसाईहरूले प्राय: प्रार्थनाको रमाइलो समयको अनुभव गर्छन् – तब तुरुन्तै आफूलाई ठूलो युद्धमा भेट्टाउँछन्। कतिले परमेश्वरसँग मज़ाकमा काम गर्न सिकेका छन्, तर उहाँसँग हिंड्न सिकेका छैनन्। तिनीहरू परमेश्वरको आत्माले भर्दछन्, तर तिनीहरूले पवित्र आत्माको नेतृत्व लिन सिकेका छैनन्। जब येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुभयो, उहाँले सबैभन्दा पहिला तिनीहरूलाई परमेश्वरमा ध्यान केन्द्रित गर्न सिकाउनुभयो। जब हामीले उहाँलाई देख्छौं, हामी आफैलाई पूर्ण भिन्न प्रकारको प्रकाशमा देख्छौं। जब हामीले सर्वोच्च परमप्रधानलाई देख्नेछौं, हामीहरूले हाम्रा पापहरू देख्नेछौं। जब हामीले देख्नेछौं कि उहाँ कत्ति महान् हुनुहुन्छ, तब हामीले हेर्नेछौं कि हामी कति सानो छौं। परमेश्वरको त्यो दृष्टिकोणले हामीलाई हाम्रो दैनिक चालमा उहाँको नेतृत्वमा लिन प्रार्थना गर्न बाध्य पार्छ।

मोशाले परमेश्वरलाई विशेष तरिकाले भेटे। ऊनि प्रायः शिविर बाहिर पालहरू गाड्दथे। ऊनि त्यस पालमा जान्छन् र त्यहाँ परमेश्वरलाई भेट्छन्। त्यो समय मोशाको लागि विशेष थियो। उनी इस्राएलका छोराको नेतृत्वका आधार थिए। तर उनले ती मध्ये एउटा बैठकको समापनमा धेरै चाखलाग्दो कुरा भने “तब मोशाले उहाँलाई भने, यदि तपाईंको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्” (प्रस्थान 33:15)। परमेश्वरले उनलाई आश्वासन दिनुभयो, “परमेश्वरले जवाफ दिनुभयो, मेरो उपस्थिति तसंग जानेछ, र म तलाई विश्राम दिनेछु” (पद:14)।

सायद त्यस पालमा भएको घटनाबाट मोशाको जीवन र नेतृत्वको रहस्य प्रकट हुन सक्छ। उनले परमेश्वरको उपस्थिति मात्र होइन, आफ्नो नेतृत्वको पनि रक्षा गरे। मोशा एक महान् नेता थिए, किनभने उनले एक महान् अनुयायी हुन सिकेका थिए। उनले नेतृत्व गर्न सक्थे किनकि ऊनको नेतृत्व गरिएको थियो।

परमेश्वरको आत्माको भरमा हिड्नुको अर्थ प्रार्थनाको आत्मामा रहनु हो। कहिले काँही म यो इच्छा गर्दछु कि म प्रार्थनामा शान्त ठाउँमा बस्न सकुँ र कहिले फिर्ता नजाऊ। त्यो समय धेरै विशेष हो। तर हामीले त्यसलाई अन्तको रूपमा हेर्नु हुँदैन। हाम्रो जीवनमा हामी सबैको लागि परमेश्वरको योजना छ। प्रार्थनामा ती एकान्त क्षणहरूले हामीलाई जीवनका लागि लड्नका लागि तयार गर्दछन्। हामीले लडाईमा उहाँको उपस्थिति छोड्दैनौं; हामीले उहाँको उपस्थिति अभ्यास गर्न सिक्नै पर्छ।

यस्तो लडाईँको लागि हामीलाई तयार पार्न परमेश्वर प्राय: हामीलाई प्रार्थनाको विशेष समयतिर डोर्याउनुहुन्छ। धेरै वर्ष अघि मलाई डाक्टरले भनेका थिए कि मेरो आवाजको नाडीमा अल्सर छ। मेरो जीवन सार्वजनिक रुपमा बोल्ने वाला छ। यसकारण ती शब्दहरू सुन्नमा धेरै कष्टदायक थियो। मलाई दुई हप्ता पूर्ण रूपमा मौन बस्न भनियो। जब डाक्टरले मलाई भने, मलाई थाहाँ छ कि परमेश्वर मेरो जीवनमा गहिरो काम गर्न चाहनुहुन्छ। ती मेरो जीवनको सब भन्दा अचम्मको हप्ता बने। परमेश्वरले मेरो आवाजको नाडी ठीक मात्र गर्नुभएन, तर उहाँ मलाई एक विशेष तरिकामा आफूलाई प्रकट गर्नुभयो।

तर मलाई थाहाँ भएन कि अर्को छ: महिनामा के हुन्छ, यो त्यो समयको लागि तयारी थियो। मैले आफ्नो सेवकाई र मेरो जीवनमा केहि अस्थिर समयहरू अनुभव गरें। जब पेरूमा सामूहिक प्रदर्शनहरू भए, मैले अभियान गरे र म कांगोको युद्ध क्षेत्रमा गएँ। मैले सुसमाचारमा हजारौं प्रतिक्रियाहरू देखेको छु। म साह्रै आभारी छु कि आत्मिक युद्धमा जानु भन्दा पहिले मैले परमेश्वरसंग विशेष समय बिताए।

म कृतज्ञ छु कि परमेश्वरले जीवनको युद्धमा मसँग हिंड्नुभयो। उहाँले तिमीलाई भेट्नुहुनेछ, तर उहाँ पनि तिमीसँग जान चाहनुहुन्छ। “विना रोकर प्रार्थना गर्न सिक्नुहोस्।”

रोमी 8:9-14

9 तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टसित हुँदैन। 10 किनभने तिमीहरूको शरीर पापले गर्दा मरेकोछ। तर यदि तिमीमा ख्रीष्ट हुनुहुन्छ भने, तब आत्माले जीवन दिंदछ जस्तो ख्रीष्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो। 11 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने, उहाँले तिमीहरूको शरीरलाई पनि जीवन-दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन-दान दिन हुन्छ जुन आत्मा तिमीहरूमा बस्छ।

12 यसकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन। 13 यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य-जीवन पाउने छौ।

14 परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित